Saturday, May 19, 2012

सूर्यचन्द्र विकास समाजको १० औं साधारणसभा सम्पन्न


News of Pokhara

       सूर्यचन्द्र विकास समाज पोखरा–५, मालेपाटनको १० औं साधारणसभा शनिवार सम्पन्न भयो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रा.डा.बीरेन्द्र सिंह गुरुङ्गले सामाजिक परिवर्तनमा युवाहरुको निर्णायक भूमिका रहने चर्चा गर्नुभयो ।
       सोही अवसरमा सूर्यचन्द्र विकास समाजद्वारा प्रकाशित स्मारिका अंक ३ पुस्तकालय विशेषांकको विमोचन गर्दै प्रमुख अतिथि गुरुङ्गले प्रकाशनले संस्थाको गरिमा बढाएको बताउनुभयो । विशिष्ट सहयोगदाता डा.भरत खत्रीले समाजलाई पढाउन पुस्तकालयको माध्यम अर्थपूर्ण रहेको बताउनुभयो ।
       कार्यक्रममा साहित्यकार कुलप्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति शिवप्रसाद कोइराला, सल्लाहकार हरि पराजुली, स्थानीय समाजसेवी रामप्रसाद तिमिल्सिना, शोभाकान्त गौंडेलले मन्तव्य राख्नुभएको थियो ।
       कार्यक्रममा सहिद स्मृति पुस्तकालयलाई अर्थिक सहयोग गर्नुहुने गंगा के.सी., कृष्णप्रसाद बराल (पोखरा–७), तर्क तामाङ (हेमजा गा.वि.स.) लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विश्वबन्धु भूत्र्याल र डा.भरत खत्रीबाट पुस्तकालयका लागि पुस्तकहरु प्रदान गर्नुभएको थियो ।
       सूर्यचन्द्र विकास समाजको १० औं साधारणसभाले लक्ष्मण कोइरालाको अध्यक्षतामा १३ सदस्यीय प्रबन्ध समिति गठन गरेको छ । समितिको कार्यकारी निर्देशकमा धनबहादुर नेपाली, उपाध्यक्षमा बसन्त भण्डारी, महासचिवमा गायत्री भूत्र्याल, सचिवमा केदारप्रसाद कोइराला, कोषाध्यक्षमा कृष्ण प्रसाद बराल र पदेन सदस्यमा राजु प्रसाद सुवेदी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा कमला गौतम, चिरन्जीवी बराल, सन्दीप कोइराला, यदुनाथ बराल, अर्जुन पौडेल, सावित्री कोइराला रहनुभएको छ ।
       प्रबन्ध समिति पदाधिकारीहरुलाई उमा कोइराला, केशव बरालले बधाई व्यक्त गर्नुभएको थियो ।
       उद्घाटन समारोहको अध्यक्षता निवर्तमान अध्यक्ष राजु प्रसाद सुवेदी र संचालन महासचिव बसन्त भण्डारी र स्वागत उपाध्यक्ष लक्ष्मण प्रसाद कोइरालाले गर्नुभएको थियो ।
       नवनिर्वाचित अध्यक्ष लक्ष्मण कोइरालाको अध्यक्षतामा आजै बसेको बैठकले प्रबन्ध समितिको सल्लाहकारमा कृष्णमणि भूत्र्याल, खगेन्द्रदेवि घिमिरे, रामप्रसाद तिमिल्सिना, सूर्यप्रसाद तिवारी र विनोद कोइरालालाई मनोनयन गरेको छ ।

ऋण तथा लेखा व्यवस्थापन तालिम सम्पन्न


       अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि. र नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजना एवं सेन्टर फर माइक्रोफाइनान्स काठमाण्डौको सहयोग जेठ १ देखि ५ गतेसम्म संचालन भएको पाँचदिने सहकारी ऋण तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
       सिद्धार्थ क्लवका अध्यक्ष सचिन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा सहभागीको तर्फबाट शाल्भी बाँस्तोला र सीतादेवि क्षेत्रीले तालिम लिएर आफ्नो संस्थाप्रतिको जिम्मेवारीबोध भएको र यस्ता तालिमहरु बेलाबेलामा संचालन गर्नको लागि अनुरोध गर्नुभएको थियो ।
       कार्यक्रममा सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निता बराल, सचिव कमला गिरी, नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सावित्रा कोइराला, प्रशिक्षक नरेश नेपाल लगायतले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सुझाव दिनुभएको थियो ।
       कार्यक्रमको संचालन नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका सचिव निर्मला मर्सानीले गर्नुभएको थियो ।

Friday, May 18, 2012

Drug caught by Police in Pokhara

                         लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो सहित मानिस पक्राउ:

१)    मिति २०६९।२।१ गते वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा – १ ट्याक्सी चोकमा शंकित अवस्थामा हिडीरहेको विरगंज उप.म.न.पा. वडा नं. १५ बस्ने वर्ष ३९ को काशी मियालाई तलासी लिने क्रममा लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ अं. २६ ग्राम सहित बरामद गरी निजलाई पक्राउ गरी लागू औषध खैरो हिरोईन मुद्धामा अनुसन्धान कार्य भईरहेको ।

२)    पोखरा उ.म.न.पा. वडा नं. ७ मासवारमा लागू औषध ब्राउन सुगरको विक्री वितरण हुन्छ भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई पोखरा र यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जि. दोलखा भेदपु गा.वि.स. वडा नं. ७ स्थायी घर भई हाल पोखरा ७ मासवारमा डेरा गरी बस्ने वर्ष ४० को गोविन्द अधिकारी र निजको श्रीमती वर्ष ३२ कि विन्दा अधिकारीलाई लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ८१ ग्राम निजहरुको घर कोठाको टवाईलेटको प्यान भित्र सेतो प्लाष्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा वरामद गरिएको र  निजहरुलाई पक्राउ गरी लागू औषध खैरो हिरोईन मुद्धामा अनुसन्धान कार्य भईरहेको ।

One dead bodie found Descriptionflash flood (Kaski, Seti River)

                                                   मिति २०६९।२।४ गतेको बिवरण
  • मिति २०६९।२।४ गते पोखरा पृथ्वीचोक स्थित सेती नदीको किनारबाट सडीगलेको अवस्थामा  थप १ महिलाको मृत शव फेला परेको, निजको हालसम्मको सनाखत नभएको र उक्त मृत शव प.क्षे. अस्पतालको शव गृहमा राखिएको ।  
  • हालसम्म सनाखत भएको शव संख्या २७, सनाखत हुन बाँकी शव ५ (पुरुष २,  महिला १, महिलाको टाउको १, ढाडको हड्डी १) गरी जम्मा मृत्यु संख्या ३२   रहेको ।
  • पहिचान नखुलेका ७ वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेको ।
  • दैवी प्रकोपमा परि मृत्यू भएका प.क्षे. अस्पताल र मणिपाल शिक्षण अस्पतालमा पोखरामा राखिएका केही शवहरु र मानव अंगहरु हालसम्म पनि  सनाखत हुन नसकेकाले यस कार्यालयको अनुरोध अनुुसार काठमाण्डौंबाट डा. प्रमोद श्रेष्ठ र डा. रिजन श्रेष्ठ सहितको विशेषज टोली पोखरामा आई आजैबाट कार्य शुरु  गर्नु भएको ।


Tuesday, May 15, 2012

Flash Flood ko latest


मिति २०६९/२/२ गतेको बिवरण:
१)  सार्दीखोलाको घटनामा वेपत्ता भएकी जि. कास्की सार्दीखोला गा.वि.स. वडा नं. ४ भुर्जुङ्गखोला बस्ने वर्ष ४ की निर्जला तामाङ्गको मृत शवको छाती र हातबाट निजको आफन्तले सनाखत गरी शव बुझि लगेको ।
अन्य बिवरण:
  •  वेपत्ता संख्या ३९ भएकोमा आज मिति २०६९।२।२ गते १ जनाको सनाखत भएकोले कूल वेपत्ता संख्या ३८ रहेको ।
  • हालसम्म सनाखत शव २७  सनाखत हुन बाँकी ४ वटा शव ( २ पुरुष, टाउको १, ढाडको बडी १) पहिचान नखुलेका अन्य अंगहरु ७ प.क्षे.अस्पतालमा रहेको ।
      जिल्ला प्रहरी कार्यालय कास्की