Friday, May 18, 2012

One dead bodie found Descriptionflash flood (Kaski, Seti River)

                                                   मिति २०६९।२।४ गतेको बिवरण
  • मिति २०६९।२।४ गते पोखरा पृथ्वीचोक स्थित सेती नदीको किनारबाट सडीगलेको अवस्थामा  थप १ महिलाको मृत शव फेला परेको, निजको हालसम्मको सनाखत नभएको र उक्त मृत शव प.क्षे. अस्पतालको शव गृहमा राखिएको ।  
  • हालसम्म सनाखत भएको शव संख्या २७, सनाखत हुन बाँकी शव ५ (पुरुष २,  महिला १, महिलाको टाउको १, ढाडको हड्डी १) गरी जम्मा मृत्यु संख्या ३२   रहेको ।
  • पहिचान नखुलेका ७ वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेको ।
  • दैवी प्रकोपमा परि मृत्यू भएका प.क्षे. अस्पताल र मणिपाल शिक्षण अस्पतालमा पोखरामा राखिएका केही शवहरु र मानव अंगहरु हालसम्म पनि  सनाखत हुन नसकेकाले यस कार्यालयको अनुरोध अनुुसार काठमाण्डौंबाट डा. प्रमोद श्रेष्ठ र डा. रिजन श्रेष्ठ सहितको विशेषज टोली पोखरामा आई आजैबाट कार्य शुरु  गर्नु भएको ।


Tuesday, May 15, 2012

Flash Flood ko latest


मिति २०६९/२/२ गतेको बिवरण:
१)  सार्दीखोलाको घटनामा वेपत्ता भएकी जि. कास्की सार्दीखोला गा.वि.स. वडा नं. ४ भुर्जुङ्गखोला बस्ने वर्ष ४ की निर्जला तामाङ्गको मृत शवको छाती र हातबाट निजको आफन्तले सनाखत गरी शव बुझि लगेको ।
अन्य बिवरण:
  •  वेपत्ता संख्या ३९ भएकोमा आज मिति २०६९।२।२ गते १ जनाको सनाखत भएकोले कूल वेपत्ता संख्या ३८ रहेको ।
  • हालसम्म सनाखत शव २७  सनाखत हुन बाँकी ४ वटा शव ( २ पुरुष, टाउको १, ढाडको बडी १) पहिचान नखुलेका अन्य अंगहरु ७ प.क्षे.अस्पतालमा रहेको ।
      जिल्ला प्रहरी कार्यालय कास्की

Distribution of books & clothes to the school students (विद्यालय पोशाक र स्टेशनरी वितरण)


       कास्कीको सराङ्गकोट गाविस वडा नं. ९ स्थित श्री सृजना प्रा.वि.मा अध्ययनरत ४२ जना विद्यार्थीहरुलाई बाल कल्याण संस्था सराङ्गकोट र नेपाल हाउसद्वारा विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरिएको छ ।
       संस्थाका संस्थापक पिटर र श्रीमती दुर्गाको प्रमुख आतिथ्यतामा एवं सराङ्गकोट गा.वि.स. सचिव विष्णु प्रसाद पौडेलको संयोजनमा भएको उक्त कार्यक्रममा नेपाल हाउसका अध्यक्ष रणबहादुर थापा, कार्यक्रम संयोजक शिव थापा, बाल कल्याणका मेनेजर विजय प्रधान, टुँडिखेल श्रोत केन्द्रका श्रोत व्यक्ति भिमराज पौडेल, विद्यालयका प्र.अ. डिल्लीराम अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
       विद्यालय व्यवस्थापन समितिका सदस्य होमबीर पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका संगिता सुवेदी र कार्यक्रमको संचालन शिक्षिका कामाक्षी कार्कीले गर्नुभएको थियो ।
       उक्त अवसरमा विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए

Monday, May 14, 2012

Flash Flood ko 2069-2-1 latest Details of Seti Flood in Pokhara


मिति २०६९।२।१ गते सनाखत शवको बिवरण:
१)   सार्दीखोलाको घटनामा वेपत्ता भएका जि. कास्की सार्दीखोला गा.वि.स. वडा नं. ७ बस्ने वर्ष ६० को केदार बिष्टको कपालको रौ र हातको औलाका नङ्गहरुबाट मृतकको छोरी शान्ति गुरुङ्गले सनाखत गरी शव बुझि लगेको ।

अन्य बिवरण:
 वेपत्ता संख्या ४० भएकोमा आज मिति २०६९।२।१ गते १ जनाको सनाखत भएकोले कूल वेपत्ता संख्या ३९ रहेको ।
हालसम्म सनाखत शव २६ सनाखत हुन बाँकी ५ वटा शव ( २ पुरुष, १ महिला, टाउको १, ढाडको बडी पहिचान नखुलेका अन्य अंगहरु ७ प.क्षे.अस्पतालमा रहेको ।

  जिल्ला प्रहरी कार्यालय कास्की

                           

Clothes Gifts(कपडा व्यवसायी एशोसिएशनद्वारा दुईलाख बराबरको कपडाका सामग्री प्रदान)


       गत बैशाख २३ गते शनिवार सेतीनदीमा आएको आकस्मिक बाढी पहिरोबाट पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त अकल्पनीय क्षतिले विस्थापित परिवारलाई राहत स्वरुप कपडा व्यवसायी एशोसिएसन पोखराबाट राहत स्वरुप करीब दुईलाख बराबरको कपडाहरु नेपाल रेडक्रस सोसाइटी कास्कीलाई सोमवार हस्तान्तरण गरिएको छ ।
       उक्त सामग्रीहरु संस्थाका अध्यक्ष जनकराज पराजुलीले नेपाल रेडक्रस सोसाइटी कास्कीमा एक कार्यक्रमका साथ हस्तान्तरण गर्नुभएको थियो । जसमा साडीहरु, कुर्था सलवार, गम्छा, तन्ना, सिरानी, ब्ल्याङकेट, विस्तारा सेट, ढाकाटोपी, सल, लुङ्गी, सर्टपाइन्ट, ब्लाउज पिस, कोरा मलमल, पप्लीन, फाइवर सिरानी गरी एकलाख ९९ हजार ४ सय ८० रुपैयाँ बराबरका सामानहरु रहेका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।