Saturday, May 12, 2012

Details of Seti Flood in Pokhara-पोखरा दैवी प्रकोपको बिबरण


मिति २०६९।१।३० गते सनाखत शवको बिवरण :

) सार्दीखोलाको घट्नामा वेपत्ता भएका जि. पर्वत लेखाफाँट बस्ने वर्ष अं. ५९ को कुम बहादुर पुनको दायाँ खुट्टाबाट सनाखत भई आफन्तले बुझी लगेको

) जि. कास्की पोखरा सिम्पानी बस्ने वर्ष २८ को पुरुष अर्जुन भन्ने जंगु मगरको मृतक शव हेरी सनाखत भएकोले आफन्तले बुझी लगेको

) जि. तनहुँ ढोरफिर्दि बस्ने वर्ष ४९ को मानध्वज तामाङ्ग दायाँ साप्रोबाट सनाखत गरी आफन्तले बुझी लगेको
अन्य बिवरण :
  • वेपत्ता संख्या ४३ भएकोमा आज मिति २०६९।१।३० गते जनाको सनाखत भएकोले कूल वेपत्ता संख्या ४० रहेको  
  • हालसम्म सनाखत शव २५
  • सनाखत हुन बाँकी वटा शव ( पुरुष, महिला, टाउको , ढाडकोबडी ) 
  • पहिचान नखुलेका अन्य अंगहरु () गण्डकी अस्पतालमा रहेको
Details of Seti Flood in Pokhara-पोखरा दैवी प्रकोपको बिबरण 
मिति : २०६९।१।३० गते
जिल्ला प्रहरी कार्यालय कास्की

Thursday, May 10, 2012

Brahman Samaj Nepal's Strike in Pokhara


Brahman Samaj Nepal strike Pokhara 1
Brahman Samaj Nepal strike Pokhara 2

Brahman Samaj Nepal strike Pokhara 3


Brahman Samaj Nepal strike Pokhara 4
Brahman Samaj Nepal strike Pokhara 5

मिति २०६९।१।२८ गते संयूक्त संघर्ष समिति द्धारा आव्हान गरेको नेपाल बन्दको क्रममा भएका घटनाहरुको बिवरण:

  • बन्दको समयमा कुनै पनि अप्रिय घट्ना हुन गर्न नदिनको लागि बिहान ०५:३० बजे देखि नै पोखरा उप.म.न.पा. तथा लेखनाथ न.पा.को मुख्य मुख्य चोकहरुमा नेपाल प्रहरी परिचालन गरिएको ।
  • अं. १०:५० बजेको समयमा पोखरा १७ स्थित डेभिडफल्समा रहेको चिया पसल खुल्ला रहेको भनि बन्दकर्ताहरुले बन्द गराउन खोज्ने क्रममा २ पक्ष विच झडप हुँदा २ जना वन्दकर्ता घाईते भई उपचारको लागि अस्पतालमा लगिएको । घाइतेहरुमा पोखरा १७ छोरेपाटन बस्ने वर्ष ४७ को नरेन्द्र कार्की र पोखरा १७ विरौटा बस्ने राजेन्द्र पाठक रहेका, घाईते मध्ये राजेन्द्र पाठक सामन्य उपचार गराई डिस्चार्ज भएका र नरेन्द्र कार्कीको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको । सो घटनामा संलग्न भएको आशंकामा ८ जनालाई प्रहरी नियन्त्रणमा लिईएको र निजहरुको संलग्नताको बिषयमा छानविन भईरहेको ।
  • अं. ३:०० बजेको समयमा पोखरा ९ पृथ्वीचोकमा ढुंगामुढा गर्ने प्रर्दशनकारीहरुलाई प्रहरी द्धारा सम्झाई बुझाई गर्दा समेत नमानीकोले स्थितिलाई नियन्त्रणमा लिनको लागि ११ राउण्ड अश्रृग्याँस प्रहार गरिएको ।  सो क्रममा नेपाल प्रहरीका ३ जना जवान घाईते भएको । ढुंगा मुढा गर्ने काममा संलग्न १२ जनालाई प्रर्दशनकारीहरुलाई प्रहरी नियन्त्रणमा लिईएको ।
अन्य :
  • मिति २०६९।१।२८ गते पोखरा १४ चाउथे बस्ने वर्ष ३१ को मनोज थकाली विजय पुर खोलामा पौडी खेल्ने क्रममा ढुंगामा ठोकिएर मृत्यु भएको भन्ने सूचना प्राप्त भए अनुसार प्रहरी टोली घटनास्थलमा गई प्रारम्भिक अनुसन्धान सम्पन्न गरि मृतक शवलाई आफन्तको जिम्मा लगाईएको । 
मिति: २०६९।१।२८ गते ५:४५ बजे ।
जिल्ला प्रहरी कार्यालय, कास्की
Brahman Samaj Nepal's Strike in Pokhara

Additional Flood Descriptionflash 2069-1-27 to 1-28 />> (Kaski, Seti River)

 Pokhara flood, Seti River flood, Tatopani event

  • मिति २०६९/१/२८ गते ०६:३० बजे देखि नै  खारापानी ७ स्थित मुख्य प्रभावित स्थलमा उत्खनन कार्य शुरु  भएको ।
  • आज बिहान देखि नै खारापानीमा ५ वटा डोजरबाट खोजतलास कार्य गरेको ।
  • १:३० बजे विजयपुर व्यारेकका कर्णेल प्रसन्नराज जोशीको कमाण्डमा ५० जना ७ जना प्रहरीको टोली सहित ५७ जनाको टोलीले घाचोक मुनि देखि माथिबाट तातोपानी सम्मको एरियामा खोजतलास कार्य भएको ।
  •  प.क्षे. अस्पतालमा रहेको मानव अंगहरु मध्ये सार्दी खोलाको घट्नामा परि मृत्यु हुने हेम्जा गा.वि.स. १ बसी ज्याला मजदुरी गर्ने अं. वर्ष ५२ को कविन्द्र ईङनाम लिम्वु को खुट्टा मात्र भएकोले निजको छोरीले खुट्टाबाट सनाखत गरि आजै शव जिम्मा लिएको ।
  • अं. २:०० बजेको समयमा नेपाली सेनाको टोलीले याम्दीको पुल मुनिबाट १ वटा खुट्टा फेला पारेको भन्ने जानकारी प्राप्त ।
  • पि.एन. क्याम्पसका प्राध्यापक कृष्ण के.सी., नेपाली सेना र नेपाल प्रहरी सहितको टोली घट्नाको अध्ययन गर्न माछापुच्छ्रे गा.वि.स. तर्फ  प्रस्थान गरेको
    अन्य बिवरण :
  •  वेपत्ता संख्या ४३ रहेकोमा एक जनाको मृत शव सनाखत भएको
  • हालसम्म वेपत्ता संख्या कूल – ४२ 
  •  हालसम्म सनाखत भएको शव संख्या २१, सनाखत हुन बाँकी शव ७ गरी जम्मा शव संख्या २८ ।
  • पहिचान नखुलेका ८ वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेको ।
मिति : २०६९।१।२८ गते ६:०० बजे        
जिल्ला प्रहरी कार्यालय कास्की

Wednesday, May 9, 2012

Additional Flood Descriptionflash 2069-1-25 to 1-27 />> (Kaski, Seti River)


Pokhara flood, Seti River flood, Tatopani event
Pokhara flood, Seti River flood, Tatopani event

मिति २०६९।१।२६ गते ६:०० बजे देखि १।२७ गतेको हाल सम्मको कार्य बिवरण :
  • मिति २०६९।१।२७ गते ०६:३० बजे देखि नै  खारापानी स्थित मुख्य प्रभावित स्थलमा उत्खनन कार्य शुरु  भएको
  • बिहान ०९:० बजे देखि नदीपुर स्थित  सेतीको पावर हाउसको नहरमा देखिएको शव नेपाल प्रहरी सशस्त्र प्रहरीको संयूक्त टोलीबाट निकाल्ने कार्य जारी रहेकोमा ३:०० बजेको समयमा कुहिएको अवस्थामा विदेशीको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला पारी .क्षे. अस्पतालमा पु¥याईएको  
  • नेपाल प्रहरीको च्भकअगभ म्यन लाई पुनः आज बिहानै देखि मुख्य प्रभावित स्थलहरुमा खोजी कार्यको लागि परिचलान गरिएको
  • अं १:०० बजेको समयमा बाच्छीवुडुवाबाट .प्र. बलको उद्दार टोलीले  जिवित गाईको उद्दार गरेको
  • ,क्षे. अस्पताल पोखरामा रहेका लासहरु मध्ये आज मिति २०६९।१।२७ गते १:५५ बजेको समयमा वटा लास सनाखत भएको ( जि. कास्की सार्दीखोला बस्ने वर्ष ४६ को बिष्णु भन्ने ईन्द्र बहादुर गुरुङ्ग भएको) उक्त शवलाई अन्तिम संस्कार गर्न आफन्तलाई जिम्मा लगाईएको  
  • सार्दीखोलाको घटनामा परी घाइते भएका वर्ष १२ को सन्तोष गुरुङ्गको .क्षे. अस्पताल पोखरामा उपचार भईरहेकोमा आज :०० बजेको समयमा डिस्चार्ज भएको सबै घाइतेहरु अस्पतालबाट डिस्चार्ज भइसकेका
  • सेती नदी किनारमा संयूक्त सुरक्षाफौज द्धारा खोजी कार्य जारी राखिएको

          अन्य बिवरण :
  • वेपत्ता संख्या ४३ रहेकोमा एक जनाको मृत शव सनाखत भएको थप जना वेपत्ता भएको भनि खुल्न आएको ( वेपत्ता हुनेमा जि. पर्वत लेखाफाँट गा.वि.. वडा नं. बस्ने  वर्ष ५९ का कुम बहादुर पुन रहेको, निज आफनो बहिनीलाई सादुल तर्फ भेटन जाने क्रममा बाढीमा परि हराएको भन्ने बुझिएको 
  • हालसम्म वेपत्ता संख्या कूल४३ 
  • हालसम्म सनाखत भएको शव संख्या २०, सनाखत हुन बाँकी शव गरी जम्मा शव संख्या २७
  • पहिचान नखुलेका वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेको

          सुरक्षाफौज परिचालन :
  • नेपाली सेना               २८६ जना
  • नेपाल प्रहरी               १०२ जना
  • सशस्त्र प्रहरी बल        १४४ जना



मिति २०६९।१।२७ गते ७:१५ बजे              
जिल्ला प्रहरी कार्यालय कास्की