Thursday, May 10, 2012

Additional Flood Descriptionflash 2069-1-27 to 1-28 />> (Kaski, Seti River)

 Pokhara flood, Seti River flood, Tatopani event

  • मिति २०६९/१/२८ गते ०६:३० बजे देखि नै  खारापानी ७ स्थित मुख्य प्रभावित स्थलमा उत्खनन कार्य शुरु  भएको ।
  • आज बिहान देखि नै खारापानीमा ५ वटा डोजरबाट खोजतलास कार्य गरेको ।
  • १:३० बजे विजयपुर व्यारेकका कर्णेल प्रसन्नराज जोशीको कमाण्डमा ५० जना ७ जना प्रहरीको टोली सहित ५७ जनाको टोलीले घाचोक मुनि देखि माथिबाट तातोपानी सम्मको एरियामा खोजतलास कार्य भएको ।
  •  प.क्षे. अस्पतालमा रहेको मानव अंगहरु मध्ये सार्दी खोलाको घट्नामा परि मृत्यु हुने हेम्जा गा.वि.स. १ बसी ज्याला मजदुरी गर्ने अं. वर्ष ५२ को कविन्द्र ईङनाम लिम्वु को खुट्टा मात्र भएकोले निजको छोरीले खुट्टाबाट सनाखत गरि आजै शव जिम्मा लिएको ।
  • अं. २:०० बजेको समयमा नेपाली सेनाको टोलीले याम्दीको पुल मुनिबाट १ वटा खुट्टा फेला पारेको भन्ने जानकारी प्राप्त ।
  • पि.एन. क्याम्पसका प्राध्यापक कृष्ण के.सी., नेपाली सेना र नेपाल प्रहरी सहितको टोली घट्नाको अध्ययन गर्न माछापुच्छ्रे गा.वि.स. तर्फ  प्रस्थान गरेको
    अन्य बिवरण :
  •  वेपत्ता संख्या ४३ रहेकोमा एक जनाको मृत शव सनाखत भएको
  • हालसम्म वेपत्ता संख्या कूल – ४२ 
  •  हालसम्म सनाखत भएको शव संख्या २१, सनाखत हुन बाँकी शव ७ गरी जम्मा शव संख्या २८ ।
  • पहिचान नखुलेका ८ वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेको ।
मिति : २०६९।१।२८ गते ६:०० बजे        
जिल्ला प्रहरी कार्यालय कास्की

Wednesday, May 9, 2012

Additional Flood Descriptionflash 2069-1-25 to 1-27 />> (Kaski, Seti River)


Pokhara flood, Seti River flood, Tatopani event
Pokhara flood, Seti River flood, Tatopani event

मिति २०६९।१।२६ गते ६:०० बजे देखि १।२७ गतेको हाल सम्मको कार्य बिवरण :
  • मिति २०६९।१।२७ गते ०६:३० बजे देखि नै  खारापानी स्थित मुख्य प्रभावित स्थलमा उत्खनन कार्य शुरु  भएको
  • बिहान ०९:० बजे देखि नदीपुर स्थित  सेतीको पावर हाउसको नहरमा देखिएको शव नेपाल प्रहरी सशस्त्र प्रहरीको संयूक्त टोलीबाट निकाल्ने कार्य जारी रहेकोमा ३:०० बजेको समयमा कुहिएको अवस्थामा विदेशीको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला पारी .क्षे. अस्पतालमा पु¥याईएको  
  • नेपाल प्रहरीको च्भकअगभ म्यन लाई पुनः आज बिहानै देखि मुख्य प्रभावित स्थलहरुमा खोजी कार्यको लागि परिचलान गरिएको
  • अं १:०० बजेको समयमा बाच्छीवुडुवाबाट .प्र. बलको उद्दार टोलीले  जिवित गाईको उद्दार गरेको
  • ,क्षे. अस्पताल पोखरामा रहेका लासहरु मध्ये आज मिति २०६९।१।२७ गते १:५५ बजेको समयमा वटा लास सनाखत भएको ( जि. कास्की सार्दीखोला बस्ने वर्ष ४६ को बिष्णु भन्ने ईन्द्र बहादुर गुरुङ्ग भएको) उक्त शवलाई अन्तिम संस्कार गर्न आफन्तलाई जिम्मा लगाईएको  
  • सार्दीखोलाको घटनामा परी घाइते भएका वर्ष १२ को सन्तोष गुरुङ्गको .क्षे. अस्पताल पोखरामा उपचार भईरहेकोमा आज :०० बजेको समयमा डिस्चार्ज भएको सबै घाइतेहरु अस्पतालबाट डिस्चार्ज भइसकेका
  • सेती नदी किनारमा संयूक्त सुरक्षाफौज द्धारा खोजी कार्य जारी राखिएको

          अन्य बिवरण :
  • वेपत्ता संख्या ४३ रहेकोमा एक जनाको मृत शव सनाखत भएको थप जना वेपत्ता भएको भनि खुल्न आएको ( वेपत्ता हुनेमा जि. पर्वत लेखाफाँट गा.वि.. वडा नं. बस्ने  वर्ष ५९ का कुम बहादुर पुन रहेको, निज आफनो बहिनीलाई सादुल तर्फ भेटन जाने क्रममा बाढीमा परि हराएको भन्ने बुझिएको 
  • हालसम्म वेपत्ता संख्या कूल४३ 
  • हालसम्म सनाखत भएको शव संख्या २०, सनाखत हुन बाँकी शव गरी जम्मा शव संख्या २७
  • पहिचान नखुलेका वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेको

          सुरक्षाफौज परिचालन :
  • नेपाली सेना               २८६ जना
  • नेपाल प्रहरी               १०२ जना
  • सशस्त्र प्रहरी बल        १४४ जना



मिति २०६९।१।२७ गते ७:१५ बजे              
जिल्ला प्रहरी कार्यालय कास्की  

Nepal Red Cross Society उपशाखा १०, ११ द्वारा राहत संकलन

Nepal Red Cross Society उपशाखा १०, ११ द्वारा राहत संकलन

       नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ द्वारा विश्व रेडक्रस दिवस ८ मे २०१२ को अवसर पारेर सेतीनदीमा आएको अकल्पनीय बाढीले विस्थापित परिवारलाई राहत स्वरुप सहयोग प्रदान गर्ने उद्देश्यले राहत संकलन तथा ब्याज वितरण कार्य सम्पन्न भयो ।
       उपशाखा १०, ११ को कार्यालयबाट शुरु गरिएको उक्त राहत संकलन कार्य कालिकामन्दिर चोक, राममन्दिरचोक, रामबजार, श्रीकृष्ण मन्दिरचोक, इन्द्रमार्ग, बुद्धचोक, अमरसिंहचोक हुँदै पुनः उपशाखामा गई समापन गरिएको थियो ।
       उक्त राहत संकलन कार्यक्रममा स्थानीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थिायो । उक्त अवसरमा मे.कृष्ण बहादुर गुरुङ्गबाट एकहजार, डिलबहादुर के.सी.बाट एकहजार, कुलबहादुर गुरुङ्गबाट एकहजार बीस गरी जम्मा रु.२३ हजार १ सय ३७ रुपैयाँ संकलन भएको थियो ।
       बाढीमा परी स्वर्गारोहण भएकालाई मृतआत्माको शान्तिको कामना गर्दै बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरि शुरु गरिएको उत्तः कार्यउक्रममा उपशाखा १०, ११ का कार्यवाहक सभापति सम्मरबहादुर श्रेष्ठ, सचिव बालाकृष्ण शर्मा, सहकोषध्यक्ष जीवन श्रेष्ठ, सहसचिव कलावति शर्मा, युवा अध्यक्ष सन्तोष सिग्देल, सदस्य महेन्द्र भुर्तेल, चण्डीका अधिकारी, हरिमाया भुजेल, विष्णु आचार्य, रिता पौडेल, नलु गुरुङ्ग लगायतका रेडक्रसप्रेमीहरुको उपस्थिति रहेको थियो ।
       उक्त संकलित रकम उपशाखा १०, ११ ले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की मार्फत सम्बन्धित स्थानमा पु¥याउने व्यवस्था मिलाइने जानकारी उपशाखा १०, ११ का कार्यवाहक सभापति सम्मरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

Tuesday, May 8, 2012

रोटरी अन्नपूर्णद्वारा पानी टंकी हस्तान्तरण

      रोटरी क्लव अफ पोखरा अन्नपूर्णद्वारा लुम्ले गा.वि.स. वडा नं.२ पात्लेखेत गाउँमा स्थानीय बासीको निम्ति ७ हजार ५ सय लिटर क्षमताको पानी टंकी निर्माण गरी एक समारोहका बीच स्थानीय बासीलाई हस्तान्तरण गरियो ।
       रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रो.कृष्णमान गुभाजु र दक्षिण कोरियन नागरिक एवं कोइकाका स्वयंसेवक पार्क इन गोयू (इन्द्र) ले संयुक्त रुपमा उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभएको थियो ।
       उक्त आयोजना रोटरी क्लव अफ पोखरा अन्नपूर्णको व्यवस्थापन, स्थानीय बासिन्दाको श्रमदान र कोइका स्वयंसेवक पार्क इन गोयूको आर्थिक सहयोग गरी कुल ४ लाख ३१ हजारको लागतमा सम्पन्न भएको थियो ।
       कार्यक्रममा कोइकाका स्वयंसेवक पार्कले देश विकास गर्न प्रत्येक नागरिकले आ–आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्ने बताउनुभयो । रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रो.कृष्णमान गुभाजुले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको संचालन गोलमान गुरुङ्गले गर्नुभएको थियो । पानी टंकी निर्माण कार्यको व्यवस्थापन रो.रोश गुरुङ्गले गर्नुभएको थियो । 

साइनिङ्ग स्टारमा जुनियर रेडक्रस सर्कल पुर्नगठन


       नयाँ शैक्षिक वर्षको सुरुवातसँगै साइनिङ्ग स्टार आवासीय मा.वि.लेकसाइड पोखराले जुनियर रेडक्रस सर्कलको नयाँ कार्यसमिति गठन गरेको छ । मंगलबार भएको उक्त कार्यक्रम यसै विद्यालयका प्राचार्य नारायणप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व जुरेसका पदाधिकारीहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
       कार्यक्रममा नवगठित पदाधिकारीलाई प्रमुख अतिथिले खादा तथा विद्यालय प्रशासक रामराज पहारीले अविर लगाई स्वागत गर्नुभएको थियो । नवगठित कमिटीको अध्यक्षमा सनम थापा, उपाध्यक्षमा गौतम गुरुङ्ग, सचिवमा अनुश कुँवर, कोषाध्यक्षमा संगिता गुरुङ्ग, सहसचिवमा समस्ती सोनाम तथा सहकोषाध्यक्षमा एमन रसाइली मनोनित हुनुभएको छ ।
       यस शैक्षिक सत्र २०६९ का लागि शिक्षक नायकमा विद्यालयका विज्ञान विभाग प्रमुख योगेश कुमार क्षेत्री तथा सहशिक्षक नायक कम्प्युटर विभाग प्रमुख मनोनित हुनुभएको छ ।
       यसै सन्दर्भमा विद्यालयले सेतीबाढी पीडितको लागि सोमवारबाट राहत संकलन कार्यक्रम पनि जारी राखेको छ ।