Friday, March 2, 2012

Peace Zone Academy पिसजोन एकेडेमीको अभिभावक दिवस सम्पन्न


       पोखरा–८ सिमलचौर स्थित पिसजोन एकेडेमीको वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार सोंपाल तमु समाज बगालेटोलमा सम्पन्न भयो ।
       विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालको सभापतित्व तथा जनप्रिय उच्च मा.वि.व्यस्थापन समिति अध्यक्ष बलराम बराल, विश्वनाथ बराल, गोविन्द भारती तथा रन्जिता गिरीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम तथा कविताहरु समेत वाचन गरेका थिए ।
       विद्यार्थीहरुको तर्फबाट कक्षा १० की छात्रा शिल्पा थापा तथा शिक्षकहरुको तर्फबाट माध्यमिक तहका गणित तथा विज्ञान शिक्षक राजु भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
       कार्यक्रममा अभिभावकको तर्फबाट विश्वनाथ बरालले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै विद्यालयले प्रदान गर्दै आएको गुणात्मक शिक्षा तथा अनुशासनको प्रसंसा गर्नुभएको थियो ।
       विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले विद्यालयबाट प्रत्येक वर्ष प्रवेशिका परीक्षामा सम्मिलित विद्यार्थीहरुमध्ये ८५ प्रतिशतभन्दा बढी अंक ल्याई सर्वोत्कृष्ट हुने विद्यार्थीलाई ‘पिसजोन विद्यापदक’ बाट सम्मानित गरिने साथै नेपाल अधिराज्यमै सर्वोत्कृष्ट पाँचमा पर्न सफल विद्यार्थीलाई ‘पिसजोन स्वर्ण पदक’ बाट सम्मानित गरिने जानकारी गराउनुभयो ।
    उक्त अवसरमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
 कार्यक्रमको संचालन विद्यालयका प्रचार्य सुरेन्द्र शर्मा दाहालले गर्नुभएको थियो ।

Wednesday, February 29, 2012

पार्टी एकताका लागि राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक उपयोगी हुने

नेकपा एमाले
  नेकपा एमालेका बैकल्पिक पोलिटव्यूरो सदस्य तथा गण्डकी इन्चार्ज खगराज अधिकारीले पार्टीको आन्तरिक व्यवस्थापनलाई सुदृढ बनाउन राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक उपलब्धीपूर्ण हुने बताउनुभएको छ ।
       नेकपा एमालेले संचालन गरेको पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान २०६८ को सन्दर्भ तथा यही फागुन २१ देखि २३ गतेसम्म काठमाण्डौमा हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुने कास्कीका नेताहरुसँग बुद्धिजीवीहरुले गरेको अन्तरक्रिया कार्यक्रममा नेता अधिकारीले त्यस्तो बताउनुभएको हो ।
       नेकपा एमाले बुद्धिजीवी इलाका कमिटी कास्कीको आयोजनामा भएको कार्यक्रममा नेता अधिकारीले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक पार्टीमा भावनात्मक एकता बलियो बनाउन सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
       संविधान निर्माणको क्रममा एमालेले सबैखाले यथास्थिति र अतिवादी शक्तिहरुलाई मिलाउँदै अगाडि बढ्ने दृढता व्यक्त गर्दै नेता अधिकारीले सामथ्र्य र पहिचानका आधारमा आर्थिक रुपमा सक्षम हुने गरी प्रदेश निर्माण गरिने बताउनुभयो ।
       शासकीय स्वरुप बारे प्रष्ट पार्दै एमाले नेता अधिकारीले एमाले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिकै पक्षमा रहेको धारणा राख्नुभयो ।
       नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले काठमाण्डौमा हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको क्रममा हुने विशाल सभामा कास्कीबाट ७० देखि ८० बस रिजर्भ गरी एमाले कार्यकर्ता सहभागी हुने जानकारी दिनुभयो ।
       नेकपा एमाले कास्की क्षेत्र नं.३ का राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा सभासद् रविन्द्र अधिकारीले सबैखाले भावनाको कदर हुने गरी प्रदेशको विभाजन गरिनुपर्ने उल्लेख गर्दै शासकीय स्वरुपको सन्दर्भमा मिश्रित प्रणाली अपनाउन सबै पक्षलाई सहमत गराउन नेकपा एमालेले पहल गर्ने बताउनुभयो ।
       कार्यक्रममा नेकपा एमाले बुद्धिजीवी इलाका कमिटी कास्कीका अध्यक्ष श्रीकान्त खतिवडाले पार्टीको आन्तरिक व्यवस्थापन, संविधान निर्माण, राज्यको पुनःसंरचना, शासकीय स्वरुपका बारेमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
       सो अवसरमा नेकपा एमाले गण्डकी अञ्चल कार्यालय सचिव भीम कार्की, कास्की क्षेत्र नं.४, २ र १ का राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरु क्रमशः पुण्यप्रसाद पौडेल, श्रीनाथ बराल, बेदबहादुर गुरुङ्ग लगायतका नेताहरुले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा बुद्धिजीवीहरुले उठाएका विषयहरुलाई प्राथमिकताका साथ उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
       कार्यक्रममा पेशागत महासंघ कास्कीका अध्यक्ष रामप्रसाद खनाल, बुद्धिजीवी परिषद् कास्कीका अध्यक्ष बाबुराम पौडेल, मानवअधिकार संरक्षण मञ्च कास्कीका सचिव कमलप्रसाद अर्याल, डोलराज पाण्डे, डा.कृष्ण के.सी., प्रेमनारायण खनाल लगायतका वक्ताले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
       पार्टी संगठन संचालन, संविधान निर्माणमा पार्टीको भूमिका प्रभावकारी हुनुपर्ने अभिप्रायका साथ सम्पन्न अन्तरक्रिया कार्यक्रममा एमाले समर्थक १ सय ३० जना बुद्धिजीवी नेताहरु तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Blood Donation रक्तदान कार्यक्रम सम्पन्न, ५२ जनाद्वारा रक्तदान

 Blood Donation


 Blood Donation

             सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानी र हस्पिटलचोक ट्याक्सी इकाई समिति पोखराको संयुक्त आयोजनामा हस्पिटलचोक रामघाटमा सामुदायिक सेवा केन्द्र माटोपानीका सदस्य दानबहादुर बस्नेतको संयोजकत्वमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भयो ।नयाँ गोरख गण फूलबारी व्यारेकका गणपति प्रयागराज भण्डारीको प्रमुख आतिथ्यत तथा ट्याक्सी व्यवसायीइ समिति पोखराका अध्यक्ष गान्धीराज गिरीको विशेष आतिथ्यतामा सम्पन्न उक्त खुल्ला रक्तदान कार्यक्रममा ४७ जना पुरुष र ५ जना महिला गरी जम्मा ५२ जनाले रक्तदान गर्नुभएको थियो ।

              ट्याक्सी इकाई समिति अमरसिंहचोक, रामबजार, बुद्धचोक, भद्रकाली, एयरपोर्ट, फेवाताल, बाग्लुङ बसपार्क, भैरवटोल तथा सामुदायिक सेवा केन्द्र, अन्य समाजसेवीहरुबाट जिन्सी तथा नगद रकम पनि सहयोग स्वरुप प्रदान गर्नुभएको थियो ।

              सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष शैलेन्द्रमोहन भट्टराई, वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्र.नि.मदन कुँवर, सामुदायिक सेवा केन्द्र माटेपानीका सल्लाहकार बजीरमान श्रेष्ठले यस्तो मानवीय कार्य गर्नु गराउनु तथा सहयोग गर्नु राम्रो कुरा भएको जिज्ञासा व्यक्त गर्नुभएको थियो । ट्याक्सी इकाई समिति हस्पिटलचोकका संस्थापक संयोजक मीनबहादुर गुरुङ्गले यस्तो सहकार्य आगामी दिनहरुमा पनि गर्दै जाने बताउनुभयो ।

              सो कार्यक्रमका विशेष अतिथि ट्याक्सी व्यवसायी समितिका अध्यक्ष गान्धीराज गिरीले यस्ता राम्रा कार्यहरु वाष्र्यिाक क्यालेण्डरमा नै समावेश गरी सहकार्य गर्नुपर्ने बताउनुभयो । सामुदायिक सेवा केन्द्र जिल्ला समन्वयका अध्यक्ष सीता गुरुङ्गले रक्तदान मानवीय कार्य भएको र आगामी फागू पूर्णिमा पर्वमा सबै समाजमा रहनुहुने व्यक्ति व्यक्तित्वहरुले एकआपसमा विकृति विसंगति रहित फागु पर्व मनाउनुका साथै सबै सामुदायिक सेवा केन्द्र र ट्राफिक प्रहरीको तर्फबाट निकालिएको बुँदागत सन्देश समेत पढेर सुनाउनुभएको थियो ।

              समाजमा रहेको विकृति, विसंगति तथा सामाजिक कुकृत्यको न्यूनिकरण गर्दै लैजाने यस सामुदायिक सेवा केन्द्रले अन्य संघसंस्थासँग सहकार्य गरी मानवीय सहयोग पु¥याउनु हुने आफैमा राम्रो पक्ष भएको र आगामी दिनहरुमा पनि यस्तो शुभकार्यको निरन्तरता हुनुपर्ने बताउनुभयो ।

              हस्पिटलचोक ट्याक्सी इकाई समितिका बरिष्ठ सल्लाहकार पूर्ण गुरुङ्गले स्वागत मन्तव्य राख्नुभएको उक्त रक्तदान कार्यक्रममा अन्य सामुदायिक सेवा केन्द्रका कार्यवाहक अध्यक्ष दया बरालको प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सचिव कृष्ण प्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।

होली पर्वमा जवरजस्ती होहल्ला तथा हुलहुज्जत गर्ने कडा कारवाही

होली पर्व रहेको हुँदा उक्त पर्वमा समाजमा स्नेह आपसी सदभावलाई अभिवृद्धि गर्ने पर्वको रुपमा मनाईने रंग र उल्लासको पर्व होली बर्तमान समाजमा आएर महिला माथि दुव्र्यवहार तथा समूह समूह विच झैझगडाको रुपमा विकृति हुँदै गइरहेकोले उक्त पर्वमा जस्तै झैझगडा, लागू पदार्थ विक्री वितरण, चन्दा असुली जस्ता दुव्र्यवहारका घट्नाहरु हुन गर्न नदिनको लागि पर्वको पूर्व आवश्यक छलफल सहमति एवं सो को प्रचार प्रसार गरि शान्ति पूर्ण वातावरणमा होली मनाउने व्यवस्था मिलाउनुको साथै उक्त अवधिमा कुनै पनि प्रकारको अवान्छित क्रियाकलाप हुन गर्न नदिनको लागि सम्पूर्ण सर्वसाधरणहरुमा यो सूचना प्रकाशित गरिएको छ । यदि कसैले जवरजस्ती रंग लगाई दिने, मादक पदार्थ सेवन गरि होहल्ला तथा हुलहुज्जत गर्ने र अन्य अशोभनीय कार्यहरु गरेको पाईएमा नियम अनुसार कडा कारवाही गरिने व्यहोरा समेत सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।

Friday, February 24, 2012

साइनिङ स्टारमा खुल्ला नृत्य प्रतियोगिता

Shining Star BS Pokhara
 बैदामस्थित साइनिङ स्टार आवासीय मा.वि.ले कला नै सिर्जना हो भन्ने उद्घोषका साथ खुल्ला नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । १२ वटा समूह सहभागी भएको उक्त नृत्य प्रतियोगितामा विद्यार्थीहरुले नेपाली संस्कृतिलाई अगाडि बढाउने उद्देश्यले तामाङसेलो, नेवारी, भोजपुरी लगायतका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । उक्त प्रतियोगितामा कक्षा आठको एन्जिला थापाको समूह प्रथम, कक्षा एकको केशर परियारको समूह द्वितीय, कक्षा ६ को विष्णु खत्रीको समूहले तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगिताको निर्णायकमा सिर्जना कला केन्द्रका नृत्य प्रशिक्षक राम लामा र श्यामकुमार सिंह रहनुभएको थियो ।
       कार्यक्रममा विद्यालयका प्रचार्य नारायणप्रसाद पाण्डेले विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई कदर गर्दै प्रतिभा प्रष्फुटनमा विद्यालय निरन्तर क्रियाशील हुने कुरा बताउनुभयो । उहाँले आजका बालबालिकाले नै भोतिका दिनहरुमा महान् कलाकार बनेर यस देशलाई विश्वसामु परिचित गराउन सक्दछन् भन्नुभयो ।
   विद्यालका अतिरिक्त क्रियाकलाप प्रमुख केवी रसाइलीले सञ्चालन गर्नुभएको उक्त नृत्य प्रतियोगितामा विद्यालयका सहप्राचार्य अर्जुनप्रसाद पाण्डे र प्रशासक तथा संस्थापक सदस्य रामराज पहारीले मन्तव्य राख्नुभएको थियो ।