Sunday, January 29, 2012

2012 KIA SOUL FREE YOUR MIND NOW IN POKHARA


THE POWER TO SURPRISE
KIA SOUL FREE YOUR MIND 
The Kia Soul stands out with its unique looks and good value. With several significant updates this year, reviewers find even more to like about the 2012 Kia Soul. The Kia Soul’s most significant updates for 2012 are powertrain upgrades that make it more powerful and more fuel-efficient. Inside, reviewers still praise the Soul for its spacious rear seats, impressive standard features list that includes Bluetooth and a USB port and its abundance of interior cubbies. In fact, most reviewers don’t find fault with the 2012 Kia Soul.

Engine

Type :
I-4 1.6 litre
Power L:
138 hp @ 6,300 rpm (103 kW)
Torque :
123 lb·ft @ 4,850 rpm (167 N·m)
Induction :
Atmospheric
Power to weight ratio :
N/A
Bore :
77 mm
Stroke :
85 mm
Fuel type :
Regular
CO2 emissions :
3,050 kg/year
Ohter engines :
none
Transmission :
  • 6-speed manual (base)
  • 6-speed automatic
Drivetrain :
FWD
DISCOVER YOUR SOUL AND EMPOWER YOUR FREEDOM

Tires / Suspension / Brakes / Safety

Steering :
rack and pinion with assist
Traction control :
yes
Stability control :
yes
Seat belts :
5
Airbags :
Front dual airbags
independent
independent, Macpherson strut
Rear suspension :
semi-independent, torsion beam
Front brakes :
disc (ABS)
Rear brakes :
disc (ABS)
Front tires :
P195/65R15
Rear tires :
P195/65R15
SOUL REACHES OUT TO YOUR INDIVIDUALITY

Dimensions / Weight

Length :
4,120 mm (162″)
Width :
1,785 mm (70″)
Height :
1,610 mm (63″)
Wheelbase :
2,550 mm (100″)
Front track :
1,570 mm (62″)
Rear track :
1,575 mm (62″)
Weight :
1,220 kg (2,690 lbs)
Weight distribution front-rear :
60% - 40%
IT'S MORE THAN CONCEPTS

Capacities

Fuel tank :
48 L
Trunk :
546 to 1,511 l (19 to 53 ft3)
Towing :
N/A
Box length :
N/A
EVERY SECIND COUNTS AND SOUL GIVES LIFE A BIG TICK

Performance

0-100 km/h :
N/A
80-120 km/h :
N/A
Top speed :
N/A
Braking distance :
N/A
SOUL IS REALITY
 Details:

KIA MOTORS
The Power to surprise"
Harka Bahadur Gurung
Sales & Marketing Officer
Mobile: 9846021961
 A & D AUTO HOUSE
Nayabazer,Pokhara-9,Nepal
Tel.no:+977-61-522094,526899
Fax.no:+977-61-526889
Email : [email protected]

स्मारिका विमोचन तथा छात्रवृत्ति कार्यक्रम

        ममिता गौतम स्मृति प्रतिष्ठानद्वारा प्रकाशत स्मारिका विमोचन तथा गरिब, दलित तथा जेहेन्दार छात्रवृत्ति वितरण कार्यक्रम संविधानसभा सदस्य सूर्यबहादुर के.सी.को प्रमुख आतिथ्यतामा कृष्ण मन्दिर रामबजारमा सम्पन्न भयो ।
       उक्त कार्यक्रममा प्रमुख अतिथि सभासद् के.सी.ले प्रतिष्ठानले गरेको सामाजिक कार्यको सराहना गर्दै प्रतिष्ठानबाट वितरित छात्रवृत्तिले दक्ष, अनुशासित विद्यार्थी जन्माउन महत्वपूर्ण सहयोग पु¥याउने छ भन्ने विचार राख्नुभयो । उहाँले राष्ट्रियताको संरक्षण गर्ने र सबैले समान अधिकार प्राप्त गर्ने संविधान जेठ १४ गतेभित्रै बन्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

Tuesday, January 24, 2012

निजी तथा आवासीय विद्यालय राज्यद्वारा गरिएको मूल्यबृद्धि फिर्ता नगरे आन्दोलनमा


     नेपालको तरल राजनीतिक अवस्थामा निजी क्षेत्र पनि देशको राजनीतिको असरबाट टाढा छैन । सरकारले निजामति क्षेत्रका कर्मचारीहरुको तलब भत्ता बढाउँछ तर निजी क्षेत्र सामान्य तलब बृद्धिको लागि आन्दोलित हुनुपर्ने अवस्था छ । यसै आर्थिक वर्षको शुरुमा सरकारले निजामति कर्मचारीहरुको तलब भारी बृद्धि गर्दा निजी क्षेत्रमा काम गर्ने सम्पूर्ण श्रमिकहरुले घुटुघुटु थुक निलेर बस्नुपरेको छ । बल्ल तल्ल २ वर्षमा १ पटक त्रिपक्षीय बेतनबोर्ड बसी २०६७ चैत्र १ गतेदेखि कार्यान्वयन गर्ने भनिएको (बढाएको) तलब हालसम्म कति निजी क्षेत्रमा कार्यान्वयन भएको छैन अझै कतिपय निजी शैक्षिक संस्थाका कर्मचारी/शिक्षकहरु ७ वर्षअघि सरकारको त्यही तहका शिक्षक कर्मचारीले पाएको सुविधा भन्दा पनि कम सुविधामा काम गर्न बाध्य छन् । मनोवैज्ञानिक दासता अझै कायमै छ । पहिले नै यो स्थितिबाट गुज्रेका निजी क्षेत्रका शिक्षक तथा कर्मचारीहरु प्रत्यक्ष रुपबाट हालै सरकारद्वारा गरिएको पेट्रोलियम पदार्थको मूल्यबृद्धिबाट प्रभावित भएका छौं ।

Saturday, January 21, 2012

पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध संयुक्त प्रेस वक्तव्य


  
२०६८ माघ ४ गते प्रधानमन्त्री डा.बाबुराम भट्टराईको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि प्रति हामी कास्कीका राजनैतिक दलहरुको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्ने निर्णयप्रति खेद प्रकट गर्दछौं ।
       
पेट्रोलियम पदार्थ जसको मूल्यबृद्धिको असर समग्र क्षेत्रमा भारी मात्रामा मूल्यबृद्धि हुन्छ जसको परिणाम सर्वसाधारण जनताको जीवन अत्यन्तै कष्टकर बन्दछ । जनताको हितमा काम गर्ने कसम खाएर अत्यावश्यक खर्च कटौतीका नाममा मुस्ताङ जीप चढ्ने डा.बाबुराम भट्टराई आज यसरी सर्वसाधारण जनताको ढाँड खुस्कने, सम्पूर्ण विकास निर्माण प्रभावित हुने गरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि कसरी गर्न सके ? के डा.बाबुराम भट्टराई नौटङ्की हुन् ? यदि होइनन् भने यस्ता नौटङ्की कार्य तुरुन्तै रोक्न, पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन माग गर्दछौं । सरकारका यस्ता जनविरोधी कार्यका विरुद्ध सचेत रहन जनता र राष्ट्रका हितमा ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण तहका जनसमुदायसँग हार्दिक अपिल गर्दछौं ।

  (मदनमुरारी घिरिमे)           (रामजी थापा)        (दीर्घ बहादुर जि.सी.)         (टेकनाथ अधिकारी)
      अध्यक्ष                    सचिव                 अध्यक्ष                का.सचिव
  राष्ट्रिय जनमोर्चा           ने.क.पा.(एकीकृत)       ने.क.पा. (संयुक्त)             ने.क.पा. (माले)
      कास्की                 कास्की                कास्की                      कास्की

संक्रमणकालिन न्याय र मानव अधिकार विषयक तालिम सम्पन्न


कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी इश्वर राज रेग्मीले आफुहरुको मातहतबाट सरकारले शहिद परिवार तथा घाइते तथा बेपत्ता परिवारलाइ प्रदान गर्दै आएको राहत वितरण कार्य भैरहेको र सरकारले थप गरे अनुरुप सहयोग आउने क्रममा रहेको बताउनुभयो । सरकारले द्धन्द्ध पिडितलाइ प्रदान गर्ने राहत उनीहरुले आशा गरेअनुरुप नहुने उल्लेख गर्दै आफुहरुको अधिकार प्राप्त गर्नका लागि सदैव सरकारलाइ झस्काइरहन समेत उहाले आग्रह गर्नुभयो । जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष ढाकाराम पौडेलले सरकारले सत्य निरुपण आयोग गठन तथा बेपत्ताको खोजी गर्नुको सट्टा अपराधीहरुलाइ हौसला दिएको आरोप लगाउनुभएको छ । उहाले आफुहरुको आन्दोलनका कारण नेपालमा जारी निरंकुश राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै तत्काल सत्यनिरुपण आयोग गठन गरी बेपत्ताको खोजी गर्न सरकारलाइ आग्रह गर्नुभयो ।

सरकारले जनआन्दोलनका क्रममा दोषी ठहराइएकालाइ आम माफी दिने प्रकृया शुरु गरेको उल्लेख गर्दै त्यसो गरिए ६ सय १ सभासदको हालत पनि ज्ञानेन्द्रको जस्तै वनाउन जनता तयार रहने उहाकोे भनाइ रहेको थियो । राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखरा र जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समितिद्धारा संयुतm रुपमा पोखरामा आयोजित संक्रमणकालिन न्याय र मानव अधिकार विषयक दुइ दिवशिय तालिमको समापन समारोहमा वोल्दै पौडेलले सरकारले विस्तृत शान्ति सम्झौता अनुसार काम गर्न नसकेकोमा दुखेसो समेत र्गभयो । कार्यक्रममा वोल्दै शान्तिका लागि नागरिक समाज कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगरले जनआन्दोलनका क्रममा दोषी ठहरिएकाहरुलाइ राज्यले नभइ शहिद घाइते तथा बेपत्ता परिवारले माफी दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चलका निर्देशक  यज्ञ प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ मानवअधिकार कर्मी द्धय टेकनाथ वराल र नवदत्त ढुङ्गाना , एड्भोकेसी फोरम कास्कीका अध्यक्ष राम प्रसाद घिमिरे, इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेल, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष जुना कुमारी गुरुङ्ग, मानव अधिकार कर्मी खगराज आचार्य, सामाजिक अध्ययन मञ्च कास्कीका टेक नाथ पौडेल , बद्रि सुवेदी, सञ्चारकर्मी श्याम कुवर लगाएतले आआफ्नो धारणा राख्नुभएको थियो । २ दिन सम्म सञ्चालन भएको उतm तालिममा कास्कीमा रहेका जनआन्दोलन शहिद परिवार तथा घाइतेहरु गरी २७ जना सहभागी रहेका थिए । तालीमको सहजीकरण राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक यज्ञप्रसाद अधिकारी, मानवअधिकार अधिकृत बद्रि सुवेदी, यशोदा बञ्जाडे, इन्सेक क्षेत्रीय कार्याय पोखराका कार्यक्रम संयोजक गणेश श्रेष्ठले गर्नुभएको थियो ।