पोखरा ७ शान्ति नगर स्थित राम बहादुर पौडेलको पोखरा गार्डेनमा बाघ भेटिएको हो । विहान ७ बजे तिर पौडेलको परिवारले बाघ देखे पछि वरपर हल्लाखल्ला भएको थियो । बाघ मानिसको आवत जावत बढे पछि गार्डेनको बगैचाको कुनामा लुकेको थियो ।
Friday, May 20, 2011
पोखराको शान्ति नगरमा बाघ भेटियो
आनन्दज्योतिमा अनेरास्ववियु प्रारम्भिक कमिटि गठन
लेखनाथ नगरपालिका बेगनासस्थित आनन्दज्योती माध्यमिक विद्यालयमा अनेरास्ववियु प्रारम्भिक कमिटि गठन गरिएको छ । अनेरास्ववियुको जिल्ला विद्यालय जागरण अभियानको क्रममा प्राक गठन गरिएको हो । विद्यालयमा विजय अधिकारीको अध्यक्षतामा १ सय ८५ सदस्स्यि नयाँ कार्यसमिति चयन गरिएको छ ।
स्वास्थ्य सम्वन्धि कार्यक्रम सम्पन्न
स्वास्थ्य शिक्षाको बारेमा चेतना मात्रै भएर नहुने तर त्यसलाई ब्यवहारमा उत्तानुपर्नेमा आज पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले स्वाथ्यका बारेमा पाएका जानकारी जीवनमा ब्यवहारीक रुपमा उत्तान सकेमात्रै शिक्षाको सार्थकता रहने समेत बताए ।
सामुदायिक स्वास्थ्य सर्वेक्षण तथा सामुदायिक संगठन अध्ययन समुह पृथ्वीनारायण क्याम्प शिक्षा शास्त्र सङकाय अन्र्तगत एम.एमड दोस्रो बर्ष समुह सी का विद्यार्थीहरुले आयोजना गरेको स्वास्थ्य, शिक्षा आजको आश्वयकता सामुदायिक स्वास्थ्य परिक्षण प्रस्तुतीकरण तथा स्वास्स्थ्य शिक्षा विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले त्यस्तो बताएका हुन् ।
कार्यक्रमा पृथ्वीनारायण क्याम्पस स्वास्थय शिक्षा, शारिरिक तथा जनसंख्या प्रशिक्षण सहायक कृष्णप्रसाद त्रिपाठीले स्वास्थ्य नै मानिसको धन भएकाले सिकेका कुरा जीवनमा उत्तानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पृथ्वीनारायण क्याम्पस प्रशिक्षक सहायक केशवराज वाग्ले, पुम्दीभुम्दी गाविस सचिव गुरुप्रसाद पौडेल, पोखरा स्वास्थ्य चौकी पुम्दीभुम्दीका तुलसीराम बराल संजिव निरौला, निरजा शर्मा लगायतले स्वास्थ्यका बारेमा चर्चा गर्नुभएको थियो ।
Tuesday, May 17, 2011
फिस्टेल हस्पिटल आफ्नै भवनबाट सर्यो
पोखरा गैरापाटनमा रहेको फिस्टेल हस्पिटल प्रालिले थप सेवा विस्तार गर्दै शनिबार देखि आफ्नै भवनबाट सेवा संचालनमा ल्याएको छ । सात्रिय बिधिपुर्वक वास्तुपुजा, रुद्री पुजा गरी निमार्णधिन भवनमा आफ्नो सेवा संचालनमा ल्याएको हस्पिटलका अध्यक्ष डाक्टर प्रदिप घिमिरेले बताउनु भयो ।
हस्पिटलमा २१ जना बिशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरीने भएको छ । हस्पिटलमा एक सय सैयाको सेवा संचालनमा ल्याएको हस्पिटलले जनाएको छ । यस अघि हस्पिटलले भाडामा सेवा संचालन गर्दा सडक वारी तथा पारि गरी सेवा संचालन गर्दै आएको थियो ।
सात करोडको लागतमा निमार्ण हुन लागेको ५ तले ७२ कोठे पक्की भवन आगामी ६ महिलामा उक्त निमार्ण कार्य पुरा हुने प्रालिका अध्यक्ष घिमिरेले बताउनु भयो । २०५५ साउन एक गते २० वटा शैयाबाट सेवा सुरु गरेको हस्पिटलले २०६१ मा ५० शैया र अब देखि एक सय शैयामा सेवा प्रदान गर्ने भएको हो । ७२ जना कर्मचारीहरु रहेको हस्पिटलमा ६ महिना भित्र ७२ वटा कोठाहरु निमार्ण हुदैछन्।
एमाले वडा कमिटी पोखरा–७ को अध्यक्षमा रेग्मी
नेकपा एमाले वडा कमिटी पोखरा–७ को आठौं अधिवेशनको शनिवार जिल्ला कमिटी अध्यक्ष मानबहादुर जिसीले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै जि.सी.ले नेपालको राजनीतिमा स्थिरता नभएसम्म शान्ति र विकास असम्भव भएको बताउँदै राजनीतिक दलहरु जस्तोसुकै मुल्य चुकाएर भएपनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने विचार राख्नुभयो ।
गण्डकी अञ्चल सदस्य सृजना शर्माले पार्टी नेताहरुको फरक फरक दृष्टिकोणले कार्यकर्ताहरुलाई अन्यौल बनाएको बताउँदै पार्टीलाई एकताबद्ध बनाउन कार्यकर्ताहरुको सक्रियता आवश्यक रहने बताउनुभयो ।
कार्यक्रममा एनेकपा माओवादीका प्रतिनिधि कमला रानाभाट, नेपाली काँग्रेसका प्रतिनिधि विष्णुप्रसाद बराल र सरोज बराल, मानवअधिकारकर्मी रामबहादुर पौडेल, वडा कमिटी पोखरा ५ का अध्यक्ष उज्वल खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनको बन्दसत्रले पुरुषोत्तम रेग्मीको अध्यक्षतामा १५ सदस्यीय नेकपा एमाले वडा कमिटी पोखरा–७ गठन गरेको छ । कमिटीको उपाध्यक्षमा टिकादेवी अधिकारी, सचिवमा लिलाभक्त बराल, उपसचिवमा ललित गौचनलाई चयन गरेको छ ।
Subscribe to:
Posts (Atom)

