Friday, June 11, 2010
FIFA WORLD BEGINS FROM 11JUNE,2010
बिश्वकप फुटवलका लागि खेलप्रेमीहरुको पार्खाइको समय चार वर्षको अन्तरालपछि आज सकिदैछ । पहिलो पटक दक्षिण अफ्रिकाले आयोजना गरिरहको १९ औ बिश्वकप फुटवलको पहिलो खेल जोहनसवर्गस्थित सकर सिटी स्टेडियममा हुनेछ ।बिश्वकपको पहिलो खेल आज समुह ए बाट चार टिम बीच प्रतिस्पर्धा हुनेछ । समुह ए मा रहेको आयोजक राष्ट्र दक्षिण अफ्रिकाले पहिलो खेलमा ल्याटिन अमेरिकी राष्ट्र मेक्सिको सामना गर्दैछ । कुल ३२ राष्टको सहभागिता रहेको बिश्वकपमा आयोजक राष्ट्र दक्षिण अफ्रिकाले यसअघि दुइ पटक सहभागिता जनाइसकेको छ भने मेक्सिकोले हाल सम्म १४ पटक बिश्वकपमा सहभागिता जनाइसकेको छ । यसअघि अफ्रिकाले सन् १९९८ र २००२ मा सहभागिता जनाइसकेको छ । दक्षिण अफ्रिकी राष्ट्रका लागि उद्घाटनका क्रममा हुन सक्ने दुर्घटनालाइ निस्तेज पार्न दक्षिण अफ्रिकी सरकारले सुरक्षास्थितीमा कडाइ गरेको छ । अप्रिय घटना हुन नदिन दक्षिण अफ्रिकी सरकारले ४१ हजार भन्दा बढिको संख्यामा सरक्षाकर्मी परिचालन गरेको छ ।सकरसिटी स्टेडियम समुन्द्री सतह भन्दा एक हजार ७ सय ५३ मीटरको उचाइमा रहेको छ । उद्घाटन खेल हुने सकर सिटी स्टेडियममा एकै पटक ९४ हजार ७ सय खेलप्रेमीले प्रत्यक्ष खेलको आनन्द लिन सक्नेछन् । त्यसैगरि मध्यरातमा हुने दोस्रो खेलमा ग्रुप ए मै रहेको उरुग्वेले केपटाउन शहरमा सन् १९९८ को बिश्वकप बिजेता फ्रान्सको सामना गर्दैछ । बिश्वकप फुटवलको सन् १९३० मा पहिलो पटक उरुग्वेबाटै शुरु भएको थियो । पहिलो पटक आयोजना गरिरहेको बिश्वकपका लागि अफ्रिकाले कुल दसवटा फुटवल स्टेडियमको निमार्ण गरेको छ ।
Thursday, June 10, 2010
आजदेखि संचालन वन्द जनकपुर जयनगर रेल सेवा
तीन दिनदेखि वन्द जनकपुर जयनगर रेल सेवा आजदेखि संचालनमा आएको छ । तीन दिन अघि रेल र ट्रिपर एकआपसमा ठक्कर खाई दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिन प्रशासनले सहयोग गर्ने आश्वासन दिएपछि सेवा सुचारु भएको हो । दुर्घटनापछि गत बुधवार धनुषाको परवाहा गाविसका स्थानीयवासिन्दाले रेल्वेको लिकमा धर्ना दिएका कारण रेल सेवा अबरुद्ध भएको थियो । पीडित परिवारको मागका बारेमा स्थानीय प्रशासन सकारात्मक रहेको र क्षतिपूर्ति दिलाउन प्रयास गर्ने आश्वासन दिएपछि वार्ताबाट समस्या समाधान गर्न पीडित पक्ष सहमत भएको हो ।
नेपाल पत्रकार महासंघ कास्की शाखाको भवन शिलान्यास
नेपाल पत्रकार महासंघ कास्की शाखाको भवन शिलान्यास गरिएको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्नेत र पत्रकार महासघंका महासचिव पोषण केसीले बिहीवार पोखराको पार्दीमा भवनको शिलन्यास गर्नुभयो । १ रोपनीको क्षेत्रफलमा पत्रकार महासंघ कास्कीले १ करोड ५९ लाख रुपैयाँको लागतमा तीन तले भवन निर्माण गर्न लागेको हो । भवन शिलन्यास समारोहमा मन्त्रालयका सचिव बस्नेतले पत्रकारहरु सदैव सत्य तथ्यका पक्षधर भएको हुदाँ भवन निर्माण गर्नु महत्वपूर्ण कार्य भएको बताउनु भयो ।
Monday, June 7, 2010
सुकुम्वासीका नाममा गरिएको जग्गा अतिक्रमण
पुनरावेदन अदालत पाटनको फैसला प्रशासन कार्यालयले अबज्ञा गर्दा नुवाकोटको विदुरमा सर्वसाधारणले वर्षौदेखि सरकारी जग्गा कब्जा गरी बसेका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटको मुल गेट अगाडि सार्वजनिक जग्गा अतिक्रमण हुँदा समेत प्रहरी प्रशासन मौन वसेको छ । प्रशासनले कब्जा गरिएका घर, टहरा नहटाउँदा वास्तविक सुकुम्वासीहरु भने पीडित भइरहेका छन् । पुनरावेदन अदालत पाटनले २०६३ साल कात्तिक १ गते जग्गा सार्वजनिक भएको फैसला गर्दा समेत प्रशासनले सुकुम्वासीका नाममा गरिएको जग्गा अतिक्रमणले बजार विस्तारको सौन्दर्यतामा प्रश्न चिन्ह खडा हुँदा समेत हटाउन नसकेको छ।ट्रिपरमा लगाएको आगो स्थानीयवासीले निभाए
धादिङको अमर्खुसिमस्थित कालिका कन्सट्रक्सनका तीन वटा ट्रिपर संयुक्त जातिय मुक्ति मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन् । कन्सट्रक्सनका प्रोपाइटर शिबराम रेग्मीका अनुसार ना ३ ख ३२३८, ना ४ ख २६२५ र न ४ ख ८३९७ नम्वरका ट्रिपरमा आगजनी गरेर राती नै उनीहरु भागेका थिए । ट्रिपरमा लगाएको आगो स्थानीयवासीले निभाएका थिए । तर आगजनीवाट तीनवटै ट्रिपर ध्वस्त भएका छन् । घटनाको जिम्मेवारी संयुक्त जातिय मुक्ति मोर्चाका जिल्ला इन्चार्ज प्रितमले लिएका छन् । कन्सट्रक्सनले क्रसर उद्योग बन्द नगरेकोले कारबाही गरेको उनले जानकारी दिए
Subscribe to:
Posts (Atom)





