Wednesday, June 2, 2010
च्याउ खाँदा मर्नेको संख्या ६ पुग्यो
चितवनको लोथर गाविसको विकट गाउँ कान्दामा बिषालु च्याउ खाँदा मर्नेको संख्या ६ पुगेको छ । लोथर–९ कान्दाका बाबुराम प्रजाले जङ्गलबाट ल्याएको च्याउ खाइ गम्भिर विरामी परेका दिपामाया प्रज्ञा, मंगली प्रजा र मन्जुमायाँ प्रजाको उपचारका क्रममा मृत्यु भएको हो । च्याउ खाई विरामी परेका थप ४ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । विरामी मध्ये १ जनाको अवस्था गम्भिर भएको अस्पतालले जनाएको छ । विषालु च्याउ खाँदा हिजो तीन जनाको मृत्यु भएको थियो ।
Monday, May 31, 2010
निर्धारित मापदण्ड पुरा गरेर मात्र माओवादी लडाकुकोमायोजन गर्नुपर्ने नेकपा एमालेले
निर्धारित मापदण्ड पुरा गरेर मात्र माओवादी लडाकुको नेपाली सेनामा समायोजन गर्नुपर्ने नेकपा एमालेले निर्णय गरेको छ । आज पार्टी कार्यालय बल्खुमा बसेको स्थायी समितिको वैठकले यस्तो निर्णय गरेको हो । वैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै एमाले अध्यक्ष झलनाथ खनालले अन्तराष्ट्रिय मापदण्ड पुरा गर्ने माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न सकिने बताउनुभयो ।एमाले स्थायी समितिको बैठकमा सेना समायोजन विषेश समिति र त्यस अन्तर्गतको प्राविधि समितिका सदस्यहरुसंग छलफल भएको थियो । बैठकपछि महासचिव इश्वर पोखरेलले सेना समायोजन विशेष समिति र प्राविधिक समितिका सदस्यहरुसंग ब्रिफिंग लिएको मात्र बताउनुभयो, तर ब्रिफिंगका वारेमा भने केही बताउन चाहनु भएन । बैठकमा केही समय अघि माधव नेपालले राजीनामा दिनुपर्ने विषयमा भएको मत विभाजनका वारेमा पनि छलफल भएको थियो ।
अमेरिकी नागरिक हराइन ट्रेकिङ्गको क्रममा
२३ बर्षिय अमेरिकी नागरिक अब्रे क्यारोलिन साको ट्रेकिङ्गको क्रममा रसुवा जिल्लाको स्यापु्रबेशीबाट गत १ महिनादेखि हराईरहेकी छन् । अप्रिल २० तारिखमा काठमाडौंबाट स्यापु्रबेशी पुगेकी क्यारोलिन साको २२ तारिखमा लामा होटलमा खाना अडर गरेको जानकारीमा आएको भएपनि त्यसपछि कतै सम्पर्कमा नआएको उनको परिवारिक स्रोत सहित नेपाल ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपालले जानकारी गराएको छ । क्यारोलिन साकोका बाबु पाउल साको र दाजु क्रोफ्टन साको गत दुई हप्तादेखि खोजिको पहलमा लागिरहेका छन् । नेपाल पर्यटन बोर्ड, रसुवा प्रहरी कार्यालय, स्थानीय बासिन्दा लगायतको सहयोगमा खोजिकार्य तीब्र पारिएको छ । पर्यटन बोर्डको सहयोगमा हेलिकप्टरबाट समेत तीन घण्टा सम्भावित क्षेत्रमा खोजिकार्य गरिसकिएको टानले जनाएको छ । छोरीलाई सकुसल भेटिने आशमा रहेका क्यारोलिनका बाबु पाउल साकोले सबै पक्षलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।हराईरहेकी क्यारोलिनलाई भेट्ने जोकोहि व्यक्तिलाई १ लाख रुपैंया ईनाम दिईने आईतबार आयोजित एक पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । ट्रेकिङका लागि एक्लै हिडेकी क्यारोलिनका बारेमा जानकारी दिने दोस्रो कोहि व्यक्ति नहुँदा अवस्था अज्ञात बनेको टानले जनाएको छ । ट्रेकिङका लागि एक्लै जाने अनुमति नदिन पनि टानले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।।
१२ घण्टाको लोडसेडिङमा कटौती
दैनिक १२ घण्टाको लोडसेडिङ भोगिरहेका जनताले आजदेखि ३३ घण्टागरी जम्मा ६ घण्टाको लोडसेडिङ खेप्नुपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले घरायसी प्रयोजनमा दैनिक ६ घण्टा र औद्योगिक क्षेत्रको लागि दैनिक ८ घण्टा लोडसेडिङ कायम भएको जनाएको छ । नदीमा पानीको प्रवाहमा सामान्य बृद्धि भएपछि पानी बग्ने नदिबाट दैनिक ३ सय ८० मेगावाट विद्युत उत्पादन भईरहेको प्राधिकरणले जनाएको छ । दैनिक ८ सय २० मेगावाट विद्युतको माग भएपनि हाल ६ सय मेगावाट मात्र विद्युत प्रयोगमा ल्याउन सम्भव भएको प्राधिकरणले जनाएको छ । भारतबाट आयात गरिएको ९० मेगावाट साँझको समयमा डिजेलबाट चलाईने २० मेगावाट र थर्मलल्पान्टबाट २० मेगावाट गरि कूल ६०० मेगावाट विद्युत आपुर्ति भईरहेको छ । यसले अपुग भएको समयमा लोडसेडिङ कायमै गर्नुपरेको विद्युत प्राधिकरण भार प्रेषण माहाशाखाका प्रमुख शेरसिंह भाटले जानकारी दिनुभयो ।
Sunday, May 30, 2010
टाउको काटिएको शव फेला
महोत्तरीको हरिपुर हरिण मरिनमा टाउको काटिएको अवश्थामा एक शव फेला परेको छ । हरिण मरिन अज गेवास्थित जिवछि खोलामा भेटिएको शव पुरुषको रहेको र उमेर खुल्न नसकेको प्रहरीले जनाएको छ । दुई तीन दिन पहिले हत्या गरेर शव खोलामा फालिदिएको हुन सक्ने प्रहरीले बताएको छ । मृतकको सनाखत हुन सकेको छैन ।।
Subscribe to:
Posts (Atom)




