Friday, May 28, 2010
DUTCH NATIONAL TEAM
नेदरल्याण्डले आगामि जुन ११ बाट दक्षिण अफ्रिकामा सुरु हुने बिश्वकप फुटबल प्रतियोगिता २०१० का लागि २३ सदस्सीय राष्ट्रिय टिमको घोषणा गरेको छ । घोषित टोलिमा गोल रक्षकको जिम्मेवारी एफसी ट्वाईन्टेले पाएका छन् भने डिफेन्सको जिम्मेवारी स्टुटगार्डका खालिड बउलार–उज, एडसन ब्राफेईड, र जोन हेईटिङगालले सम्हाल्ने छन् । यस्तै मिड फिल्डमा ईब्राहिम अफेले, नाईजेल जोङ, र डेमि ज्यू रहने छन् भने आक्रमणको जिम्मेवारी अर्जेन रोबेन, रोभिन भान पर्से, र रियन बाबेलले सम्हाल्ने छन् । डच टोलिमा चोटका कारण भुर्नुन् अनिता, रोन भ्लेयर, जर्मेन लेन्स र ओल्याण्डो इङजेलरले भने स्थान बनाउन असफल भएका छन् । समुह ईमा रहेको नेदरल्याण्डले आगामि जुन १४ मा बिश्वकप फुटबल २०१० को आफ्नो पहिलो खेलमा डेनमार्कको सामना गर्नेछ । समुह चरणको अन्य खेलमा डच टिमले एसियन राष्ट्र जापान र क्यामेरुनको पनि सामना गर्ने छ ।
संविधान सभा भवन बाहिर धर्ना
संविधान सभाको म्याद थप्ने विषयमा दलहरु सहमतीमा नपुगेको वेला संविधान सभाको अन्तिम दिन आज जेठ १४ गते सविधान सभा भवन बाहिर विभिन्न संघ संस्थाहरुले धर्ना दिइरहेका छन । अझै पनि दलहरु सहमतिमा आइ संविधान सभाको म्याद थप गरि नयाँ संविधान जारी गर्नु पर्ने माग राख्दै आज संबिधान सभा भवन बाहिर इलामेली विद्यार्थी मञ्चले चित्रकला प्रदशनी आयोजना गरेको हो । नेपाल जनजाती महासंधले गत ११ गते देखि संबिधान सभाको बिधटन नगर भन्दै गरेको धर्ना आज पनि जारी रहयो । त्यसै गरि संविधान सभाका सवै भन्दा कान्छा सभासद अभिसेख प्रताप शाहले पनि म्याद थप गर्न माग राख्दै आमरण अनसनमा बसीरहेका छन ।
Thursday, May 27, 2010
एकीकृत नेकपा माओवादीको बैठकद्धारा संविधानसभाको म्याद नथप्ने निर्णय
माओवादीको स्थायी समितिको बैठकले यथास्थितिमा संविधानसभाको म्याद नथप्ने निर्णय गरेको छ । आज माओवादी मुख्यालय पेरिस डाँडाँमा बसको बैठकले वर्तमान माधव नेपालको सरकारले राजीनामा नदिदाँसम्म र सहमतिको वातावरण नवन्दासम्म कुनै पनि हालतमा संविधानसभाको म्याद नथप्ने निर्णय गरेको पार्टी प्रबक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । तर सहमतिको प्रयासलाई भने जारी राख्ने प्रबक्ता शर्माले बताउनुभयो । आज र भोलीमा सहमति कायम हुन नसकि संविधानसभाको विघटन भएमा त्यसको जिम्मा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षको पदमा बसेका पार्टीहरुले लिनुपर्ने पनि प्रबक्ता शर्माको भनाई थियो ।
संविधानसभाको म्याद नथपिने वैध
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरणले कांग्रेस र एमाले आफ्नो हठमा रहिरहे संविधानसभाको म्याद नथपिने ठोकुवा गर्नुभएको छ । उहाँले संविधानसभाको म्याद नथपिएमा कुनै उथल पुथल नहुने पनि बताउनुभयो । आठौं ईच्छुक स्मृती दिवसको अवसरमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष वैद्यले संविधानसभाको म्याद थप्न माओवादीलाई बाध्य पारेर अन्य दलले झुकाउने प्रयास गरेको भन्दै माओवादी कुनैपनि हालतमा नझुक्ने जिकिर गर्नुभयो ।संविधानसभा विघटन भएमा त्यसको जिम्मा कांग्रेस र एमालेको हुने उहाँले भनाई थियोे । संविधानसभा विघटन भएमा जनजिविका र जनतन्त्रको समस्या समाधान गर्न वर्तमान सरकारले नसक्ने भन्दै उहाँले त्यसपछिको अवस्थामा आन्दोलनको ज्वाला दन्किने ठोकुवा गर्नुभयो ।शान्ति र संविधानप्रति माओवादी प्रतिबद्ध रहेको जिकिर गर्दै उपाध्यक्ष वैद्यले जेठ १५ पछि माओवादीले शान्तिपूर्ण आन्दोलन मार्फत क्रान्तिलाई अगाडि वढाउने समेत बताउनुभयो । सो अवसरमा कृष्णसेन स्रष्टा पुरस्कारवाट वरिष्ठ पत्रकार शक्ति लम्साल र कृष्णसेन कला पुरस्कारवाट कलाकार विना शर्मालाई पुरस्कृत गरिएको थियो ।
Wednesday, May 26, 2010
वेपत्ता डाक्टरको रिहाइको माग
एक सातादेखि बेपत्ता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डक्टर भक्तमान श्रेष्ठको अवस्था तत्काल सार्वजनिक गर्न चौतर्फी दवाव बढेको छ । बिभिन्न पेशागत संघ संगठनहरुको पहलमा चितवनमान आज दबाब याली निकालियो भने चितवनमा आज सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएका छन् । हिजो बिभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरुले भरतपुरका बिभिन्न स्थानमा १ घण्टा चक्काजाम गरेका थिए । यसैवीच एकीकृत नेकपा माओवादीले डाक्टर श्रेष्ठको अवस्था तत्काल सार्वजनिक गरि अपहरणमा संलग्न दोषीलाइ तत्काल कारवाही गर्न माग गरेको छ । केन्द्रिय समितिको बैठक पछि प्रवक्ता दिनानाथ शर्माले डक्टर श्रेष्ठको जीवन रक्षाको माग गर्नुभएको हो । यसैवीच नेपाल चिकित्सक संघको अगुवाइमा काठमाण्डौंबाट चितवन गएको टोली आज काठमाण्डौं फर्किएको छ । चितवनबाट फर्किएपछि नेपाल चिकित्सक संघका अध्यक्ष डक्टर केदारनरसिंह केसीले डाक्टर श्रेष्ठको स्थिति तत्काल सार्वजनिक गरि यथासक्य रिहा गर्न माग गर्नुभएको छ ।
Subscribe to:
Posts (Atom)




