Wednesday, May 26, 2010

वेपत्ता डाक्टरको रिहाइको माग


 एक सातादेखि बेपत्ता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डक्टर भक्तमान श्रेष्ठको अवस्था तत्काल सार्वजनिक गर्न चौतर्फी दवाव बढेको बिभिन्न पेशागत संघ संगठनहरुको पहलमा चितवनमान आज दबाब याली निकालियो भने चितवनमा आज सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएका छन् हिजो बिभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरुले भरतपुरका बिभिन्न स्थानमा घण्टा चक्काजाम गरेका थिए यसैवीच एकीकृत नेकपा माओवादीले डाक्टर श्रेष्ठको अवस्था तत्काल सार्वजनिक गरि अपहरणमा संलग्न दोषीलाइ तत्काल कारवाही गर्न माग गरेको केन्द्रिय समितिको बैठक पछि प्रवक्ता दिनानाथ शर्माले डक्टर श्रेष्ठको जीवन रक्षाको माग गर्नुभएको हो यसैवीच नेपाल चिकित्सक संघको अगुवाइमा काठमाण्डौंबाट चितवन गएको टोली आज काठमाण्डौं फर्किएको चितवनबाट फर्किएपछि नेपाल चिकित्सक संघका अध्यक्ष डक्टर केदारनरसिंह केसीले डाक्टर श्रेष्ठको स्थिति तत्काल सार्वजनिक गरि यथासक्य रिहा गर्न माग गर्नुभएको

बेगनासमा डुंगा दुर्घटना

कास्कीको बेगनास तालमा गएराति एउटा डुङ्गा डुब्दा २ जना वेपत्ता भएका छन् । लेखनाथ नगरपालिका वडा नम्बर १० का ४२ वर्षीय रामबहादुर थापा र वीरबहादुर क्षेत्री वेपत्ता भएको प्रहरीले जनाएको छ । वेपत्ताहरुको खोजी भैरहेको डाँडाको नाक प्रहरी चौकीमा प्रमुख महेन्द्र खड्काले जानकारी दिनु भएको छ । सो डुङ्गामा रहेका प्रकाश तिवारी र मनबहादुर नेपाली भने पौडिए बाँच्न सफल भएका छन् । रातको समयमा बेगनास तालको मन्दरे पार्कबाट माझीकुना घरतर्फ जादै गर्दा तालको बीचमा डुङ्गा डुबेको थियो । तालको बीचमा पुग्दा ढुङ्गामा अचानक पानी छिरे डुबेको थियो ।

Tuesday, May 25, 2010

हतियार सहित पक्राउ


जयकृष्ण गोईत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाका एक कर्याकर्तालाई प्रहरीले सप्तरीमा हतियारसहित पक्राउ गरेको प्रहरी निरीक्षक भुवनेश्वर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले मोर्चाका कार्यकर्ता रामप्रकाश यादवलाई सप्तरीको पकरीबाट पक्राउ गरेको हो प्रहरीले उनको साथवाट एक थान पेस्तोल, त्यसमा लाग्ने गोली १२ राउण्ड म्याग्जीन थान वरामद गरेको

राष्ट्रियता खतरामा परेकोले आन्दोलन जरुरी मातृका यादव

पूनर्गठित नेकपा माओबादी पार्टीका संयोजक मातृका यादबले अहिले मुलुकको स्वाभिमान र राष्ट्रियता दुबै खतरामा परेकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रन सवैलाई आग्रह गर्नुभएको छ । रिपोटर्स क्लव पर्साले बीरगंजमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा संयोजक यादबले क्रान्तिकारीहरुको संयुक्त सरकार नवनेसम्म राष्ट्रियता खतरामा पर्ने भएकाले त्यसका लागि नेपाली जनताले सधैं खवरदारी गर्नुपर्ने वताउनुभयो ।संयोजक यादबले अहिले मुलुकमा हिन्दुत्वको नाममा प्रतिगामी तत्वहरु सलवलाई रहेकाले त्यस्ता अदृश्य शक्तिहरुलाई नेपालमा हिन्दुत्वको नाममा चलखेल नगर्न चेतावनी दिनुभयो । एउटा देश कुनै एउटा धर्म विशेषको मात्र हुन नसक्ने उल्लेख गर्दै संयोजक यादवले सबै धर्मको अस्तित्वलाई स्वीकार्ने देशलाई मात्र गणतन्त्रिक देश भन्न सकिने वताउनुभयो ।

सरकार परिर्वतन नहुने अजुर्ननरसिहं केसी


 
नेपाली काँग्रेसका प्रवक्ता अजुर्ननरसिह केसीले वर्तमान शून्यताको परिस्थितिमा सरकार परिर्वतन नहुने बताउनु भएको नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता केसीले माओवादी नागरिक पार्टीमा रुपान्तरण हुने प्रतिबद्धता व्यतm नगरेसम्म सरकारले राजीनामा नदिने वताउनुभयो लोकतान्त्रिक पद्दतिमा कुनै पनि पार्टीको अर्ध सैनिक संरचना, जग्गा जमिन कब्जा गर्न नपाउने  भएकाले माओवादीले जनताका हक अधिकारलाई बन्धकमा राखेर राजनीति गरेको प्रवक्ता केसीले आरोप लगाउनु भयो सविधानसभाकोे म्याद नथपे सबैभन्दा बढी घातक माओवादीलाई हुने उल्लेख गर्दै प्रवक्ता केसीले माओवादीलाई घुर्की धम्कीको भाषा नबोल्न आग्रह गर्नु भयो