Saturday, March 6, 2010

छ बुदे मागसहित आन्दोलित नेपाल ब्राहृमण समाज

पोखरा, २१ फागुन
विभिन्न बुदे मागसहित आन्दोलित नेपाल ब्राहृमण समाजले आज देशभरका सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको ।पोखरामा पनि नाराबाजीसहित निस्किएको जुलुसले जिल्ला प्रशासन कार्यालय, कास्कीमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी देवराज ढकाललाई मध्यान्ह ज्ञापनपत्र बुझायो ।कार्यक्रममा ब्राम्हमण समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद पौडेल ज्ञापनपत्रमा उल्लेखित मागहरु प्रस्तुत गर्ने क्रममा एक्कासी अशक्त भएपछि बाँकी बुँदाहरु सचिव भेषराज लम्सालले वाचन गर्नुभएको थियो ।समाजले ब्राम्हण जातिलाई अन्य होइन नेपालको प्रमुख जातिमा सूचीकृत गरिनुपर्ने, आरक्षण जातीय आधारमा नभै वर्गीय आधारमा गरिनुपर्ने, आदिवासी जनजातिका सम्बन्धमा मनपरी परिभाषा गरिन नहुने, जसको राज्य उसको नेतृत्व भन्ने धारणा अन्त्य गरिनुपर्ने लगायतका माग प्रमुखताका साथ उठाएको ।ज्ञापन पत्र बुझाउनुअघि पोखराको सिर्जनाचोकबाट निस्किएको जुलुस रत्नचोकहुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय पुगेको थियो सबै नेपाली दाजुभाइ, चाहिएको नेपाललाई, देश साझा घर हो, अंशवण्डा नगर, नयाँ नेपाल बनाऔं लगायतका नाराबाजी गरेका थिए ।ब्राहृमण जाति १०१ जातिमध्ये सबैभन्दा पुरानो जाति हो

उप्रधानमन्त्री गच्छदारले समयमा संविधान निर्माण नभए तिन ठूला दलका नेताले जिम्मेवारी


पोखरा,२१, फागुन
 उप्रधानमन्त्री गच्छदारले निर्धारित समयमा संविधान निर्माण नभए तिन ठूला दलका नेताले जिम्मेवारी लिनुपर्ने बताउनु भएको ।नेपाल निर्माण ब्यवसायी संघ कास्कीको १७ साधारण सभाको आज पोखरामा उद्घाटन गदै उपंप्रधानमन्त्री विजय कुमार गच्छदारले जेठ १४ गते संविधान निर्माण हुन नसके गिरीजा प्रसाद कोइराला, झलनाथ खनाल प्रचण्ड जिम्मेवार हुनु पर्ने बताउनु भएको हो निर्धारित समयमा संविधान निर्माण नभए माधव नेपाल विजय कुमार गच्छदारको कुनै दोस हुदैन त्यसको जिम्म काँग्रेस, एमाले माओबादीका नेताले लिनुपर्छ उहाले भन्नुभयो ।संविधान निर्माण गर्न अव धेरै दिन छैन उहाँले भन्नुभयो-दलहरु संविधान निर्माणमा दत्तचित्त भएर लाग्नुपर्छ ।मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहनु भएका गच्छदारले दलहरु सत्ताको लुछाचुडिमा भन्दा संविधान निर्माणमा जुटन आग्रह गर्नुधभयो ठूला पार्टीका नेताहरु पार्टीले स्वार्थभन्दा माथि उठनुपर्छ सत्ताको लागि छिनाझम्टी गर्ने बेला हैन संविधान निर्माण गरेर माओबादी लडाकुको ब्यवस्थापन गदै दिगो शान्ति स्थापना गर्न सके कोइराला, खनाल प्रचण्डको नेपाली जनताले जय जयकार गर्छन गच्छदारको भनाई थियो ।नेपाली जनताले चाहेको जस्तो संविधान ल्याइदिए जनताको घरघरमा तिन नेताको फोटो एउटै बनाएर राख्ने बताउनुभयो उपप्रधानमन्त्री गच्छदारले माधव नेपाल नेतृत्वको सरकार कुनै पनि हालतमा नढल्ने दावी गदै २२ दलको र्समर्थन लामो अनुभव संगालेका माधव नेपाल नेतृत्वको सरकार त्यसै हटछ उहाँले भन्नुभयो उहाँले एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्डलाई सत्तामोह त्यागेर संविधान निर्माण जुटन आग्रह गर्नूभयो देश कुनै पार्टी ब्यक्तिको हैन तर्राईलाई उपेक्षित गरे राजधानी काठमाडौको ढोक बन्द गनै चेतावनी दिनुभयो उप्रधानमन्त्री गच्छदार भन्नुभयो- तर्राई मधेशलाई उपेक्षा गरे तर्राई बन्द गछौ मधेशबादी दललाई माइनस गरेर देश चलाउन खोजे देश टुक्रिने चेतावनी दिदै सरकार परिवर्तन सजिलो नभएको जिकीर गर्नूभयो प्रचण्ड प्रधानमन्त्रि भएमात्र संविधान बन्छ भन्नु माओबादी बखेडा हो, माधव नेपालको टाउको काटेर प्रचण्डले जोड भन्नु गिरीजा, झलनाथले काटेर जोडन खोज्दैमा हुन्छ भौतिक निर्माण तथा योजना मन्त्री समेत रहनु भएका गच्छदारले विकासमा राजनीति हैन विकासका लागि राजनीति गर्न दलका नेताहरुलाई आग्रह गर्नुभयो ।पर्यटन वर्ष२०११ लाई सफल पार्न दलहरु बाट बन्द,हडताल नगर्ने प्रतिद्धता गरेका छन त्यो सकरात्मक भएको भन्दै यो अझै अगाडि आउनुपर्ने बताउनु भयो

Thursday, March 4, 2010

राष्ट्रिय सरकार निर्माण नभए देश ठुलो द्धन्द्धमा फस्छ


पोखरा,१९ फागुन
एकिकृत नेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भटटर्राईले रेडियो गण्डकी ९०.२ मेगा हर्ज पोखराको दोस्रो वाषिर्कोत्सवको अवसरमा बोल्दै उहाले राष्ट्रिय सरकार नबने संविधान निर्माण र शान्ति प्रक्रिया तार्किक निष्कर्षा नपुग्ने दावी गदै डा भटटर्राईले भन्नुभयो-” राष्ट्रिय सरकार निर्माण नभए देश ठुलो द्धन्द्धमा फस्छ ।”नेता भटटर्राईले दलहरु पुरानै ढङगले कुर्ची हत्याउने प्रवत्ति र राष्ट्रको ढुकुटी मा हालीमुहाली गर्नै दाउमा लाग्ने हो भने संविधान पनि नवन्ने र शान्ति प्रक्रिया पुरा हुने चेतावनी दिनुभयो ।उहाँले मंगलबार शिर्ष नेतृव संगको बैठकबाट निकास निष्कनेमा उत्साही नभएको बताउदै “दलगत मात्रै नभई गुटगत स्वाथमा हावी भएको पाएको भन्दै यस्तै अवस्था भए देश ठूलो दुर्घटना तर्फजाने निश्चित छ । नेता भटटर्राईले सवै पार्टीभित्रका देशभक्त र अग्रगामी विचारहरु विचको एकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो-देशभक्त र अग्रगामी विचार विच एकता भए संकटलाई पार लगाउदै सयममै संविधान निर्माण हुने विश्वास ब्यक्त गनूभयो । परानै मान्छेले नयाँ टोपी लगाएर रजाई गर्ने हो भने नयाँ नेपाल बन्न नसक्ने बताउदै नेता भटटर्राईले अहिले द्धन्द्ध अगाडि जाने कि पछाडि जाने भन्नेकहरुका विच भएको स्पष्ट पार्नुभयो । । सञ्चारक्षेत्रमा ठूला घरानियाले लगानि गरेका कारण प्रेस जगत आफनै खुटटामा उभिन नसक्दा स्वतन्त्र हुन नसकेको बताउनुभयो ।स.ञ्चार क्षेत्रमा ब्यत्तिलगत लागनीमा नभई सहकारी मुलक लागनीमा सञ्चारमाध्यम संचालन गर्नुपर्ने खाचो औल्याउदै ब्यक्तिको लगानि हुदाँ निहित स्वार्थमा प्रयोग भएको उल्लेख गर्नुभयो ।

पोखरामा हत्याको बिरोध

पोखरा,१९ फागुन
जनकपुरस्थित रेडियो टुडे एवं जनकपुर टुडेका संञ्चालक अरुण सिँहानियाको हत्याको बिरोधमा नेपाल पत्रकार महासंघ कास्कीले आज पोखरामा बिरोध प्रदर्शन गरिएको ।महासंघ कार्यालय बास्तोलाथरबाट सुरु भएको र्याली न्यूरोड, चिप्लेढुङ्गा हुँदै भिमसेनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो र्यालीमा सहभागिहरुले पत्रकारलाई वाँच्न लेख्न देउ, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, पत्रकारका हत्यारालाई कारवाही गर लगायतका नारा लगाएका थिए र्यालीपछि भिमसेनचोकमा दश मिनेट चक्काजाम समेत गरिएको थियो पत्रकारहरु सचार उर्द्यर्मीहरु माथि आक्रमणका क्रम बढेको भन्दै सुरक्षाको ग्यारेन्टी गर्न माग पत्रकार महासंघ कास्कीका अध्क्षय नारायण कार्कीले पत्रकारमाथिका आक्रमण तुरुन्त बन्दगरी निर्वाध रुपमा काम गर्ने बातावरण सृजाना गर्न आग्रह गदै हत्यारालाई कानुनी कावाहीको दायारमा ल्याउन सरकारसंग आग्रह गर्नुभयो कार्यक्रममा शान्तिका लागी नागरिक समाजको सञ्जाल कास्कीले पत्रकार महासंघको आन्दोलन प्रति एकेवद्धता जानएउदै संजालका संयोजक रामप्रसाद घिमिरेले सचारमाथिको आक्रमणले लोकतन्त्र कमजोर भएको बताउनुभयो

Wednesday, March 3, 2010

Hero Honda Xchange offer

                                     
                           Date:2066-11-18 to 21 only