महिला पक्राउ
मेरो घरमा डेरा गरी वस्ने वर्ष अन्दाजी ३५।३७ की विनिता शर्माले गाली गलौज र झगडा गरेको ले शान्ती सुरक्षा गरी पाउं भनि पोखरा मुस्ताङ चोक वस्ने वर्ष अन्दाजी ६५।७० की माया गूरुङले व.प्र.का. वैदाममा निवेदन दिएकोले व.प्र.का. वैदामको टोली ले निजको घरमा गई विनिता शर्मालाई मौखीक रुपमा ७ दिन भित्र घर छाड्न अनुरोध गरेको सो को ७ दिन पश्चात पनि घर नछाडेकोले पुन लिखित प्रतिवद्धता गराउनका लागि निज विनिता शर्मालाई व.प्र.का. वैदाममा वोलाई लिखित गराउन खोज्दा प्रहरीलाई समेत अभद्र व्यवाहार गरी व.प्र.का. वैदाम वाट निक्ली गएकी त्यस पश्चात पनि घर नछाडेकोले घरवेटी माया गुरुङ ले जिल्ला प्रशासन कार्यालयमा शान्ती सुरक्षा गराई पाउं भन्ने व्यहोराको निवेदन दिएको र उक्त निवेदन कार्यान्वयन गर्न हुन भनी मिति २०६७।९।१२ गते व.प्र.का. वैदाममा आए पश्चात विनिता शर्मा लाई घर छाड्न भनि जानकारी गराउन मिति २०६७।९।१३ गते व.प्र.का. वैदामको टोली खटि गएको र खटि जाने प्रहरी माथी निजले दुव्र्यावाहार, गाली गलौज तथा हातपात समेत गरेकोले निजलाई आवश्यक वल प्रयोग गरी पक्राउ गरी हाल निजलाई केही सार्वजनिक अपराध ऐन अनुसार आवश्यक अनुसन्धान भईरहेको छ ।





