Showing posts with label okhaldhunga. Show all posts
Showing posts with label okhaldhunga. Show all posts

Tuesday, May 11, 2010

नाकाबन्दीका कारण जनजीवन प्रभावित



आफ्ना कार्यकर्ता कुटिएको विरोध गर्दै एकीकृत माओवादीले गरेको अनिश्चितकालीन ओखलढुंगा नाकावन्दीका कारण ओखलढुंगाको जनजीवन प्रभावित भएको छ । शान्ति र संविधानको माग गर्दै एकीकृत माओवादीले गरेको आमहड्ताललाई अवज्ञा गरी स्थानीय बजारबासी र एमाले निकट युथफोर्सले वैशाख २५ गते आफ्ना ११ जना कार्यकर्तालाई कुटपिट गरेको विरोधमा माओवादीले ओखलढुंगा नाकावन्दी गरेको हो । माओवादीले कुटिएका कार्यकर्ताको उपचार र दोषीलाई कारवाहीको माग गर्दै आइतबारदेखि सदरमुकाममा नाकावन्दी गरेपछि बजारवासीहरु मारमा परेका हुन् । माओवादीले सदरमुकामलाई केन्द्रित गरी विभिन्न सडकमा रुख ढालेर सवारीसाधन प्रवेश गर्न दिएका छैनन् । यातायातका साधन नचल्दा सदरमुकाम तथा ग्रामीण भेगमा दैनिक उपभोग्य समाग्रीको अभाव हुँदै गएको छ ।।