Showing posts with label international. Show all posts
Showing posts with label international. Show all posts

Monday, July 2, 2018

इक्यान कास्की र ब्रिटिश काउन्सिलको आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ-IELTS Teacher Training Program-Pokhara Nepal



पोखरा, १८ असार 
 नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्की तथा ब्रिटिश काउन्सिलको संयुक्त आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ सम्पन्न भएको छ । पोखरामा ३ दिनसम्म सञ्चालित तालिममा इक्यान कास्कीका सदस्य संस्थामा आइएलटिएस अध्यापन गराइरहेका १६ जना प्रशिक्षकलाई ब्रिटिश काउन्सिलका तर्फबाट प्रेम थापाले तालिम प्रदान गरेका हुन् ।
समापन कार्यक्रममा सहभागी मध्यका एक टंक प्रसाद बरालले तालिमले आफूहरुको निम्ती एउटा कोशेढुंगा साबित भएको बताए । तालिमको समापन समारोहमा उपस्थित भएका ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर जिम ओ निलले सहभागीलाई प्रमाण पत्र हस्तान्तरण गर्दै ब्रिटिश काउन्सिलले इक्यान कास्कीसँग संधै हातेमालो गर्दै अगाडि बढ्ने बताए ।
इक्यान कास्की अध्यक्ष मीलन तिवारीले आफ्ना सदस्यहरुको क्षमता र दक्षता अभिवृद्धि गर्ने हेतुले यस्ता खाले तालिमहरु आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि थप तालिमहरुको आयोजना गर्दै लैजाने प्रतिबद्धता जाहेर गरे । तालिम इक्यान कास्कीका कोषाध्यक्ष एवं तालिम बिभाग संयोजक रुद्र अर्यालको संयोजकत्वमा भएको थियो । सचिव भुवन क्षेत्रीले तालिमको सञ्चालन तथा सहजीकरण गरेका थिए ।

Friday, June 1, 2018

कास्कीमा मृत अवस्थामा फेला -Pokhara News

पोखरा जेष्ठ १८
 अंन्दाजी ११:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं.२३ पामे घर भई हाल रामघाट स्थित डेरा गरी बस्ने वर्ष २४ की सुनिता क्षेत्री डेरा कोठाको बरण्डामा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटिई गई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

सूचनाको हक सन्बन्धी प्रशिक्षण सम्पन्न -National news Pokhara


४ नं प्रदेश प्रहरी कार्यालय पोखरामा आज जेष्ठ १८ गते सूचनाको हक सम्बन्धि एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आम नागरीकको सुसूचित हुन पाउने हकलाई संरक्षण र प्रचलन गराउने उद्श्यले प्रहरी कर्मचारीहरुलाई पनि उक्त प्रशिक्षण प्रदान गरिएको हो ।
प्रशिक्षणमा सूचनाको हक सम्बन्धी ऐन २०६४ प्रस्तावना, सूचनाको हक कार्यान्वयनमा सार्वजानिक निकायको भुमिका र दायित्व साथै सूचना प्रवाह गर्ननपर्ने विषयहरु र संरक्षण गर्नुपर्ने सूचना लगायतका विषयमा प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्याल, प्रहरी नायव उपरीक्षहरु, प्रहरी निरीक्षकहरु लगयात अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा ४ न। प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्याम कुमार महतोले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

Thursday, May 31, 2018

म्याग्दीमा सवारी दुर्घटना-Accident in Myagdi

मिति २०७५/०२/१७ गते अंन्दाजी ०९:०० बजेको समयमा जिल्ला म्याग्दी  मालिका गाउँपालिका वडा नं ५फेदी स्थित ताकमबाट दरबाङतर्फ आउदै गरेको ध १त-३४६ नं को खालि ट्याक्टर कच्ची सड्मा अनियन्त्रित भई सड्क देखी अंन्दाजी २५/२६मिटर तल खस्न जाँदा सोही ट्याक्टरको चालक वर्ष अन्दाजी २५को सुनिल चौधरी घाईते भई उपचारको लागी प्रथामिक स्वाथ्य केन्द्र दरबाङमा सामान्य उपचार पस्चात थप उपचारको लागी जिल्ला अस्पताल म्याग्दी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त स्थानमा प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्दान गरिरहेको छ ।

Man electrocuted in Nawalparasi

नवलपरासीमा करेण्ट लागी घाईते(बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका ११ धारापानि चोक स्थित रहेको बिजुलिको पोलमा बिजुलि मर्मत गर्न क्रममा अचानक करेण्ट लाग्दा देवचुलि नगरपालिका ६ बस्ने वर्ष ४८को बम बहादुर के।सि। उक्त पोलबाट खस्न गई घाईते भएकाले उपचारको लागी  पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ । घटनाका विषयमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीखटिगई  थप अनुसन्धान गरिरहेको छ ।

Tuesday, May 29, 2018

तनहुँमा सवारी दुर्घटना ३ जना घाईते-Road Accident Nepal

पोखरा १५ गते
 अन्दाजी १०:५५ बजेको समयमा तनहुँको शुक्लागण्डकी नगरपालिका ९ भण्डारीकुना स्थित भित्री कच्ची सडक खण्डमा दुलेगौंडाबाट मान्द्रेतर्फ जाँदै गरेको ग १३ प ६२२५ नं.को मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको ना ५४ प ६८३३ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुवै चालक सहित १ जना पछाडी सवार गरी ३ जना घाईते भएका छन । घाईते मध्य ना ५४प ६८३३ नं.को मोटरसाईकलका चालक तनहुँको शुक्ला गण्डकी नगरपालिका १२ प्यूरी दोभान बस्ने वर्ष २१को राजेश गुरुङलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरा रिफर गरीएको छ । 

११ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न

११ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न 

११ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न 
११ औं गणतन्त्र दिवसको अवसरमा प्रदेश नं. ४ को पोखरामा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । प्रदेश नं.४ का प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायत अन्य विशिष्ट व्यक्तित्वहरुले पोखराको सहिद चोक स्थित सहिद स्मृती पार्कमा रहेको सहिदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरी शहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
त्यसैक्रममा ११ औ गणतन्त्र दिवसको अवसरमा आज ४ न. प्रदेश प्रहरी कार्यालय पोखराको पसीरसरमा वृक्षारोपण समेत गरीएको छ । ४ न. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान सिङ बोहरा र संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख  प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थितिमा उक्त वृक्षारोपण सम्पन्न गरीएको हो ।

Tuesday, May 22, 2018

सामाजिक कार्यमा फेसबुक ग्रुप,ब्लड क्यान्सर पीडितलाई पोखरामा सहयोग अभियान सुरु-News-Pokhara


७ जेठ,पोखरा
अनुप पौडेल,

पछिल्लो केही समयबाट सामाजिक कार्यमा क्रियाशिल फेसबुक ग्रुप वि आर फ्रेण्डस (We Are Friends)ले ब्लड क्यान्सरबाट पीडित भएका बालकका लागि आर्थिक सङकलन अभियान सुरु गरेको छ ।पर्वतको कुस्मा नगरपालिका(१४ आर्थरका १४ बर्शिय अर्जुन गौतमका लागि सोमबारबाट पोखरामा आर्थिक सङकलन अभियान सुरु गरिएको वि आर फ्रेण्डसका एडमिन अमुल्य अधिकारीले बताए ।
अर्जुन बचाउ अभियानको पहिलो दिन सोमबार पृथ्वीनारायण क्याम्पस हुँदै ट्याक्सी चोक वरिपरि गरेर ९,४५० रुपैया सङकलन भएको अधिकारिले बताए ।ब्लड क्यान्सरबाट पीडित १४ बर्शिय अर्जुन गौतम भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेका छ्न ।आउँदो एकहप्तासम्म उक्त अभियान पोखराका विभिन्न ठाउँमा संचालन गरिने छ ।सुकराज गौतम र खेमकुमारी गौतमका छोरा १४ बर्शिय अर्जुन गौतम बिश्वज्योति मा।वि को कक्षा ९ मा अध्यनरत छन ।

विरेठाँटी मा.वीका विद्यार्थीलाई छात्रवृत्ति वितारण-Education News



पोखरा ७ जेठ ।

कास्कीको अन्नपुर्ण गाँउपालीका वडानम्बर  ८ स्थित विरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितारण गरिएको छ । 

सोमबार एक कार्यक्रममा बिच विद्यालयका १ सय ३५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितारण गरिएको हो । जिल्ला शिक्षा कार्यालय कास्कीको सहयोगमा वितारण गरिएको माध्यमिक जेहेन्दार तर्फ ९ जना, दलित तर्फ ३५ जना छात्र र आधारभुत तह तर्फका ६० जना दलित छात्र र ४२ जना छात्राहरुलाई वितारण गरिएको हो । 

विद्यार्थीहरुले जेहेन्दार तर्फ नगद १७ सय, दलित छात्रले ५ सय र आधारभुत तर्फका दलित विद्यार्थी तथा छात्राले नगद ४ सय रुपैयाँका दरले नगद प्राप्त गरेका छन् । कार्यक्रममा चिन बहादुर पियारी गुरुङ प्रतिष्ठान र विरेठाँटी क्यानोनिङ्ग प्रालीले सयुक्त रुपमा करिव ५० हजार बराबरको स्टेशनरी सामान वितारण समेत गरेको छ । वितारण कार्यक्रममा बोल्दै चिन बहादुर पियारी गुरुङ प्रतिष्ठानका अध्यक्ष पुर्ण बहादुर गुरुङले विद्यालयका विद्यार्थीहरुका लागि प्रतिष्ठानले गर्दै आएको सहयोगमा वृद्धि गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो । 

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सल्लाहकार एवम लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले विद्यार्थीको भविष्य देश संग जोडिने भन्दै शिक्षा प्रदान गर्न कुनै कन्जुस्याइ गर्न नहुने जिकिर गर्नुभयो । उहाँले विद्यालयको स्तरउन्नतिका लागि आफुँले सक्दो सहयोग गर्ने समेत बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होसियार सिँह गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा अन्नपुर्ण गाँउपालीका ८ का वडाध्यक्ष विजय गुरुङले विद्यालयमा क्याम्पस संचालन गर्ने अभियानमा आफुँ रहेको भन्दै सबेको सहयोग आवश्यक रहेको औल्याउनुभयो । विद्यालयका प्रध्यानाध्यापक प्रेम बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहप्रध्यानाध्यापक एकराज पौडेलले संचालन गर्नुभएको थियो । 

Friday, May 18, 2018

संगम सहकारीको स्थापना दिवस-Sangam Cooperative-Pokhara-Nepal

पोखरा, ३ जेठ ।
संगम बचत तथा ऋण सहकारी संस्था लि.रामबजारले आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । २०६१ साल जेठ २ गते पहिलो भेला भई समिति गठन गरेको दिनको स्मरण गर्दै स्थापना दिवस मनाएको हो । 
पहिलो भेलाले गठन गरेको तदर्थ समितिका अध्यक्ष क्या.हरिकृष्ण कुँवर, सचिव बुद्धिमान थापा, कोषाध्यष मेघ बहादुर थापा तथा सदस्यहरु तिलक थापा र ललित बहादुर कुँवरलाई सम्मानपत्र, नगद, खादा, संस्थाको डायरी प्रदान गरिएको थियो भने पहिलो भेलामा उपस्थित सबैलाई प्रसंसा पत्र, खादा र डायरी प्रदान गरयो । 
यसैगरी स्थापनाकालका विशेष सहयोगी पूर्व अध्यक्ष स्व.योगबहादुर के.सी.लाई मरणोपरान्त सम्मान गर्दै वहाँका धर्मपत्नी लक्ष्मी केसीलाई सम्मानपत्र, नगद,खादा र डायरी प्रदान गरियो । यसैगरी तत्कालिन सहयोगी धन प्रसाद गुरुङ र भुपेन्द्र खड्कालाई पनि सम्मानपत्र, नगद र डायरी सहित सम्मान गरिएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि नेफ्कुनका संचालक भीम गुरुङले संगम सहकारीका हरेक कार्यक्रममा प्रसंसनीय भएको बताउँदै प्रोवेशनमा सहभागी भई सहकारीलाई स्तरीकरण गर्न लागेकोमा खुसी व्यक्त गरे । सहकारीले आफूलाई जाँच्ने उत्कृष्ट माध्यम नै प्रोवेशन भएकोले प्रोवेशनले जोखिम न्यूनिकरण गर्दै लैजाने बताए । 
यसैगरी विशेष अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकालले शरीर संचालनमा सबै अंगको भूमिका भए जस्तै सहकारी संचालनमा सबै सदस्यहरुको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए । 
संस्थाका अध्यक्ष निरज थापाले १५ वर्ष अगाडि जन्मदा पारिवारिक सहकारी भएर जन्मे पनि समय सँगसँगै सबैको मन जित्न सफल भई सामाजिक सहकारी भएको र संस्थामा हाल २२ सय बढी समय सदस्य र ३२ करोडको कारोवार गरिरहेको बताए ।
जिल्ला सहकारी संघ कास्कीका बरिष्ठ उपाध्यक्ष बलराम गौतम, संस्थाका यम बहादुर रानाभाट, गोविन्द बहादुर थापा, धन प्रसाद गुरुङ्ग, विष्णु कुमारी थापा लगायतले मन्तव्य राखेको उक्त कार्यक्रम सचिव धनराज पुरीको संचालन र निरज थापाको अध्यक्षतामा भएको थियो । 

वडास्तरीय सरसफाई तालिम एक कार्यक्रमका साथ सम्पन्न completed-training-program 2075


पोखरा, ३ जेठ 
आफ्नो घर आँगन आफै सफा गरौं फोहोरलाई मोहरमा परिणत गरौं भन्ने मूल नाराका साथ पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० ले टोल विकास संस्था र आमा समूहका पदाधिकारीहरुलाई १ दिने वडास्तरीय सरसफाई तालिम एक कार्यक्रमका साथ सम्पन्न गरेको छ । 
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको उक्त तालिमको पानसमा दीप प्रज्वलन गरी तालिमको उद्घाटन गर्नुहूँदै स्मार्ट सिटी वडा बनाउन सबै टोलका घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गरी स्वच्छ, सुन्दर, हराभरा वडा निर्माण गर्न सहयोग गर्नुपर्ने विचार राख्नुहुँदै आवश्यक परे टोल टोलमा तालिम दिने व्यवस्था मिलाउने बताउनुभयो ।
कार्यक्रममा हेरालो प्रतिष्ठान कास्कीको विशेष सहयोगमा आयोजित तालिममा वेष्ट मेनेजमेन्ट रिसाइकलिङ प्रालि पोखराको सहयोगमा सम्पन्न गरिएको उक्त तालिममा ६० वर्ष पहिले जापानको स्थिति र हालको लगायत पोखरामा हुने फोहोरको विषयमा प्रशिक्षक हेरालो प्रतिष्ठान कास्कीका निवर्तमान अध्यक्ष रोश गुरुङले बताउनुहुँदै फोहोरलाई मोहरमा परिणत गर्न घरघरमा फोहोर छुट्याउने व्यवस्था मिलाई ल्याण्डफिल साइडकोआयु बढाउन हामी सबै लाग्नुपर्ने बताउनुभयो । तालिममा टोल विकास संस्था र महिला समूहका गरी ८० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा हेरालो प्रतिष्ठान कास्कीका अध्यक्ष झम गुरुङ, पोखरा उद्योग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष इश्वर कर्माचार्य, वडा नं. १० का वडा सदस्य प्रतिमा विक पोखरेल, वडा सचिव महेन्द्र बहादुर खवास लगायतले आफ्नो विचार राख्नुहुँदै राम्रा कार्यको सबैले सराहना गर्नुपर्ने र वडाबासीले त्यस्ता काममा सहयोग गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा हेरालो प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष चित्र गुरुङ, वडा सामाजिक परिचालक टिकादेवी कँडेल कोइरालाको उपस्थिति रहेको उक्त तालिममा वडा सदस्य निशा मल्ल ठकुरीले स्वागत गर्नुभएको थियो ।
१ दिने तालिममा सभापति एवं वडा सदस्य सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १० मा सरसफाई अभियान संचालन गरी टोल टोललाई जागरण गराउने विचार राख्नुभएको थियो । तालिमको संचालन दिपक बहादुर थापाले संचालन गर्नुभएको थियो । 

Wednesday, May 16, 2018

पर्यटकीय नगरी पोखरामा जनता टेलिभिजनको ब्यूरो कार्यालय स्थापना-Janata Television Pokhara-Nepal



 ओम हमाल

पोखरा २ जेठ २०७३ ।

पर्यटकीय नगरी पोखरामा जनता टेलिभिजनको प्रदेश नं. ४ स्तरको ब्यूरो कार्यालय शुभारम्भ भएको छ । ब्यूरो कार्यालयको आज एक समारोहका बीच प्रदेश नं. ४ का आर्थिक तथा योजना मन्त्री किरण गुरुङले गर्नुभयो ।

जनता टेलिभिजिनको ब्यूरो कार्यालयको शुभारम्भ गर्दै प्रदेश मन्त्री किरण गुरुङले प्रदेश नं ४ लाई समृद्ध प्रदेश बनाउनका लागि आवश्यक सुझाव, सल्लाह र सहयोग गर्न सबैसँग आव्हान गर्नुभयो ।

प्रदेश नं. ४ लाई समृद्ध बनाउन पर्यटनको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री गुरुङले त्यसको पूर्वाधारहरु निर्माण गर्न प्रदेश सरकार लागि परेको जानकारी दिनुभयो । नेपाल राज्यको बिस्तार प्रदेश नं. ४ बाट नै शुरु भएको दृष्टान्त अघि सार्दै वहाँले नेपालको सम्वृद्धि पनि प्रदेश नं. ४ बाट नै शुरु हुने जिकिर गर्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले अहिले स्थानीय तह र प्रदेशको विकासका लागि देखिएका चुनौती र सम्भावनालाई ध्यान दिएर नागरिक केन्द्रीत भई जनप्रतिनिधिले काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । मेयर जिसीले यदि अहिलेका जनप्रतिनिधिहरु असफल भ एभने नेपाल राज्य नै अुफल हुने हो कि भन्ने चिन्ता आफूलाई रहेको बताउनुभयो ।

जनता प्रकाशन तथा प्रशारण संस्थाका अध्यक्ष डा. बिजयकुमार पौडेलले जनता टेलिभिजिनले सबै वर्ग र क्षेत्रलाई समेटेर कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिरहेको जिकिर गर्नुभयो । वहाँले जनताद्वारा जनताका लागि समर्पित जनता टेलिभिजनलाई सबै प्रकारहको सहयोग र समर्थन गरिदिन आम व्यवसायी, उद्योगी, व्यापारी, विज्ञापनदाता, दर्शक र शुभेच्छुकहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा जनता प्रकाशन तथा प्रसारण संस्थाका कार्यकारी निर्देशक नारायण सुवेदी, विष्णु भट्टराई, जनता टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतले आ–आफ्ना भनाईहरु राख्नुभएको थियो ।

Tuesday, May 15, 2018

तल्लो सिमलबोट टोलमा यात्रु प्रतिक्षालय निर्माण

पोखरा १ जेठ 

पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ अन्र्तगत तल्लो सिमलबोट टोलमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ ।

    उक्त टोल स्थित निराजन चोकमा निर्मित प्रतिक्षालयको हालै एक समारोहकाबीच उद्घाटन गरिएको ढुङ्गेसाँघु आमा समूहका अध्यक्ष भीमा केसीले जानकारी दिईन् । आमा समूहका निवर्तमान अध्यक्ष जानुका (पार्वती) कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले प्रतिक्षालयले यात्रुहरुलाई सावरीधानको प्रतिक्षा गर्न सहज हुने बताईन् । कार्यक्रममा विशेष अतिथि एवं सामुदायिक खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष ललित बहादुर भण्डारी, तल्लो सिमलबोट टोल विकास संस्थाका अध्यक्ष प्रेम बहादुर थापा, श्रृजना तमु समाजका अध्यक्ष हरिबहादुर गुरुङ, गलेश्वर यूवा क्लबका अध्यक्ष आशिष भण्डारी, टोल विकास संस्थाका उपाध्यक्ष गणेश भण्डारी लगायतले मन्तव्य राखेका थिए । 

सो अवसरमा प्रतिक्षालय निर्माणका लागि सहयोग गर्ने तल्लो सिमलबोट टोल विकास संस्थाका उपाध्यक्ष गणेश भण्डारी, स्थानीय भीम बहादुर थापा र केदार केसीलाई सम्मान समेत गरिएको थियो ।

समूहका अध्यक्ष भिमादेवि खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमा थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने सचिव सरु अधिकारीले गरेकी थिईन् ।

Friday, May 11, 2018

भरतपोखरी विकास मञ्चको उद्घोषक तालिम सम्पन्न


विष्णुहरि पौडेल
लेखनाथ ,२८ वैशाख। पोखरा लेखनाथ ३३ मा रहेका भरतपोखरी विकास मञ्चले संचालन गरेको ३ दिने उद्घोषण तालिम शुक्रवार सम्पन्न भएको छ । महिलाहरुलाई लक्षीत गरी कुनै पनि सभा सम्मेलनमा ढुक्कसँग बोल्ने बानीको विकास गराउने उदेश्यले आयोजना गरिएको उद्घोषक तालिम समापन समारोहमा बोल्दै कोप्स नेपालका महासचिव रामचन्द्र शर्माले मञ्चले भविश्यमा पनि यस प्रकारका तालिमहरु राखेर सामाजिक उत्तरदायित्व बहन गर्नु पर्ने वताएका थिए ।प्रशिक्षक शुष्मा पौडेलले  तालिमबाट  प्रशिक्षार्थीहरुमा ढुक्कसग कार्यक्रमहरु संचालन गर्न सक्ने विश्वास ब्यक्त गरेकी थिईन । कार्यक्रममा सहभागीहरुको तर्फबाट सरिता ढकाल, प्रमिला रानाभाट,कल्पना विक, रुवि वास्तोला,जमुना नेपाली राधा वाग्ले लगाएतले तालिमले आफुहरुलाई भविश्यमा उद्घोषक बन्न प्रेरणा मिलेको बताएका थिए ।  भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लिराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक विजया भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने विहानी वचत तथा ऋण सहकारीका सचिव किरण पोखे्रल लेखनाथ पत्रकार मञ्चका सचिव नेशनल एफ  एमका समाचार वाचक विष्णुहरि पौडेल लगाएतले वोलेका थिए  । तालिममा २२ जना महिलाहरुको सहभागीता रहेको थियो ।

एन्फा अध्यक्ष शेर्पालाई शितल ज्याति क्लबद्धारा सम्मान-Sports News




पोखरा २७ बैशाख ।

अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पोखरा  लेखनाथ महानगरपालिका –१२ मा सक्रिय रहेको शितल ज्याति युवा क्लबले एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको छ ।

बिहिबार सम्पन्न परिचय तथा सम्मान कार्यक्रममा क्लबका अध्यक्ष तथा पदाधिकारीहरुद्धारा खादा, फुलकोगुच्छा सहित मायाको चिनोले शेर्पालाई सम्मान गरेको हो ।

सोही अबसरमा बोल्दै शेर्पाले संस्थामा एकात्मक तवरबाट हालीमुहाली रहेको नेतृत्वको शुद्धिकरण गर्न सफल भएको बताए । उनले अब सिङ्गो फुटबल क्षेत्रमा परिबर्तन हुने बताउदै खेलकुद जगतमा बिकासले गति लिने बताए । उनले भने “पोखरा आफैमा स्तरिय खेलाडी उन्पादन गर्न सक्ने ठाउँ हो, तर राम्रा राम्रा एकेडेमीको अभाबका कारण तुलनात्मक रुपमा गुणस्तरिय खेलाडी बाहीर निस्कन सकेका छैनन् ।”

उनले यथाशिघ्र ए डिभिजन लिग तथा ग्रासरुट लेभलका फुटबल प्रतियोगिताहरु छिट्टै आयोजना गर्ने बताउदै पोखरा क्षेत्रमा ५ देखी ७ वटा सम्म फुटबल ट्रेनिङ सेन्टर स्थापनाका लागी केन्द्रबाटै पहलकदमी थाल्ने प्रतिबद्धता समेत जनाएका थिए ।

परिचय तथा सम्मान कार्यक्रममा शितल ज्याति युवा क्लबका पदाधिकारी तथा साधारण सदस्यहरु, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) सदस्य नर बहादुर गुरुङ, टोल बिकास संस्थाका प्रतिनिधीहरु, आमा समुहका पदाधिकारीहरु, वडाबासीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

क्लबका अध्यक्ष सन्तोष गुरुङको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिब पुर्ण गुरुङले गरेका थिए ।

Saturday, May 5, 2018

१०१औं हप्ताको पोखरा उपत्यका बृहत् सफाई -Clean and Green Pokhara Nepal








१०१औं हप्ताको पोखरा उपत्यका बृहत् सफाई अभियान बिरौटा - १७ राममन्दिर परिसरमा सम्पन्न ।

नेकपा माओवादी विप्लपको नेपाल बन्दका कारण जनजिवन प्रभावीत

पोखरा, २२ वैशाख
आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तक माथी सरकारले गरेको धरपकड, गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै नेकपा माओवादी विप्लवले गरेको नेपाल बन्दका कारण विहान देखी नै त्यसको प्रभाव परेको छ ।
विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लागएको भन्दै विप्लपले माओवादीले बन्द गरेको नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेको विज्ञप्तीमा उल्लेख छ ।

Friday, May 4, 2018

भिमकाली कपमा दोस्रो चरणका खेल जारी



पोखरा २१ बैशाख ।

पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा शुक्रबार सम्पन्न दोस्रो चरणको खेलबाट के.बि गाईज, रि युनाईटेड, आयोजक टिम “ए”, रत्न समाज, लेकसाईड फुटबल क्लब, गौरी युनाईटेड, ए.वाई.सि भण्डारढिक र डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड बिजयी भएको छ ।

शुक्रबार टुडिखेल भेट्रान्स र के.बि गाईज बिच भएको पहिलो खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–१ गोल अन्तरले हराउदै के.बि गाईज तेस्रो चरणमा प्रबेश ग¥यो ।

दोस्रो खेलमा शितल ज्योति फुटबल क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै रि युनाईटेडले तेस्रो चरणको लागी स्थान बनायो ।

प्रतियोगिताको तेस्रो खेलमा सबिन मेमोरियललाई ५–२ गोलको नतिजा सँगै पराजित गर्दै आयोजक टिम ए बिजयी भयो । आयोजक टिमको जितका लागी रञ्जन पुनले ह्याट्रिक गर्न सफल भए । त्यसैगरी चौथो खेलमा समर जुनलाई १–३ को गोल अन्तरले  रत्न समाजले पाखा लगायो ।

प्रतियोगिताको पाँचौ खेलमा लेकसाईड फुटबल क्लबले घान्दु्रक फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । लेकसाईडको जितमा सुनिल बिकले ह्याट्रिक गरे ।

छैटौं खेलमा गौरी युनाईटेडले याम्दी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणका लागी स्थान बनायो ।

एल्सन गेम जोन र ए.वाई.सि बिच भएको सातौ खेल २–२ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै ए.वाई.सि तेस्रो चरणमा प्रबेश गर्यो ।

त्यसैगरी डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड र बिटि रेड बिच भएको अन्तिम खेल निर्धारित समयमा गोलरहित भएपछि ट्राईबेकरमा ६–५ को गोल अन्तरले डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड बिजयी भएको खेल संयोजक मनोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार पनि दोस्रो चरण अन्तर्गतकै ८ खेल सञ्चालन हुनेछन ।

आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

कास्कीमा ६ यातायात व्यवसायी पक्राउ

est

पोखरा, २१ वैशाख कास्कीमा पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस समिति र बागलुङ भगवती जिप समितिसँग आवद्ध ६ जना व्यवसायीलाई प्रहरील पक्राउ गरेको छ ।
पोखराबाट रूद्रबहादुर नेपाली, रमेश सुचीकार, सुनील थापा र निर्मल तामाङ पक्राउ गरेको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । उनी बस धनी भएको र अन्यलाई पक्राउ गरेर ल्याउदै गरेको सिंहले बताए ।
पोखरामा रहेका समितिका पदाधिकारी भने मोवाइल नै अफ गरेर सम्र्पकमा नआएको प्रहरीको भनाई छ । अन्यलाई पक्राउका लागि खोजी कार्यजारी रहेको प्रहरीको भनाई छ ।
यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा बिहानैदेखी लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन् । जसबाट सर्वसाधारण नागरिकहरु सम्बन्धीत गन्तव्यमा जान समस्यामा परेका छन् ।

आन्दोलनले सार्वजनीक यातायात नचले पछि शसस्त्रको निःशुल्क बस सेवा

पोखरा, २१ वैशाख 
यातायात ब्यवसायीको आन्दोलनको कारण पोखरामा नगरबस नचले पछि सशस्त्र प्रहरीले पोखरा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
पोखराको जिरो किलोमिटर, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, चिप्लेढुङगा, सभागृह, मुस्ताङचोक, सहिदचोक, रत्नचोक रुटमा सञ्चालन भएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।
वा१ ग १८४३ नम्बरको बसबाट शसस्त्र प्रहरीले सेवा दिएको हो ।