Showing posts with label Pokhara. Show all posts
Showing posts with label Pokhara. Show all posts

Monday, March 7, 2016

पत्रकार राजाराम पौडेल रिमझिम दोहोरी साँझमा सम्मानित


 पोखरा २४ फागुन
 पोखराको विरौटामा रहेको रिमझिम दोहोरी साँझको प्रथम वार्षीकोत्सवको अवसरमा पत्रकार राजाराम पौडेललाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट नेपाली लोक संस्कृती र नेपाली लोक दोहोरी क्षेत्रको बारेमा गरेको योगदानको कदर गर्दै पत्रकार पौडेललाई सम्मान गरिएको हो । उनलाई नगद ३ हजार ३ सय ३३, दोसल्ला र सम्मानपत्रले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका कोमल वलीले सम्मान गरेकी थिइन् । प्रेस चौतारी कास्कीका कोषाध्यक्ष तथा चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष समेत रहेका पौडेलले लोक संस्कृतीको क्षेत्रमा कलम चलाउने सबै पत्रकारलाई यो सम्मानले उत्पेरणा प्रदान गरेको बताए । पत्रकार पौडेल सुनौलो एफ एम, हाम्रो कलम राष्ट्रिय दैनिक, गोल्डेन न्युज राष्ट्रिय दैनिक, सफल न्युज डट कममा आवद्ध छन् । यसैबिच दोहोरी साँझले लोकदोहोरी गायक श्रीराम अधिकारी, उत्कृष्ठ कर्मचारीको रुपमा गायक गगन गुरुङ र राम्रो सेवा प्रदान गर्ने कर्मचारी मनिषा श्रेष्ठलाई सम्मान गरेको थियो । उनीहरुलाई पनि नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

दोहोरी साँझले आफ्नो वार्षीकोत्सवको अवसरमा एकहप्तासम्म चर्चीत कलाकारको साथमा विशेष कार्यक्रमको आयोजना समेत गरिरहेको छ ।  फागुन २७ गतेसम्म सञ्चालन गरिने यो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक समेत रहेका वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले बताए ।

एक हप्ते कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार कोमल वली, पुरुषोत्तम न्यौपाने, रामभक्त जोजीजु, रमेश विजी, कुमार पुन, जुना श्रीस मगर, राधिका हमाल, निता पुन, शंकर विरही गुरुङ, जानकी मगर लगायतले आफ्नो प्रस्तुती राख्दै आएका छन् । २०७१ साल फागुन २२ गतेबाट पिताम्बर भण्डारी, पुरुषोत्तम न्यौपाने, श्रीराम वराल, ईश्वर श्रेष्ठ, प्रेमलाल पाण्डे, कुमार पुन, नविन आले र जानुका भट्टराईको संयुक्त लगानिमा पोखराको विरौटामा दोहोरी साँझ सञ्चालनमा आएको हो । दोहोरी सञ्चालन गर्न ९४ लाख लगानी लागेको सञ्चालक न्यौपानेले  बताए । दोहोरी साँझमा १६ कलाकार सहित ३५ जना कर्मचारी कार्यरत रहेका छन् । नियमित कलाकारको रुपमा पुरुषोत्तम न्यौपाने, कुमार पुन, गगन गुरुङ, श्रीराम अधिकारी, बुद्धि थापा, होम नेपाली, सपना वि.क., प्रेमा मगर, रजनि मगर, सञ्जु थापामगर, उषा पुन, राजेन्द्र परियार, विमल गायक, अनुप गुरुङ, जितेन्द्र सेन्चुरी, मदन गिरीले साँझमा दैनिक प्रस्तुती राख्ने गरेको उनले बताए ।

Tuesday, March 1, 2016

भाष्करमा विद्यार्थी सम्मान-Pokhara-News


पोखरा, १७ फागुन ।
पोखरा ११ फुलबारीमा अवस्थित भाष्कर मेमोरियल स्कूलले विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
    हालै सम्पन्न लेखनाथ महोत्सवमा नृत्य विद्यामा तृतीय हुन सफल एलिना पुनलाई एक कार्यक्रमको आयोजना गरी विद्यालयले सम्मान गरेको हो । उनलाई विद्यालयका शिक्षकहरु गणेश बहादुर राना, होमराज अधिकारी लगायतकाले सम्मान गरेका थिए ।
यसै बीच विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत कथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा प्रा.वि. तहमा अदिती पौडेल, विनम्र बास्तोला, विराज ढुंगाना र कृपा सुवेदीले क्रमशः सान्त्वना, तृतीय, द्वितीय र प्रथम स्थान हासिल गरे ।
    त्यसैगरी नि.मा.वि. तहमा यूरिका गुरुङ, निर्देश सुवेदी, किरण आचार्य र गरीमा गौतमले क्रमशः प्रथम, दितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरे भने मा.वि. तहमा अपर्णा बास्तोला, सोनीका ढुंगाना र श्रुती अधिकारीले प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक गोविन्द थापाले बताए ।

न्याश्नल ईन्भेन्टिभमा विद्यार्थीको विदाई

पोखरा १७ फागुन ।
पोखराको बैदामस्थित न्याश्नल ईन्भेन्टिभ आवासीय उच्च माविबाट प्रवेशिका परिक्षा दिने कक्षा १० का विद्यार्थीहरुलाई सोमबार विदाई गरिएको छ ।
कक्षा ९ का विद्यार्थीहरुले आयोजना गरेको विदाई कार्यक्रममा शुभकामना दिनुहुँदै विद्यालयका प्राचार्य उमा लामिछानेले एस एल सी परिक्षा २०७२ मा सहभागि हुने सम्पूर्ण विद्यार्थीहरुलाई मेहनतका साथ पढ्न आग्रह गर्नुभयो । उहाँले परीक्षामा उत्कृष्ठ अंकका साथ उत्तिर्ण हुनका लागि लगनशील भएर अघि बढ्नुपर्ने आवस्यकता औँल्याउनुभयो । कक्षा ९ का छात्रा बिपना पहारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका सह प्राचार्य विक्रम पौडेल,  कक्षा १० का छात्र योगेन्द्र राना, कक्षा ९ का छात्र प्रशिद्ध दाहाल लगायतले पनि बोल्नुभएको थियो । सो अवसरमा कक्षा ९ र १० का विद्यार्थीहरुबीच मायाँको चिनो आदानप्रदान गरिएको थियो भने नृत्य तथा गीत समेत प्रस्तुत गरिएको थियो । कक्षा ९ का छात्रा लस्ता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन समेत कक्षा ९ का विद्यार्थीहरुले नै गरेको विद्यालयले जनाएको छ । उक्त विद्यालयबाट यस वर्ष ४८ जना विद्यार्थीहरु प्रवेशिका परीक्षामा सहभागि हुँदैछन् ।

भुर्तेल बन्धुहरुको कुल पूजा-Pokhara News


पोखरा, १७ फागुन
भुर्तेल बन्धु समाज नेपालको कुलपूजा सम्पन्न भएको छ । माझठाना ६ स्थित नवनिर्वित कुल मन्दिरमा सोमबार पूजा सम्पन्न भएको हो । समाजका अध्यक्ष सोमनाथ भुर्तेलको अध्यक्षतामा आयोजित पूजामा १ सय वटा बोकालाई बलि दिइएको छ ।
नेपाल खाद्य संस्थानका केन्द्रीय अध्यक्ष प्रकाशबहादुर भुर्तेल केसीको प्रमुख आतिथ्यतामा आयोजित पूजामा विष्णुप्रसाद भुर्तेल, यादवचन्द्र भुर्तेल, विश्वबन्धु भुर्तेल, कृष्णमणि भुर्तेल, चेतकृष्ण भुर्तेल, भोजराज भुर्तेल, कूल मन्दिर निर्माण समितिका संयोजक प्रजापति भुर्तेल, अर्थ संंकलन समितिका संंयोजक दुर्गादत्त भुर्तेल, स्मारिका प्रकाशन समितिका संयोजक कालिप्रसाद भुर्तेल लगायतले बोलेका थिए ।
जग्गादाता डिल्लिराम भुर्तेल तथा कुल मन्दिर निर्माणार्थ ५ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नेहरुलाई उक्त अवसरमा प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको छ । पूजामा विभिन्न क्षेत्रमा छरिएर रहेका भुर्तेल बन्धुहरुकोे उल्लेखनीय सहभागिता रहेको समाजले जनाएको छ । कूल मन्दिर निर्माण समितिका संयोजक प्रजापति भुर्तेलको घरबाट पूजाको दियोकलश निकाली गाउँ परिक्रमा गराइएको थियो ।

शाहीलाई गण्डकी पत्रकारिता पुरस्कार-Pokhara News Nepal

गण्डकी सञ्चार गृहद्धारा स्थापित तथा सञ्चालित गण्डकी पत्रकारिता पुरस्कार २०७२ बाट गण्डकी सञ्चार गृहका बरिष्ठ सम्बाददाता नारायाण शाहीलाई सम्मान गर्ने भएकोछ । रेडियोको तर्फबाट स्टेशन म्यानेजर घनश्याम पाण्डेय, पत्रकार महासघ कास्कीका सचिव त्रिभुवन पौडेल र क्रान्तिकारी पत्रकार संघका कास्कीका संयोजक दिपक परियार रहेको प्रतिभा छनोट समितिले शाहीलाई सिफारिस गरेको हो । शाहीलाई रेडीयोका बार्षिकोत्सवको दिन रेडियोको प्राङ्गणमा हुने विशेष समारोहमा नगद पाँच हजार सहित प्रमाण पत्रद्धारा सम्मान गर्ने संचार गृहले जनाएको छ ।
तनहुँ जिल्ला बरभञ्ज्याङ नाबरुङमा जन्मनुभएका पत्रकार शाहीले २०५३ सालदेखि पत्रकारिता शुरु गर्नुभएको हो । शाही गण्डकी सञ्चार गृहमा २०६४ सालदेखि आबद्ध हुनुहुन्छ भने यसअघि, उहाँले दृष्टी, जनादेश, समदृष्टि र निष्पक्ष  लगायतका साप्ताहिक पत्रिकाहरुमा काम गर्नुभएको थियो । त्रिभूवन बिश्वबिद्यालयबाट पत्रकारिता तथा आमसञ्चार बिषयमा स्नाकोत्तर गर्नुभएका शाही हाल प्रेस रिपोर्ट साप्ताहिक अखबारको सम्पादक समेत हुनुहुन्छ ।


रेडियो गण्डकीले बार्षिकोत्सवमा साइकल ¥याली र विशेष कार्यक्रम गर्ने Pokhara News


         सामुदायिक संचार केन्द्र कास्कीद्धारा संचालित सामुदायिक रेडियो गण्डकी ९०.२ मेगाहर्जले आफ्नो नबौं बार्षिकोत्सवको अबसरमा साइकल ¥याली र शुभकामना आदान प्रदानसंगै गण्डकी पत्रकारिता पुरस्कार वितरण गर्ने भएकोछ । फागुन १९ गते बुधबार विहान ७ बजे साइकल ¥याली र  ११ बजेपछि विशेष समारोह हुने रेडियोले जनाएको छ ।
      रेडियोले बार्षिकोत्सवमा यस पटक साइकल ¥यालीको आयोजना गर्न लागेको रेडियोका अध्यक्ष अग्निप्रसाद कँडेलले जानकारी दिनुभएको छ । ¥यालीमा   साइकल सिटीको संस्थागत सहभागिता रहनेछ भने पोखराका कलेज तथा विद्यालयका बिद्यार्थीहरु, सघसंस्था, बैकर, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, उधोगी ब्यबसायी, पर्यटन ब्यबसायी, समाजसेवी लगायतको सहभागिता रहने कँडेलले बताउनुभयो ।
मानिसलाई स्वास्थ्य राख्न र शुन्दर पोखरालाई स्वच्छ राख्न साइकल उपयोगी हुने भन्दै सञ्चार गृहका प्रबन्ध निर्देशक लक्ष्मण गुरुङले साइकल ¥यालीमा स्वतःस्फुर्त रुपमा पनि सवै सहभागी हुन सक्ने बताउनुभयो ।

Monday, February 29, 2016

रेडियो बाराहीको आहा–रारा विशेषमा विजेता श्रोतालाई नगद १० हजार रुपैया प्रदान

पोखरा, फागुन १७ गते । 
रेडियो बाराहीले सञ्चालन गरेको आहा–रारा गोल्डकप विशेष कार्यक्रमको विजेता स्रोतालाई आज नगद १० हजार रुपैया पुरस्कार वितरण गरिएको छ । १४ औं संस्करणको आहा–रारा गोल्डकपको अवसरमा रेडियोले आयोजना गरेको विशेष कार्यक्रममा पोखरा अमरसिंहचोकका प्रवेश शाही विजेता बन्नुभएको थियो ।
सहारा क्लव पोखराले आयोजना गरेको १४ औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्ला ? भनि रेडियोले सोधेको प्रश्नमा मनाङ मस्र्याङ्दी क्लवको पक्षमा एसएमएस गर्ने ४ हजार १ सय ९३ स्रोतामध्येबाट गोलाप्रथाको आधारमा ९८४६६– ४७१७६ मोवाइल नम्वरबाट एसएमएस गर्ने श्रोता प्रवेश शाही भाग्यशाली घोषित हुनुभएको थियो ।
कार्यक्रममा बोल्दै सहरा क्लवका अध्यक्ष विरभद्र आचार्यले आहा–रारा खेल प्रतियोगितालाई विशेष बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले रेडियो बाराहीले स्रोता र खेलप्रेमीलाई जोड्ने पुलको काम गरेको बताउनुभयो ।
स्थानीय श्रृंगा यातायात व्यवसायी समितिका अध्यक्ष केदार पौडेलले समितिले सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको बताउदै समितिले आफ्ना सेवालाई प्रभावकारी बनाउदै लगेको समेत जानकारी दिनुभयो । विजेता शाहिले रेडियोको आहा–रारा विशेष कार्यक्रम उत्कृष्ट रहेको बताउदै दर्शकलाई रंगशालासम्म पु¥याउन प्रेरित गरेको उल्लेख गर्नुभयो । 
रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले रेडियोले स्रोतामुखि कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रम संयोजक एवम् खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछानेले खेल कार्यक्रम सञ्चालन गर्दाको अनुभव सुनाउनुभएको थियो । कार्यक्रमको सञ्चालन प्रस्तोता रोचक अधिकारीले गर्नुभएको थियो । रेडियोले सो्रताहरुलाई बढी सहभागीता गराउन  यस्ता प्रकारका कार्यक्रम गदै आएको छ ।


Thursday, February 25, 2016

सवारी दुर्घटना-Accident In Nepal



पोखरा फाल्गुण ११ गते ।
आज मिति-२०७२/११/११ गते, १३:५५बजेको समयमा जि.कास्की लेखनाथ नपा-१३ लामेआहालमा पोखराबाट दमौली तर्फ जादै गरेको ना..ख १०७३ नं.को बस र दमौलीबाट पोखरा तर्फ आउदै गरेको बा..क ९३१८ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा निम्न मानिसहरु घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल व.प्र.का. गगनगौडाबाट प्र.ना.नि. नरेन्द्रजंग कार्कीको कमाण्डमा प्रहरी टोली खटिई गई घाईतेलाई उपचारको लागि निम्न अस्पताल लगिएको, दुर्घटनामा संलग्न सवारी साधन घटनास्थल नजिक साईड लगाई आवागमन सुचारु गरिएको अन्य अनुसन्धान भईरहेको ।
            > मणिपाल शिक्षण अस्पतालमा उपचार भएका घाईतेहरु :
.     तनहु शुक्ला गण्डकी न.पा.वडा नं. ४ बस्ने बर्ष ३० की बिष्णुमाया सुनार मध्यम,
.     ऐ बस्ने निजको छोरा ९ महिनाको कृतन सुनार बेहोस,
.     ऐ ऐ बस्ने निजको छोरी बर्ष ५ की कृति सुनार- सामान्य
.     ना..ख १०७३ नं.बस चालक तनहु थप्रेक -५ बस्ने बर्ष २७ को नुन बहादुर गुरुङ- मध्यम,
.     तनहु जामुने-७ बस्ने बर्ष ४५ की नानी माया कुमाल- मध्यम,
.     ऐ मनपाङ-५ बस्ने बर्ष ४० की मिनु गुरुङ- मध्यम,
.     जि.कास्की ले..पा.-११ बस्ने बर्ष २१ की बर्षना मगर- सामान्य ।

           > पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएका घाईतेहरु :
.काठमाण्डौ जिल्ला चपली-३ बस्ने बा..क ९३१८ नं. ट्रकको सहचालक बर्ष ३१ को कृष्ण तामाङ- सामान्य,
. ऐ वडा नं. २ बस्ने बा..क ९३१८ ट्रकका चालक बर्ष ४८ को उद्वव थापा-सामान्य,
. जि.तनहुँ शुक्लागण्डकी न.पा.वडा नं. १५ बस्ने बर्ष ६० को गोपाल पौडेल-मध्यम
. ऐ ऐ बस्ने बर्ष ५३ की लक्ष्मी थापा-मध्यम,
. ऐ राम्जाकोट गा.वि.. वडा नं. १ बस्ने बर्ष २८ को दल बहादुर पाल- सामान्य,
.जि. स्याङजा पु...पा.-९ घर भई हाल तनहुँ खैरेनीटार बस्ने बर्ष २७ को तुल बहादुर गुरुङ-मध्यम


मिति: २०७२/११/११ गते।                             
 जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                                       

Tuesday, February 16, 2016

दाह्री कपाल काट्दा रकम बढ्यो : नाई संघ-Pokhara News

नाई पेशाकर्मीलाई नाई संघ कास्कीको अनुरोध

पोखरा, ४ फागुन । 
नेपाल नाई संघ जिल्ला कार्यसमिति कास्कीद्वारा नाई व्यवसायीलाई सेवामा दररेट परिवर्तन भएको उल्लेख गरिएको छ । नाई संघ जिल्ला अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा वसेको वैठकले विगत लामो समयदेखि नबढेको कपाल काट्ने शुल्कमा परिवर्तन भएको निर्णय भएको जानकारी दिए । छैटौं अधिवेशन २०६८ पुसबाट पारित भईसकेको समयानुकुल दररेटलाई मंगलबारको वैठकले बृद्धिगरि बुधबारबाट लागु गरिने नाई संघका सचिव आदेशप्रसाद ठाकुरले जानकारी दिए । कास्की जिल्लामा रहेको करिव १ सय ५० सैलुनमा कपाल काट्दा रु ७० लाग्ने विज्ञप्तिमा जनाएको छ । 
बढ्दो महंगी, सैलुनमा प्रयोगहुने औजार तथा सामग्रीको मुल्य बृद्धि, मजदुरको सेवा सुविधामा बृद्धि लगायतलाई ध्यान दिँदै दररेटमा परिवर्तन गरिएको नाई संघ लेखनाथका प्रतिनिधि आनन्द ठाकुरले जानकारी दिए । हरेक २÷२ वर्षमा बृद्धि गरिनुपर्ने रकमलाई नेपाल नाई संघ केन्द्रीय समितिको ढिलासुस्ती र महाधिवेशन प्रक्रिया अगाडि नबढ्दा देश भरका नाईहरुले समस्या भोग्दै आएका छन् । नाई संघ कास्कीले दाह्री काटेको ५० रुपैयाँ लिने बताउँदै होम सर्भिसमा प्रति व्यक्ति २ सय ५०का दरले लिन समेत नाई पेशाकर्मीलाई अनुरोध गरिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको सभाहलमा सम्पन्न बैठकमा नाई संघले उपभोक्तालाई दिनुपर्ने सेवा सुविधामा कञ्जुस्याई नगर्न व्यवसायीलाई आग्रह समेत गरेको छ । 
संघले विज्ञप्ति जारी गर्दै मेसिनले कपाल काटेको रु ८०, टाउको मसाज गरेको रु १ सय, लेडिज कपाल काटेको एक सय रुपैयाँ लिन व्यवसायीलाई अनुरोध गरिएको संघका सहसचिव धु्रर्व ठाकुरले जानकारी दिएका छन् । नाई संघ कास्कीले आफ्ना मजदुरलाई तालिम, महिनाको १ दिन विदा, भ्रमण तथा अवलोकन, व्यवसाय जन्य सुरक्षाको तालिम गराउँदै आएको छ । विज्ञप्तिमा कास्की जिल्लामा कपाल काट्ने दररेट बृद्धि हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेको छ । 
थपजानकारीका लागि 
विगुलाल ठाकुर, अध्यक्ष नाई संघ, ९८४६०६०५९५   

Saturday, February 13, 2016

सिर्जनाचोकमा सेगाको शाखा -Pokhara Nepal

पोखरा, १ फागुन ।
पोखराको अमरसिंहचोकमा बिगत १० वर्षदेखि सञ्चालित सेगा कम्प्युटरले सिर्जनाचोकमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको शनिबार एक कार्यक्रम बीच कम्प्युटर एशोसिएसन महासंघ नेपाल कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले उद्घाटन गरे । कम्प्युटर शिक्षाको क्षेत्रमा लामो अनुभव भएका युवाहरु विकास भुर्तेल र महेन्द्र भुर्तेलले सेगा कम्प्युटर सञ्चालन गरेका हुन् ।
सेगाले शाखाको ब्राण्डिङ ‘सेगा एजुकेशन फाउण्डेसन प्रालि’ नामबाट गरेको छ । शाखामा वेब डिजाइनिङ तथा वेब प्रोग्रामिङ, मोबाइल एप्लिकेसन, अटो क्याडमा टुडि, थ्रिडी, व्यासिक तथा एडभान्स लेबलको हार्डवयर, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज लगायतका कम्प्युटर कोर्ष प्रदान गरिने सञ्चालक विकास भुर्तेलले जानकारी दिए । दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराउने उनले बताए । ‘प्रशिक्षण पछाडि विभिन्न संघ–संस्थामा इन्टर्नसिपको व्यवस्था गरिनेछ,’ उनले भने । सूचना तथा प्रविधिको क्षेत्रमा चासो राख्ने विद्यार्थीलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याइएको हो ।
पारिवारिक वातावरणमा दक्ष प्रशिक्षकद्वारा शिक्षा प्रदान गरिने भएकाले विद्यार्थीको आकर्षण बढ्ने अर्का सञ्चालक महेन्द्र भुर्तेलले बताए । सैद्धान्तिक र व्यवहारिक माध्यमबाट विद्यार्थीलाई प्रशिक्षण दिइने उनले बताए । ‘ठूलो स्क्रिनको मोनिटरबाट शिक्षा दिइने भएकाले विद्यार्थीले सहज तरिकाले बुझ्न सक्छन्,’ उनले भने । प्राक्टिकलमा ल्यापटपको माध्यमबाट विद्यार्थीलाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको भुर्तेलले जानकारी दिए ।
शाखा शुभारम्भको अवसरमा बोल्दै अध्यक्ष बास्तोलाले पोखरामा सूचना तथा प्रविधिको क्षेत्रमा आकर्षण बढेको बताए । उक्त अवसरमा कम्प्युटर एशोसिएसन महासंघ कास्कीका पूर्व अध्यक्ष गुणानिधि पाण्डे, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष कृष्णराज पोखरेल लगायतले बोलेका थिए । शाखा उद्घाटनका अवसरमा मोबाइलको माध्यमबाट बिजुलीको स्विच अनअफ गर्ने प्रविधिको डेमो प्रदर्शन गरिएको थियो । उक्त डेमो सेगामा हार्डवयर प्रोग्रामिङ कोर्ष सिकेका विद्यार्थीले तयार पारेका हुन् ।

Wednesday, February 3, 2016

कार्कीद्वारा मतदाताप्रति आभार व्यक्त-Bimal Karki Pokhara-News

पोखरा १९,माघ
नेपाली कांग्रेस पोखरा उपमहानगर कार्यसमितिको सम्पन्न चुनावमा सभापति पदका प्रत्यासी बिमलबहादुर कार्कीले आफुलाई मत दिने सबैप्रति आभार व्यक्त गरेका छन् । मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै आफुलाई मत दिने र नदिने सबै सुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका हुन् । उनले भनेका छन्,–“निर्वाचनमा म सभापति पदमा उमेदवार भै सम्मानजनक मत प्राप्त हुँदा हुँदैपनि केहि प्राविधीक पक्षको असावधानीका कारण उपविजेता बन्न पुगेपनि निर्वाचनलाई जित हारको रुपमा भन्दा पनि लोकतान्त्रीक मूल्य मान्यताको अभिन्न अंगका रुपमा लिई स–गौरव सम्मान गर्दछु ।”
आफु पराजित भएपनि उनले कांग्रेसको नगर तथा गाउँ र वडा अधिवेसनबाट विजयी सबैलाई बर्धासमेत दिएका छन् । आफु पार्टीको नीति,निर्देशनभित्र रहि सदैव कार्य गरीरहने प्रणसहित कार्कीले आफ्नो स्थानबाट पार्टी र पार्टीका विभिन्न तहको नेतृत्वमा रहने अनि नरहने सबैलाई आफ्नो सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

Monday, January 25, 2016

स्वास्थ्य सन्देशमुलक कार्यक्रम सम्पन्न-Health for Nepal


पृथ्वी नारायण क्याम्पस, शिक्षा शास्त्र स्नातकोत्तर तह प्रथम वर्ष स्वास्थ्य शिक्षा विषय अध्ययनरत विद्यार्थीले स्वास्थ्यमूलक कार्यक्रम शनिबार ढिकुरपोखरी गा.वि.स. समितिको सभाकक्षमा सम्पन्न भयो।
“स्वास्थ्य र सक्षम समुदाय निर्माणको लागि स्वास्थ्य शिक्षा र जनचेतना, गुणस्तरीय जीवनको परिकल्पना” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा अध्यापन अभ्यास विभागिय प्रमुख यादव राज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
स्वास्थ्य शिक्षा आजको आवश्यकता भएको हुँदा रोग लाग्नुभन्दा रोग लाग्न नदिन गरिने सुरक्षा उपाय नै स्वास्थ्य शिक्षाको मूल आधार भएको प्रमुख अतिथि अधिकारीले जानकारी गराएका थिए। भने कार्यक्रमका विशिष्ट अतिथि केशवराज वाग्लेले स्वाथ्य शिक्षा सैद्धान्तिक शिक्षा भन्दा व्यवहार परिवर्तनशिल शिक्षा हुनुपर्ने कुरामा जोड दिएका थिए।
त्यसैगरी लक्ष्मी शर्माले स्वागत मन्तव्य राखेकी थिइन् भने उमनाथ गौतमले कार्यक्रमको उद्देश्य, शान्ति पुनले शौचालय र गर्भवस्था स्वास्थ्य परिक्षण, शन्तुक कार्कीले उमेर अनुसारको जनसंख्या र पोषण, दिनीत गुरुङले फोहोर मैला व्यवस्थापन, गणेश सुनारले मुख स्वास्थ्य, चन्द्रा घलेले पानी शुद्धीकरण र सागसव्जी विवरण सम्वन्धी जानकारी गराएका थिए।
कास्की जिल्ला ठिकुर पोखरी गा.वि.स. वाड नं. ४ माझथोक टोलमा समुदाय स्वास्थ्य सर्वेक्षण विगत ७ महिना देखि गर्दै आएका थिए। उक्त समयमा परिवार नियोजन, सुरक्षित मातृत्व खोप सेवा, जनसांख्यीक वितरण, शैक्षिक विवरण, व्यक्तिगत स्वास्थ्य तथा सरसफाई, पोषण, मुख स्वास्थ्य, शौचालय, पानी शुद्धिकरण सम्बन्धि विषयमा अध्ययन गरी तथ्याङ्क संकलन गरिएको थियो।
गणेश सुनारद्वारा सञ्चालन गरेको उक्त कार्यक्रममा टोली नेता उमनाथ गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

Friday, January 22, 2016

निर्मल पोखरीमा निःशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न-News Pokhara


पदम श्रेष्ठ/माघ ७
लामो समय देखि शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सहयोग गरेका स्व. ओम बहादुर भण्डारीको स्मृतिमा विहिबार निर्मल पोखरी–३, चिलाउनेखर्क जलदेवी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो।
शिविरका प्रमुख अतिथि नमस्ते हस्टिपलका मुटु तथा मधुमेह रोग विशेषज्ञ डा. मानबहादुर गुरुङले प्यारालाइसेस विरामी गंगबहादुर रानालाई चेकजाँच गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
शिविरमा आएका अति विपन्न परिवार र असक्त विरामीहरुलाई उपचार गर्नको लागि नमस्ते हस्पिटलले जुन सुकै सहयोग गर्न पनि तयार रहेको गुरुङले जानकारी दिएका थिए।
सानो संसार नेपालका सदस्य नारायण बहादुर थापाले अव समाजमा नयाँ आयाम खाँचो छ। युवाहरु एकजुट भई सामाजिक कार्यहरु गरेमा गाउँको विकासमा टेवा पुग्ने जानकारी दिएका थिए।
त्यसै गरी देशको परिस्थितिले गर्दा आफूहरु बजारसम्म गई उपचार गर्न नसकिराखेको अवस्थामा पनि गाउँ गाउँमा आई स्वदेशी तथा विदेशी डाक्टरहरु र संघ संस्थाले गरेको अतुलनिय सहयोगले आफू अत्याधिक खुसी भएको स्वासप्रस्वास सम्बन्धि समस्या भएकी टंकमाया थापा ले बताएकी थिइन्। भने ९८ वर्षका बयोबृद्ध कुलबहादुर भण्डारीले गाउँमा आई आफ्नो स्वास्थ्य उपचार गराउनुहुने डक्टर तथा गाउँका युवाहरुको लगनशिलता लाई धन्यवाद दिनुका साथै आफू हृदयबाटै खुसी रहेको बताएका थिए।
उक्त कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक नारायण बहादुर भण्डारीले स्वास्थ्य उपचारमा विभिन्न समस्या भई शहर बजारसम्म जान नसकेका असक्त र स्वास्थ्य प्रतिको जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको बताएका थिए भने शिविरमा २५० जना विरामीहरुको स्वास्थउपचार गरिएको समेत भण्डारीले जानकारी गराएका थिए।
नमस्ते हस्पिटल र रिमोर्ट हेल्थ सर्भिस सेन्टर पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।
सिद्धार्थ युवा क्लब र सानो संसार नेपालद्वारा आयोजना गरिएको उक्त कार्यक्रम सिद्धार्थ क्लबका भूपू सचिव भाइरज राना ले सञ्चालन गरेका थिए।
उक्त कार्यक्रममा सहभागी चिकित्सकहरुलाई मायाको चिनो र खादा लगाई सम्मान गरिएको थियो।

Tuesday, January 19, 2016

एम्बुलेन्स अभियानमा सहयोग आउने क्रम जारी राम थापाद्वारा १० हजार सहयोग-Pokhara News

घनश्याम पाण्डेय, रेडियो गण्डकी
पोखरा, ४ माघ ।
         नमुना स्वरेक सामाजिक कोषले शुरु गरेको एम्बुलेन्स सञ्चालनार्थ अक्षयकोष निर्माण अभियानमा सहयोग आउने क्रम जारी छ । स्याङजाको पर्यटकीय गाउँ स्वरेकमा एम्बुलेन्स सञ्चालन गर्ने पवित्र उद्देश्य सहित शुरु गरिएको अभियानमा सवैको सहयोग जुट्दै गएको छ ।

यसैविच, स्वरेक वडानं ७ घर भई  हाल कतारमा कार्यरत राम थापाले स्वतःस्फुर्त रुपमा नगद १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । अभियानको सफलताको कामना गर्दे उहाँले स्वरेकलाई सवै क्षेत्रबाट सुविधा सम्पन्न बनाउन आ–आफ्नो ठाँउबाट लाग्नुपर्नेमा जोड समेत दिनुभएको छ ।

उहाँले गरेको सहयोग संगै अक्षयकोषमा १४ लाख, ८० हजार पुगेको छ । स्वरेकको विकासमा नमूना सामाजिक कोषले महत्वपुर्ण भूमिका निर्बाह गर्ने अभियानका संयोजक भेषराज पराजुलीले बताउनुभएको छ ।
अभियानका सह–सयोजक जीबन पौडेलले सवै मनहरुलाई जुटाउने काम अभियानले गरेको बताउनु्भएको छ । उहाँले नमूना स्वरेक सामाजिक कोष स्वरेकको सदस्य बन्नको लागि पनि सवैको लागि खुल्ला रहेको जानकारी दिनुभएको छ । आगामी दिनमा जिल्लाकै नेतृत्व गर्ने गरी नमूना स्वरेक सामाजिक कोषलाई अगाडी बढाउने पौडेलले बताउनुभयो ।

निर्मल पोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने-Pokhara News

स्व. ओम बहादुर भण्डारीको स्मृतिमा माघ ७ गते विहिबार निर्मल पोखरी–३, चिलाउनेखर्क (चिसापानी)मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
नमस्ते हस्पिटल एण्ड रिमोर्ट हेल्थ सर्भिस सेन्टर पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रमका संयोजक नारायणबहादुर भण्डारीले बताएका छन्।
स्वास्थ्य उपचारमा विभिन्न समस्या भई शहर बजारसम्म जान नसकेका असक्त र स्वास्थ्य प्रतिको जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको समेत भण्डारीले जानकारी दिएका थिए।
सिद्धार्थ युवा क्लब, आमा समूह र सृजना आमा समूहद्वारा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा नमस्ते हस्टिपलका मुटु तथा मधुमेह रोग विशेषज्ञ डा. मानबहादुर गुरुङ र स्वदेशी तथा विदेशी डाक्टरहरु समेत उपस्थित रहने सिद्धार्थ युवा क्लबका अध्यक्ष बसन्त रानाले बताएका छन्।

Thursday, January 14, 2016

स्व.टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार धमलालाई- Rishi Dhamala Pokhara News

 पोखरा, २९ पुस
पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइरालाको परिवारजनद्धारा आफ्ना स्व. माता  पिताको स्मृतिमा स्थापित तथा मेची महाकाली मिडिया सोसाईटी नेपालद्धारा संचालित स्व. टंकादेवी तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारवाट यस वर्ष पत्रकार ऋषि धमला सम्मानित हुनु हुने भएको छ ।
    प्रतिभा छनौट समितिको वुधवार वसेको वैठकले रिपोर्टस क्लव नेपालका अध्यक्ष समेत रहेका धमलालाईं पुरस्कृत गर्ने निर्णय गरेको हो । छनौट समितिको संयोजकमा मेची महाकाली मिडिया सोसाईटी नेपालका राष्ट्रिय अध्यक्ष माधव शर्मा तथा सदस्यहरुमा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सचिव त्रिभुवन पौडेल, पत्रकार दिपेन्द« श्रेष्ठ तथा पुरस्कारका संस्थापक सुवर्णप्रसाद कोईराला रहेका थिए । सर्वसाधारणलाई साक्षात्कार  तथा राजनीतिक वहस मार्फत सुचना दिन अग्रणी रहेका धमलालाई सर्वसम्मत रुपमा पुरस्कार दिने निर्णय भएको छनौट समितिका संयोजक तथा सोसाईटीका राष्ट्रिय अध्यक्ष माधव शर्माले जानकारी दिए । पुरस्कारको राशी नगद २० हजार १ तथा  सम्मानपत्र रहेको छ । पुरस्कार आगामी माघ महिनाभित्र प्रदान गरिने छ ।
 उक्त पृुरस्कारवाट यसअघि जनकपुरकी पत्रकार स्व. उमा सिँह,  ईश्वरी न्यौपाने, रामकृष्ण ज्ञवाली, रीता गुरुङ, दिपेन्द्र श्रेष्ठ तथा गणेश पाण्डे सम्मानित भईसकेका छन्  ।

Saturday, December 26, 2015

खुद्रा व्यापार संघद्धारा हरिहर आश्रममा सहयोग-Pokhara News

पोखरा १० पौष
खुद्रा व्यापार संघले ऐतिहासिक हरिहर गुफा सन्यास आश्रममा शुक्रबार सहयोग गरेका छन् ।  संघले आश्रममा रहेका माता, बटुक लगायतलाई कम्बल, आटाको पिठो, चिनि, चियापत्ति लगायतको सामाग्री हस्तान्तरण गरेको कार्यक्रमका संयोजक चुडामणि अधिकारीले जानकारी दिएका छन् । खुद्रा व्यापार संघ कास्कीका अध्यक्ष धनिराम बरालको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा हरीहर गुफा सन्यास आश्रमका व्यवस्थापन समितिका उपाध्यक्ष विष्णु बहादुर खत्री, खुद्रा व्यापार संघ कास्कीका उपाध्यक्ष चुडामणि अधिकारी र महासचिव मनोहर बहादुर के.सी. लगायतले आ–आफ्नो भनाइ राखेका थिए । आश्रममा रहेका माता तथा बटुकहरुले संघले चिसो मौसममा आफुहरुलाइ सहयोग गरेकोमा खुलेर प्रशंसा गरे । आफ्नो समस्याप्रति अझसम्म कसैको ध्यान पुग्न नसकेपनि संघले आफुहरुलाई सम्झिएकोमा उनीहरुले खुशी व्यक्त गरेका हुन् । झण्डै १५ हजार बराबरको सहयोग हस्तान्तरण गरिएकोमा कार्यक्रम संयोजक अधिकारीले व्यक्तिगत नगद तीन हजार सहयोग गरेका थिए । कार्यक्रममा संघका सचिव होमनाथ पराजुली, कोषाध्यक्ष रुद्रनाथ अधिकारी, सह–कोषाध्यक्ष बालाकृष्ण च्वाई,  सदस्य धन प्रसाद पौडेल, लेखा समिति सदस्य अनन्त नाथ अधिकारी, लोन उपसमिति सदस्य काशीराम सुवेदी लगायतको सहभागीता रहेको संयोजक अधिकारीले जानकारी दिएका छन् ।

Friday, December 18, 2015

पोखरामा शनिवार डिजेल वितरण गर्ने (कुन कनु पम्पबाट समेत ) Pokhara Fuel

 पोखरा, ३ पुस
नेपाल आयल निगम गगनगौडा डिपोले पोखरामा शनिवार डिजेल वितरण गर्ने भएको छ ।
जिल्ला आपुत्ति समितिको बैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ मिति २०७२।९।४ गते निम्नानुसार वितरण गर्ने निर्णय गरियो ।
लि. कैफियत
१. वेलकम ट्रेडर्स डिजेल ३०००
२. विन्दावासिनी आयल, लेखनाथ डिजेल ३०००
३.पश्चिमाञ्चल ट्रेडर्स लेखनाथ डिजेल ४०००
४.पृथ्वीरामार्ग पे.प्रा.लि. कास्की डिजेल ३०००
५. शुभजगदम्बा आयल स्टोर्स लेखनाथ डिजेल ४०००
६. इन्द्रज्योती आयल, लेखनाथ डिजेल ४०००
७. जुपिटर ट्रेडर्स, लेखनाथ डिजेल ८००० ४ के.एल. नेपाल आयल निगम, गगनगौडाको सिफारिसमा टं्याकरहरुको लागिमात्र
८. डि.आर.आयल, स्टोर्स डिजेल ४०००
९. श्रीओम पेट्रोलियम ट्रेडर्स, पोखरा डिजेल ३०००
१०. नमिता ट्रेडर्स, पोखरा डिजेल ४०००
११. गण्डकी पेट्रोेलियम कं, पोखरा डिजेल ३०००
१२. ऋषि एण्ड व्रदर्श, साझा, पोखरा डिजेल ६००० शैक्षिक प्रतिष्ठानहरुको लागिमात्र
१३. मनोकामना आयल स्टोर्स, पोखरा डिजेल ४०००
१४. शारदा आयल, पोखरा डिजेल ३०००
१५. नेशनल ट्रेडिङ्ग, पोखरा डिजेल ३००० ज्ब्ब्ल् को सिफारिसमा होटलहरुको जेनेरेटर संचालनको लागि २००० लि.
१६. पञ्चरत्न आयल पोखरा डिजेल ३०००
१७. हिमालयन पे.कं लि., पोखरा डिजेल ४०००
१८. अन्नपूर्ण आयल पोखरा डिजेल ४०००
१९. जगदम्बा आयल, पोखरा डिजेल ४०००
२०. वि.एस. आयल स्टोर्स, पोखरा डिजेल ४०००
२१. वृहस्पति आयल, पोखरा डिजेल ६००० शैक्षिक प्रतिष्ठानहरुको लागिमात्र
२२. अटो क्लिन, पोखरा डिजेल ४०००
२३. कालिका पेट्रोल पम्प, पोखरा डिजेल ४०००
२४.रानिपौवा आयल, पोखरा डिजेल ४०००
२५. बराल आयल, पोखरा डिजेल ४०००
२६. कालिका फ्यूल स्टेशन, पोखरा डिजेल
पेट्रोल १८०००
३००० ३ के.एल. अपरमादी हाइड्रो र १ के.एल. माउण्ट कैलास ईनर्जी कम्पनी, २ के.एल. पोखरा औद्योगिक क्षेत्र र १ के.एल. लेखनाथ औद्योगिक क्षेत्र एवं अत्यावश्यक सोवाको लागि
२७। विश्वास आयल डि, पोखरा डिजेल ४०००
२८। शागर आयल, पोखरा डिजेल ३०००
२९। उत्तम आयल , पोखरा डिजेल ३०००
३०। लान्द्रक पेट्रोलियम प्रा.लि.पोखरा
डिजेल ४०००
३१. पराजुली आयल, पोखरा डिजेल ४०००
३२. थापा आयल स्टोर्स, हेम्जा डिजेल ३०००
३३. जयवुद्ध आयल, पोखरा डिजेल ४०००
१. उपरोक्त पेट्रोल पम्पहरुबाट निम्नानुसारको सवारीहरुलाई अभिलेख राखी निम्नानुसार वितरण गर्ने र वितरणको विवरण जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेश गर्ने ।
डिजेल:
क. लामो दुरीको ट्रक, वस – रु. ६०००।– बराबरको
ख. ग्रामिण रुटमा चल्ने बस – रु. ४०००।– बराबरको
ग. मिनि वस – रु. ३५००।– बराबरको
घ. हायस बस – रु. ३५००।– बराबरको
ङ. नगरबस, वेगनास बस – रु. ३०००।– बराबरको
च. मिनि, मझौला र लोकल ट्रकहरु – रु.३०००।– बराबरको
छ. अन्य निजी डिजेल कार, जिपहरु – रु. २५००।– बराबरको
ज. ठूलो ट्याक्टरहरु – रु.२०००।– बराबरको
झ.साना ट्याक्टरहरु – रु.५००।– बराबरको
ञ. पर्यटन ठूला बसहरु रु. रु.६०००।– बराबरको
ट. पर्यटन साना सवारीहरु रु.२५००।– बराबरको
ठ. खुद्रा माल ढुवानी गाडीहरु रु.२०००।– बराबरको
२. मिति २०७२।९।४ गते वितरण हुने १३९ के.एल.डिजेल र ३ के.एल. पेट्रोल मिति २०७२।९।३ गते साझसम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।
४. वितरण मिति २०७२।९।४ गते विहान ८ बजे देखि शुरु हुने ।
५. सवारी धनीले व्लूबुक अनिवार्यरुपमा लिई आउनु पर्नेछ ।
६. कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।
(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्यज ,
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य
उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।

Wednesday, December 16, 2015

पोखरामा बिहिबार गृहलक्ष्मीको ग्यास बाड्ने (कुन ठाउँबाट समेत)

१. मिति २०७२/९/२ गते कास्की जिल्ला पोखरा क्षेत्रका निम्नानुसारका अधिकृत विक्रेताहरुको र्फमबाट गृहलक्ष्मी ग्यास ७.१ के.जि. तौलको वितरण गर्ने निर्णय गरियो


सि.नं.

गृहलक्ष्मी ग्याँस
विक्रेताको नाम,थर
स्थान
kl/df0f
भक्त गौरी सप्लायर्स
मासवार
!!#
डि.एन. आर
डिहिकोपाटन
@!%
भण्डारी टे«डर्स
जरेवर
!%)
के.टि. हाउस
पस्र्याङ
!%*
घिमिरे स्प्लायर्स
मिलनचोक
*%
वि.के. टे«डर्स
छोरेपाटन
(*
कृष्ण सप्लायर्स
औद्योगिक क्षेत्र
@#*
लिला स्टोर्स
नयागाउ
$$
पे्रमकृष्ण
फुलवारी
%@
१०
सोनिय सप्लायर्स
विराटा
!)!
११
किरण तिवारी
नदिपुर
!&#
१२
सर्मा सेवा
सिमलचौर
$&
१३
विशाल रेष्टुरेण्ट
आखा अस्पताल
%)
१४
आकृति अविरल
धारापानी
१५
युवराज प्रोभिजनल
अर्चलवोट
@@*
१६
कृति ईन्टरप्राईजेज
रानीपौवा
()
१७
अनुप स्टोर्स
पुरनधारा
!!(
१८
अनिश ग्यास सप्लायर्स
सृजनाचोक
!#*
१९
पुजा सप्लायर्स
सिमलचौर
@@^
२०
पौडेल किराना
लामाचौर
#)
२१
वस्नेत किराना
बाटुलेचौर
&)
  २. ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउने ।
३. प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छ ।
४. ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी पहिचानको प्रमाण लिई वितरण गर्ने ।
५. उपरोक्त तालिका बमोजिमको वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने ।
६. दिप क्षेत्रमा यथार्थ विवरण लिई १०० थान सिलिण्डर गृह लक्ष्मी ग्यास कम्पनीले उपलब्ध गराउने ।