Showing posts with label Nepali. Show all posts
Showing posts with label Nepali. Show all posts

Thursday, May 31, 2018

पर्वतमा आगलागी- Fire Home

मिति २०७५/०२।१६ गते राती अं. २१:०० बजेको समयमा जिल्ला पर्वत जलजला गाउँपालीका वडा नम्बर ७ लालुङ बस्ने तुल वहादुर बि.क.को ढुङगा माटोले बनेको खरले छाएको १तले कच्ची घरमा राती खाना बनाएर छोडेको आगो बाल-बच्चाले खेलाउने क्रममा अचानक घरमा सल्कीन गई आगोलागी हुँदा घर पुर्ण रुपमा जली नष्ट भएको छ । उक्त आगो रातीको १२  बजेको समयमा नियन्त्रणमा आएको छ । उक्त घटनाका विषयमा खबर प्राप्त हुनासाथ प्रहरी ली खटिगई बुझ्दा उक्त आगोलागीबाट घर तथा घरमा रहेको अन्नपात, लत्ताकपडा समेत जली अन्दाजी ७,००,०००(सात लाख)बराबरको क्षेती भएको छ ।

नवलपरासीमा सवारी दुर्घटना- Road accident in Nawalparasi Nepal

मिति २०७५।०२।१७ गते अ.११:३० बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुलि नगरपालिका १ केउरेनि स्थित पूर्व पश्चिम राजमार्गमा, नवरलपरासी डण्डावाट काठमाण्डौतर्फ जाँदै गरेको लु १७ प ७०६० नम्बरको मोटरसाईकल र नारायणघाटवाट नवलपरासी दलदले तर्फ आउदै गरेको बा १७ च ९७७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक नवलपरासी पूर्व कावासोति नगरपालिका १४ बस्ने वर्ष अन्दाजी २५को रमेश श्रेष्ठ र पछाडी सवार वर्ष ३६को किसान श्रेष्ठ घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ । कार, कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

Tuesday, May 22, 2018

विरेठाँटी मा.वीका विद्यार्थीलाई छात्रवृत्ति वितारण-Education News



पोखरा ७ जेठ ।

कास्कीको अन्नपुर्ण गाँउपालीका वडानम्बर  ८ स्थित विरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितारण गरिएको छ । 

सोमबार एक कार्यक्रममा बिच विद्यालयका १ सय ३५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितारण गरिएको हो । जिल्ला शिक्षा कार्यालय कास्कीको सहयोगमा वितारण गरिएको माध्यमिक जेहेन्दार तर्फ ९ जना, दलित तर्फ ३५ जना छात्र र आधारभुत तह तर्फका ६० जना दलित छात्र र ४२ जना छात्राहरुलाई वितारण गरिएको हो । 

विद्यार्थीहरुले जेहेन्दार तर्फ नगद १७ सय, दलित छात्रले ५ सय र आधारभुत तर्फका दलित विद्यार्थी तथा छात्राले नगद ४ सय रुपैयाँका दरले नगद प्राप्त गरेका छन् । कार्यक्रममा चिन बहादुर पियारी गुरुङ प्रतिष्ठान र विरेठाँटी क्यानोनिङ्ग प्रालीले सयुक्त रुपमा करिव ५० हजार बराबरको स्टेशनरी सामान वितारण समेत गरेको छ । वितारण कार्यक्रममा बोल्दै चिन बहादुर पियारी गुरुङ प्रतिष्ठानका अध्यक्ष पुर्ण बहादुर गुरुङले विद्यालयका विद्यार्थीहरुका लागि प्रतिष्ठानले गर्दै आएको सहयोगमा वृद्धि गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो । 

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सल्लाहकार एवम लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले विद्यार्थीको भविष्य देश संग जोडिने भन्दै शिक्षा प्रदान गर्न कुनै कन्जुस्याइ गर्न नहुने जिकिर गर्नुभयो । उहाँले विद्यालयको स्तरउन्नतिका लागि आफुँले सक्दो सहयोग गर्ने समेत बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होसियार सिँह गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा अन्नपुर्ण गाँउपालीका ८ का वडाध्यक्ष विजय गुरुङले विद्यालयमा क्याम्पस संचालन गर्ने अभियानमा आफुँ रहेको भन्दै सबेको सहयोग आवश्यक रहेको औल्याउनुभयो । विद्यालयका प्रध्यानाध्यापक प्रेम बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहप्रध्यानाध्यापक एकराज पौडेलले संचालन गर्नुभएको थियो । 

Wednesday, May 16, 2018

पर्यटकीय नगरी पोखरामा जनता टेलिभिजनको ब्यूरो कार्यालय स्थापना-Janata Television Pokhara-Nepal



 ओम हमाल

पोखरा २ जेठ २०७३ ।

पर्यटकीय नगरी पोखरामा जनता टेलिभिजनको प्रदेश नं. ४ स्तरको ब्यूरो कार्यालय शुभारम्भ भएको छ । ब्यूरो कार्यालयको आज एक समारोहका बीच प्रदेश नं. ४ का आर्थिक तथा योजना मन्त्री किरण गुरुङले गर्नुभयो ।

जनता टेलिभिजिनको ब्यूरो कार्यालयको शुभारम्भ गर्दै प्रदेश मन्त्री किरण गुरुङले प्रदेश नं ४ लाई समृद्ध प्रदेश बनाउनका लागि आवश्यक सुझाव, सल्लाह र सहयोग गर्न सबैसँग आव्हान गर्नुभयो ।

प्रदेश नं. ४ लाई समृद्ध बनाउन पर्यटनको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री गुरुङले त्यसको पूर्वाधारहरु निर्माण गर्न प्रदेश सरकार लागि परेको जानकारी दिनुभयो । नेपाल राज्यको बिस्तार प्रदेश नं. ४ बाट नै शुरु भएको दृष्टान्त अघि सार्दै वहाँले नेपालको सम्वृद्धि पनि प्रदेश नं. ४ बाट नै शुरु हुने जिकिर गर्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले अहिले स्थानीय तह र प्रदेशको विकासका लागि देखिएका चुनौती र सम्भावनालाई ध्यान दिएर नागरिक केन्द्रीत भई जनप्रतिनिधिले काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । मेयर जिसीले यदि अहिलेका जनप्रतिनिधिहरु असफल भ एभने नेपाल राज्य नै अुफल हुने हो कि भन्ने चिन्ता आफूलाई रहेको बताउनुभयो ।

जनता प्रकाशन तथा प्रशारण संस्थाका अध्यक्ष डा. बिजयकुमार पौडेलले जनता टेलिभिजिनले सबै वर्ग र क्षेत्रलाई समेटेर कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिरहेको जिकिर गर्नुभयो । वहाँले जनताद्वारा जनताका लागि समर्पित जनता टेलिभिजनलाई सबै प्रकारहको सहयोग र समर्थन गरिदिन आम व्यवसायी, उद्योगी, व्यापारी, विज्ञापनदाता, दर्शक र शुभेच्छुकहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा जनता प्रकाशन तथा प्रसारण संस्थाका कार्यकारी निर्देशक नारायण सुवेदी, विष्णु भट्टराई, जनता टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतले आ–आफ्ना भनाईहरु राख्नुभएको थियो ।

Tuesday, May 15, 2018

तल्लो सिमलबोट टोलमा यात्रु प्रतिक्षालय निर्माण

पोखरा १ जेठ 

पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ अन्र्तगत तल्लो सिमलबोट टोलमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ ।

    उक्त टोल स्थित निराजन चोकमा निर्मित प्रतिक्षालयको हालै एक समारोहकाबीच उद्घाटन गरिएको ढुङ्गेसाँघु आमा समूहका अध्यक्ष भीमा केसीले जानकारी दिईन् । आमा समूहका निवर्तमान अध्यक्ष जानुका (पार्वती) कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले प्रतिक्षालयले यात्रुहरुलाई सावरीधानको प्रतिक्षा गर्न सहज हुने बताईन् । कार्यक्रममा विशेष अतिथि एवं सामुदायिक खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष ललित बहादुर भण्डारी, तल्लो सिमलबोट टोल विकास संस्थाका अध्यक्ष प्रेम बहादुर थापा, श्रृजना तमु समाजका अध्यक्ष हरिबहादुर गुरुङ, गलेश्वर यूवा क्लबका अध्यक्ष आशिष भण्डारी, टोल विकास संस्थाका उपाध्यक्ष गणेश भण्डारी लगायतले मन्तव्य राखेका थिए । 

सो अवसरमा प्रतिक्षालय निर्माणका लागि सहयोग गर्ने तल्लो सिमलबोट टोल विकास संस्थाका उपाध्यक्ष गणेश भण्डारी, स्थानीय भीम बहादुर थापा र केदार केसीलाई सम्मान समेत गरिएको थियो ।

समूहका अध्यक्ष भिमादेवि खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमा थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने सचिव सरु अधिकारीले गरेकी थिईन् ।

Monday, May 14, 2018

पोखरामा गुरुङ भाषा लेखन शैली तालिम सुरु- Gurung language writing style starts in Pokhara

बैशाख २९, 
पोखरा । पोखरामा २ दिने गुरुङ भाषा लेखन शैली तालिम सुरु भएको छ । गुरुङ भाषाको संरक्षण गर्ने उद्देश्यले तमु संचारकर्मी संघ, कास्कीको आयोजना, हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा तमु प्ये ल्हु संघ केन्द्रिय महिला समिति, पोखराको बिशेष सहयोगमा सुरु भएको कायक्रमको  एक समारोहको विच शनिवार उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेह नम्बर ४ का प्रदेशसभा सभासद् माननिय मिना गुरुङले पानसमा दियो प्रज्वलन गरी गरेकी थिईन । २ दिन सम्म चल्ने तालिममा बुद्धी गुरुङले प्रशिक्षण दिनेछन् भने ५० जना प्रशिक्षार्थीको सहभागिता रहको छ । तालिममा गुरुङ भाषाको लिपि सम्बन्धी जानकारी दिईने साथै लेख्न पनि सिकाईने तमु संचारकर्मी संघ, कास्कीका अध्यक्ष शान्ति गुरुङले बताईन । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि मिना गुरुङले सिकेका कुरालाई ब्यावहारमा उतार्न सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै गुरुङ भाषाको संरक्षणको लागी आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताईन् । 
सोही अवसरमा प्रमुख अतिथि तथा प्रदेश नम्वर ४ का सभासद मिना गुरुङलाई सम्मान पनि गरिएको थियो । गुरुङ समुदायबाट प्रदेशसभामा निर्वाचित हुन सफल भएकोमा तमु संचारकर्मी संघ केन्द्र र जिल्लाले संयुक्त रुपमा माननिय गुरुङलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो । कार्यक्रममा तमु प्हे ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङ, तमु प्हे ल्हु संघ महिला कार्य समितिका केन्द्रिय अध्यक्ष पुष्पा गुरुङ, तमु संचारकर्मी संघका सल्लाकार तथा पूर्वअध्यक्ष हुम गुरुङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । 
तमु संचारकर्मी संघ, कास्कीका अध्यक्ष शान्ति गुरुङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष शिला गुरुङले गरेकी थिईन भने सञ्चालन सचिव सुरज गुरुङले गरेका थिए । 

संघीयता विरुद्धको राष्ट्रिय अभियानको अन्तरक्रिया कार्यक्रम सम्पन्न-Pokhara News Nepal

पोखरा, ३१ बैशाख । 
संघीयता विरुद्धको राष्ट्रिय अभियान केन्द्रीय समितिको आयोजनामा संघीयता, राष्ट्रियता र प्राकृतिक सम्पदा (जलस्रोत) का विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीले संघीयता खारेज नभएर लागू भयो भने संघीयताले नेपाल खारेज गर्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक भेषमा साम्प्रदायिक दङ्गा मच्चाउन र नेपालको जलस्रोत अरुण तेस्रो लिन आएका हुन्, संविधान जारी गर्न नदिने र जारी भैसकेपछि गर्न लागू गर्न नदिने, भुकम्पले आहाल भएका नेपाली जनताहरुलाई राहत दिनुको सट्टा नाकाबन्दी लगाउने मोदी कसरी धार्मिक हुन्छन् भन्ने टिप्पणी गर्नुभयो । 
उहाँले अरुण तेस्रो चोर बाटोबाट मोदीलाई कन्यादान दिने ओली सरकारको काम राष्ट्रघाती भएको बताउनुभयो । जनतालाई सचेत बनाएर अगाडि बढे नेपाली जनताले राष्ट्रियताको रक्षा गर्न सक्ने भएको हुँदा हामी आउका छौं, त्यसैले यस महान अभियानमा लाग्न सम्पूर्ण देशभक्त जनसमुदायसँग अपिल गर्नुभयो । 
त्यसैगरी राष्ट्रिय अभियानका केन्द्रीय सदस्य जलस्रोत विद् दिपक ज्ञवालीले आफू जनताको अधिकारका लागि विकेन्द्रीकरण होइन बहुराष्ट्रियकरण गर्ने जातीय, क्षेत्रीय विखण्डन ल्याउन सक्ने हुँदा आफू संघीयता विरुद्धको अभियानमा लागेको बताउनुभयो । आजको एक्काइसौं शताब्दीको युगमा पानी वा जलस्रोत नै कसले हात पार्ने भन्ने लडाई चलिरहेको सन्दर्भमा व्रिटिस इण्डियाकालदेखि नै नेपालको जलस्रोत माथि आफ्नो अधिपत्यता कायम राख्ने सिलसिलामा अरुण तेस्रो सम्झौता गरेको दावा गर्नुभयो । उर्जा मन्त्रालयको अधिकार नेपालको संविधानको गैरकानुनी रहेको बताउनुभयो । 
अर्का वक्ता नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी.ले पार्टीले संघीयता स्वीकार गरे पनि व्यक्तिगत रुपमा आफूले स्वीकार गर्न नसक्ने र यो असफल हुने बताउनुभयो ।
अभियानका केन्द्रीय सदस्य कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रीय सदस्य भैरबराज रेग्मी र संचालन प्रदेश नं. ४ का अध्यक्ष शंकर बरालले गर्नुभएको थियो ।