Showing posts with label National. Show all posts
Showing posts with label National. Show all posts

Thursday, February 3, 2011

LIONS CLUB OF POKHARA MUNAL FREE CATARAT SURGERY CAMP

                  लायन्स क्लव अफ पोखरा मुनालको आयोजना

सामुदायिक सेवा केन्द्र वगरको सहआयोजना, हिमालय आँखा अस्पताल धारीपाटनको प्रविधिक सहयोग, देउराली डाँडा टोल सुधार समितिको भदौरेको स्थानिय व्यवस्थापनमा कास्की जिल्ला भदौरे तमागी गा.वि.स. वडा नं १ स्थित वहादुरे मा.वि.को प्रागणमा एक दिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भयो ।
          सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीकी अध्यक्ष सुश्री सिता गुरुङ्ग को प्रमुख आतिथ्थतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ पोखरा मुनालका अध्यक्ष लायन चन्द्र वहादुर कुँवरले गर्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र वगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले स्वागत मन्तव्य राख्दै लायन्स क्लव तथा सामुदायिक सेवा केन्द्र दुवै सामाजिक सेवामा समर्पित संस्था भएकोले सहकार्य गरि कार्यक्रम ल्याइएको भन्दै स्थानियवासीको सहयोग भएको खण्डमा दुवै संस्थावाट भविश्यमा अन्य कार्यक्रमहरु प्नि ल्याउन सकिने जानकारी दिनुभयो । कार्यक्रम संयोजक लायन राजु अधिकारी, सामुदायिक सेवा केन्द्र वगरका सल्लाहकार तथा एडस् रोग नियन्त्रण संध कास्कीका अध्यक्ष श्री विश्वमोहन गौचन, श्री वहादुरे मा.वि. व्यवस्थापन समितिका अध्यक्ष सुवेदार चित्रवहादुर गुरुङ्ग, विद्यालयका प्रधानाध्यापक श्री रामप्रसाद पौडेल, लायन गुणखर सुवेदी लगाएतले मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन लायन्स मुनालका सचिव ला. दिलिप सुवेदीले गर्नुभएको थियो ।
       उक्त आँखा शिविरमा २३० जनाले आँखा जाँच गराई आवश्यकता वमोजिमको चस्मा तथा औषधीहरु निःशुल्क रुपमा वितरण गरिएको र ६ जना मोतियाविन्दु भएका विरामीहरुलाई पोखरा स्थित हिमालय आँखा अस्पतालमा ल्याई मोतियाविन्दुको अपरेशन गरियो । साथै भर्ना भएका विरामीलाई खान वस्न अपरेशन औषधी सहित लाने ल्याउन व्यवस्था समेत निःशुल्क रुपमा गरिएको थियो ।

Friday, September 10, 2010

Crime News Report ,Pokhara


सामाजिक अपराध तथ्यांक बिवरण : (२०६७ वैशाख देखि हालसम्म )

मुद्धा बिवरण वैशाख जेष्ठ आषाढ श्रावण भाद्र
जुवातासमा पक्राउ संख्या ६२ ५९ ५३ ९५ ५४
मुद्धा चलाईएको संख्या ८ – – – –
छाडिएको संख्या ५४ ५९ ५३ ९५ ५४
गुण्डागर्दी पक्राउ संख्या ३४ ४९ २३ ४७ २४
मुद्धा चलाईएको संख्या १२ १७ ९ ८ ११
छाडिएको संख्या २२ ३२ १४ ३९ १३
वेश्यावृत्ति पक्राउ संख्या ४० ५५ ५१ ३२ ४४
मुद्धा चलाईएको संख्या २६ ३१ २२ १९ २३
छाडिएको संख्या १४ २४ २९ १३ २१
सामाजिक विकृति फैलाउने, होहल्ला गरि अशान्ति मच्चाउने, मादक पदार्थ सेवन गर्ने । पक्राउ संख्या २४० २७७ १६५ १४० १३२
मुद्धा चलाईएको संख्या ५६ ४३ ३६ २० १७
छाडिएको संख्या १८४ २३४ १२९ १२० ११५


– जुवातास, गुण्डागर्दी, वेश्यावृत्ति जस्ता सामाजिक अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कारवाही गर्दा आषाढ महिना देखि क्रमश घट्दो रुपमा अपराध भएको देखिन्छ ।

– जुवातास, गुण्डागर्दी, वेश्यावृत्ति तथा सामाजिक विकृति फैलाउने, होहल्ला गरि अशान्ति मच्चाउने, मादक पदार्थ सेवन गरी हिडने १६७६ जनालाई पक्राउ गरिएकोमा विभिन्न अपराधमा कारवाही चलाईएको संख्या ३५८ जना र बाँकीलाई १३१८ जनालाई अव आईन्दा उल्लेखित किसिमको गल्ति नगर्ने शर्तमा कागज गराई छाडिएको ।





अन्य गतिविधि ः

– तिज तथा आगामी अन्य पर्वका लागि विशेष प्रहरी परिचालन

– त्यगचष्कm थ्भबच द्दण्ज्ञज्ञ को लागि सम्बन्धित सरोकारवालासँग छलफल अन्तकृया, बढाई आवश्यक थप व्यवस्था गरिदै आएको । त्यगचष्कत ँचष्भलमथि एयष्अिभ को अवधारणा अघि सारिएको ।

– रेष्टुरेण्ट÷होटल, डान्स रेष्टुरेण्ट माथिको उचित व्यवस्थापन तथा शान्ति सुरक्षा व्यवस्थामा थप सुदृढ गर्नेलाई जिल्ला प्रशासन, राजश्व अनुसन्धान, घरेलु तथा नगरपालिका सँग समेत समन्वय गरि सुरक्षा व्यवस्था मिलाईएको ।


मिति २०६७।१।१ गते देखि हालसम्म घटित मुद्धाहरुको मासिक तथ्यांक बिवरण ः

वैशाख जेष्ठ आषाढ श्रावण भाद्र
जघन्य अपराध २१ १५ १३ १६ ११
आत्महत्या सम्बन्धी ११ ७ १४ १२ ४
सार्वजनिक अपराध २४ ३० ४२ ३२ १८


– जघन्य अपराध तथ्यांकलाई तुलानात्मक हिसावले हेर्दा वैशाखमा २१ वटा, जेष्ठमा १५, आषाढमा १३ रहेको छ भने भाद्रमा महिनामा उक्त अपराध घटेर ११ मा पुगेको छ ।
– त्यसै गरि सार्वजनिक अपराधमा वैशाखमा २४, जेष्ठमा ३०, आषाढमा ४२ वटा घटना भएकोमा श्रावण ३२ र भाद्रमा घटेर १८ वटा घटना मात्र घटेको छ ।
– कर्तव्य ज्यानको घटनामा वैशाख महिनामा ४ वटा तत्पश्चात श्रावण सम्म १÷१ वटा घटना भएकोमा भाद्र महिनामा कुनै घटना नघटेको ।
– लागू औषध कारोवारमा वैशाखमा १२ वटा अपराध भएकोमा भाद्रमा आएर ५ वटा मात्र अपराध भएको ।
– चोरीको घटना जेष्ठ र आषाढ महिनमा ४÷४ वटा अपराध भएकोमा श्रावण र भाद्र महिनामा १÷१ वटा मात्र भएको छ ।
– ज्यान मार्ने उद्योग घट्ना वैशाख महिनामा २ वटा भएकोमा तत्पश्चात हालसम्म कुनै पनि घटना नघटेको ।




प्रहरी कारवाही बिवरण

१) मिति २०६७।५।८ गते दिउँसो कास्की जिल्ला लेखनाथ न.पा. वडा नं. ६ स्थित कच्ची सडकमा मोटरसाईकलमा आएका अज्ञात व्यक्तिहरुले फायर गरि तत्काल फरार रहेकोमा पिछा गर्दे जाँदा ले.न.पा. वडा नं. १२ गगनगौडा बस्ने वर्ष २४ को सन्तोष भनेर चिनिने सुरेन्द्र गुरुङ्गलाई जि. कास्की थुम्की गा.वि.स. वडा नं. १ पुलचोकमा आधुनिक पेस्तोल र गोली राउण्ड ५ सहित पक्राउ गरि हातहतियार तथा खरखजना मुद्धामा अनुसन्धान भईरहेको । सोही घट्नामा संलग्न ले.न.पा. १२ गगनगौडा बस्ने वर्ष अं. २६।२७ को मोहन पुन फरार रहेकोमा निजको खोजतलास भईरहेको ।
२) मिति २०६७।५।९ गते जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ७ नुवारथोक स्थित एकान्त ठाउँ र सुनसान स्थानमा लुकि एक्लै हिडने महिलाहरुलाई रोकी डर, धाक, धम्की दिई निजहरुले प्रयोग गरेका गरगहनाहरु लुटने कार्यमा संलग्न जि. कास्की सिन्दुजुरे ७ बस्ने वर्ष २८ को चन्द्र प्रसाद गुरुङ्ग लाई पक्राउ गरि जवरजस्ती चोरी मुद्धामा अनुसन्धान भईरहेको ।

३) मिति २०६७।५।१७ गते बेलुका जि. कास्की पुम्दीभुम्दी गा.वि.स. वडा नं. ७ बस्ने वर्ष ३४ को जुम बहादुर गुरुङ्गले होटलमा काम गर्ने वर्ष १५ कि बालिकालाई ललाई फकाई प्रलोभनमा पारी ट्याक्सीमा राखी स्याङ्गजा जाने बाटोको एकान्त ठाउँमा लगि जवरजस्ती करणी तथा अप्राकृतिक मैथुन समेत गराएको हुँदा निजलाई मिति २०६७।५।२२ गते पक्राउ गरि जवरजस्ती करणी मुद्धामा अनुसन्धान कार्य भईरहेको ।

४) मिति २०६७।५।२० गते अं. १४:०० बजेको समयमा रसियन नागरिकहरु ल्बतबष्थिब ल्बतगकयखब र म्mष्तचष्थ द्यष्नभ लाई स्तुपा जाँदै गरेको अवस्थामा एकान्त ठाउँपारी चक्कु देखाई लुटपाट गरी भागेका म्याग्दी घर भएका कुसल बहादुर कुमाल, कास्की सेदीबगर बस्ने लक्ष्मण नेपालीलाई डुंगा चढी भाग्दै गरेको अवस्थामा चक्कु सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय बैदाम कास्कीमा राखी अनुसन्धान भई रहेको ।
५) मिति २०६७।५।२२ गते पोखरा १३ गौडाकोमुख चोक स्थित सलिम मियाको घर सुत्ने कोठा तलासी लिने क्रममा सलिम मियाले करिष्मा कस्मेटिक सेतो प्लाष्टिकको झोला भित्र प्रभात खवर भारत पत्रिकाले बेरेको नाईट्रोभ्याट चक्की ६०० थान, नोकिया मोवाईल २७०० मोडेलको थान १, नगद रु. ३,१६५।– र निजको घरमा बसेका विरगंज नगरपालिका वडा नं. २ बस्ने वर्ष ४० को राजा हुसेन (छोटे बाबु) ले लगाएको रेनकोटको ज्याकेटको दायाँ गोजी भित्र लुकाई राखेको हिन्दी पत्रिका भित्र वेरी राखेको अवस्थामा नर्फिन ईन्जेक्सन ४० थान र बायाँ पट्टिको गोजी भित्र ४० थान डाईजापाम समेत वरामद गरी निजहरुलाई ला.औ. मुद्धामा अनुसन्धान कार्य भईरहेको ।
६) पोखरा उप.म.न.पा. वडा नं. ६ डिहीकोपाटन बस्ने चित्र बहादुर बि.क.को श्रीमती बिष्णु माया बि.क.ले छोरा प्रसान्त र प्रतिक बि.क. समेतलाई साथमा लिई २०६७।३।१५ गतेबाट हराई बेपत्ता भएको घट्ना सम्बन्धमा खोजतलासको लागि वडा प्रहरी कार्यालय बैदामबाट प्र.स.नि. बालकृष्ण देवकोटाको कमाण्डमा खटिएको प्रहरी अधिकृत तथा पीडित समेतको संयूक्त प्रयासबाट निज महिला समेतको खोजतलास गर्ने क्रममा मिति २०६७।५।१० गते भारतको हाँसीमारा जाल्पेगुडी १३ नम्बर विज बगान भन्ने स्थानमा निज बिष्णु माया बि.क.को सहोदर दिदिको घरमा भेटिएको र मिति २०६७।५।१२ गते यस कार्यालयमा ल्याई निजको श्रीमान चित्र बहादुर बि.क.लाई जिम्मा लगाई बुझाईएको ।

Wednesday, September 8, 2010

Crime News Report ,Pokhara


राती अन्दाजी २०:०० बजेको समयमा कास्की जिल्ला ,पोखरा ...पा .वडा नं . बाग्लुङ्गबसपार्क स्थित होटल तथा रेष्टुरेन्टहरुमा चेकजांच गर्ने क्रममा उक्त होटल तथा रेष्टुरेन्टहरुमा संकित अवस्थामा फेला पारी सविता गुरुङ्ग, पूर्ण परियार, रविन्द्र अधिकारी, राज कुमार सुनार,डेवीट वानीयां, प्रेम तामाङ्ग, गणेश अधिकारी, शेकनुर हुसेन, निशा लामा, उषा श्रेष्ठ, अश्मिता भण्डारी, स्मृती लामा पुजा रावतलाई अनुसन्धानका लागी यस कार्यालयमा ल्याईएकोमा अनुसन्धान पश्चात सविता गुरुङ्ग पूर्ण परियारलाई केही सार्वजनिक अपराध मुद्धामा मुद्धा चलाईएको भने बांकीलाई सम्झाई बुझाई जिम्मा जमानीमा छाडीएको

Thursday, September 2, 2010

लायन्स क्लब अफ पोखरा मुनाल द्धारा यूरोगार्ड तथा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न

 लायन्स क्लब अफ पोखरा मुनाल द्धारा पोखरा–१, टुडिखेल स्थित बालज्योति प्रा.वि.लाई आज एक कार्यक्रमका बिच यूरोगार्ड तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमका सभापति तथा लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष एम.जे.एफ. ला. चन्द्रबहादुर कुँवर तथा प्रमुख अतिथि अस्मिता स्टेशनरीका प्रोपाइटर श्री भगवान पोखरेलले विघालय व्यवस्थापन समितिका अध्यक्ष श्रीमती शारदा पराजुली तथा विघालयका प्र.अ. श्री रमेश प्रसाद अधिकारीलाई संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरियो । कार्यक्रममा ध्वजाको वन्दना ला. राजन गोङजुले स्वागत तथा कार्यक्रम बारे जानकारी क्लबका द्धितिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक ला. तेजनारायण पराजुलीले गर्नु भएको थियो । उक्त कार्यक्रममा मन्तव्य क्लबका प्रथम उपाध्यक्ष ला. राजु अधिकारी, विघालयका प्र.अ. रमेशप्रसाद अधिकारी, विघालय व्यवस्थापन समितिका श्रीमती शारदा पराजुली, क्लबका अध्यक्ष ला. चन्द्रबहादुर कुँवर, प्रमुख अतिथि श्री भगवान पोखरेल तथा क्लबका सचिव दिलिप सुवेदीले कार्यक्रम संचालन गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा विघार्थीहरुलाई मिठाई वितरण गरिएको थियो ।

Tuesday, August 3, 2010

IMPORTANT CRIME NEWS KASKI

                                                       मुख्य मुख्य घट्ना बिवरण
– मिति २०६७।०३।०९ गते राती जि. कास्की पोखरा उ.म.न.पा.वडा नं.– ५ प्रस्याङ स्थित १५० पियरको टेलीफोन केवुल तार चोरी भएको वारदातमा समलग्न अभियुक्तहरुको खोजतलासको क्रममा मिति २०६७।०३।२० गते नेपाल टेलीकमको केवुल तार १०.२० मिटर र १.११ मिटर सहित कृष्ण खत्री र शुरज खड्का निजहरुले तार विक्री गरेका व्यक्ती अनन्त महत्तोलाई समेत पक्राउ गरी यस कार्यालयको सम्पुर्ण अनुशन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय कास्की मार्फत अभियोग पत्र सहित मिति २०६७।०४।१६ गते सम्मानित कास्की जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशानुसार निज प्रतिवादीहरु मध्य शुरज खड्कालाई रु १०,००,०००।– र कृष्ण क्षेत्रीलाई रु १०,०००।– धरौटी माग भएकोमा उक्त धरौटी राख्न नसकी कारागार कास्कीमा गएको र अनन्त महत्तोलाई रु २५,०००।– धरौटीमा छुटेको ।
– मिति २०६७।०३।१९ गते विहान ०८:३५ वजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.–१७ हिमालीटोलमा दिपेश गुरुङको ग ४ प ७०७३ नं. को मोटर साईकल अनुमती पत्र नभएका सुजन श्रेष्ठले चलाई हिंडेकोमा सो मोटरसाईलले वर्ष–६ की आशिका थापालाई ठक्कर दिई शख्त घाईते भएकोमा उपचारको क्रममा मृत्यु भएको सवारी ज्यान मुद्धामा अनुशन्धानको क्रममा यस कार्यालयको सम्पुर्ण अनुशन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय कास्की मार्फत मिति २०६७।०४।१४ गते सम्मानित कास्की जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशानुसार सवारी चालक अनुमती पत्र नभएका सुजन श्रेष्ठलाई पुपक्षेका निमित्त कारागार कार्यालय कास्कीमा थुनामा गएको ।

– मिति २०६७।०३।१९ गते दिन १०:५५ वजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.–७ राष्ट्रवैक अगाडी शृजनाचोकवाट गई रहेको ईन्द्र वहादुर गन्द्रामा मगरले चलाएको ग.१ ख. १८६० नं.को माईक्रोवसले राष्ट्रवैकचोवाट आफ्नै साईडमा आउदै गरेको शिशिर भन्ने विजय थापामगरले चलाएको ग ३ प ५१६४ नं.को मोटरसाईकललाई ठक्कर चालक शिशिर भन्ने विजय थापा र सो मोटरसाईकलमा सवार रहेकी रोजी गुरुङ गम्भीर घाईते भएकोमा उपचारको क्रममा धाईते विजय थापामगरको उपचारको क्रममा मृत्यु भएको र धाईते रोजी गुरुङको हाल काठमाण्डौ न्यूरो अस्पतालमा उपचार भै रहेको सवारी ज्यान मुद्धामा अनुशन्धानको क्रममा यस कार्यालयको सम्पुर्ण अनुशन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय कास्की मार्फत मिति २०६७।४।१४ गते सम्मानित कास्की जिल्ला अदालतमा पेश भएकोमा सम्मानित अदालतको आदेशानुसार निज प्रतिवादी ईन्द्र बहादुर गन्द्रमा मगर पूर्पक्षको लागि थुनामा गएको ।



Sunday, August 1, 2010

नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन

नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन कार्यक्रममा केन्द्रीत भएको छ । पार्टी विधानले व्यवस्था गरेको नयाँ प्रावधान अनुसार कास्कीबाट ४ जना राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य चयन हुँदैछन् । प्रत्येक निर्वाचन क्षेत्रबाट १/१ जनाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको प्रतिनिधित्व गर्नेछन् । नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन कमिटीले निम्नानुसार निर्वाचन मिति र उमेदवारी दर्ताको कार्यक्रम अघि सारेको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ को निर्वाचन साउन २१ गते, निर्वाचन क्षेत्र नं. २ को निर्वाचन साउन १९ गते, निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन साउन १७ गते, निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन साउन २३ गते दिनको ११:०० बजेदेखि ३:०० बजेसम्म हुनेछ । उमेदवारी दर्ता प्रत्येक निर्वाचन क्षेत्रको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका उमेदवारले निर्वाचन हुने अघिल्लो दिनको ११:०० बजेदेखि १:०० बजेसम्ममा कमिटी समक्ष आवेदन दर्ता गरिसक्नु पर्नेछ । राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका लागि नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. ३ अन्तरगतका नगरका वडा, गाउँ र बुद्धिजीवी, मजदुर विशेष इलाकाका सबै शाखाहरुको प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भएका छन् । त्यसैगरी क्षेत्र नं.१, २ र ४ का स्थानीय कमिटीबाट पनि निर्वाचनका लागि प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भैरहेका छ ।

सूर्यचन्द्र विकास समाजको चियापान तथा आर्थिक सहयोगदातालाई सम्मान

पोखरा–५, मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजले स्थापनाको १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा शनिवार एक चियापान समारोहको आयोजना ग¥यो । त्यसैगरी सूर्यचन्द्र विकास समाजद्वारा निर्माणाधीन शहीद स्मृति पुस्तकालय भवनका लागि आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुलाई दोसल्ला ओढाई सम्मान गरेको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ नेपाल संगीत नाट्य एकेडेमी एवं बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले सूर्यचन्द्र विकास समाजले समाज परिवर्तनमा पु¥याएको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै नमूना पुस्तका भवन निर्माणको विषयले सबै शिक्षा र सचेतनाप्रेमीहरुलाई उत्साही बनाएको बताउनुभयो । विशिष्ट अतिथि रेडियो अन्नपूर्णका स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले पुस्तकालय निर्माणमा स्थानीय समाजसेवी, उद्योगपति, व्यवसायी सबै क्षेत्रबाट स्वेच्छिक ज्ञान महायज्ञको रुपमा सहयोग जुट्नु उदाहरणीय भएको बताउँदै सबै क्षेत्र, तहबाट निर्माणलाई सहयोग हुने विचार राख्नुभयो । सम्मान कार्यक्रममा एनेकपा माओवादीका वडा इन्चार्ज माधव पोखरेल, नेपाली काँग्रेस वडा इकाई सभापति भरत पौडेल, नेकपा एमाले वडा कमिटी अध्यक्ष उज्वल खत्रीले पुस्तकालयको निर्माणलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पुस्तकालय नमूना पुस्तकालय बन्ने विचार राख्नुभयो । त्यसैगरी गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, सूर्यचन्द्र विकास समाजका पूर्व अध्यक्ष सरोज कोइराला, सल्लाहकार धर्मराज अधिकारी, साहित्यकार छवि सुवेदी ‘विजयी’ लगायतका व्यक्तित्वहरुले पुस्तकालयको महत्व र स्रोतसाधन सम्पन्न पुस्तकालयको निर्माण समयको माग भएको बताउनुभएको थियो । जनस्तरबाट आर्थिक सहयोग पु¥याउनुहुने सहयोगदाताहरुलाई सूर्यचन्द्र विकास समाजका अध्यक्ष राजुप्रसाद सुवेदी, कार्यकारी निर्देशक धनबहादुर नेपाली, उपाध्यक्ष लक्ष्मण कोइरालाले बधाई व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव बसन्तराज भण्डारीले गर्नुभएको थियो । भवन निर्माणलाई सहयोग स्वरुप पुष्पज्योति ढुङ्गानाबाट २० हजार, केदारप्रसाद कोइरालाबाट २ हजार २ सय २२, दुर्गाबहादुर/कृष्णदेवि थापाबाट १० हजार १, सरोज कोइरालाबाट १५ हजार ५ सय ५५, सूर्यप्रसाद आचार्यबाट ५ हजार १, भोला ढकालबाट १० हजार १ सय, बसन्तराज कोइरालाबाट १० हजार ५ सय ५, क्या.लालकाजी गुरुङ्गबाट ५ हजार ५ सय पच्चीस, डिल्लीराम शर्माबाट ५ हजार १ सय ५५, इ.अरुण पौडेलबाट १ हजार, दीपक कोइरालाबाट १० हजार १ सय ११, हरिप्रसाद पराजुली (राम) बाट ११ हजार ३ सय ७७, शिवप्रसाद पराजुलीबाट १५ हजार ५ सय ५५, होमबहादुर रानाबाट २ हजार ५ सय ५०, विष्णुप्रसाद बरालबाट ११ हजार १ सय ११, विश्वनाथ पराजुलीबाट ५ हजार १ सय ५, भूमिन्द्र बरालबाट २ हजार १, उमानाथ बरालबाट ५ हजार ५०, प्रदीप गुरुङ्गबाट ३ हजार, चिरन्जीवीराज कोइरालाबाट ५ हजार ५ सय ५५, शिवप्रसाद अर्यालयबाट ५ हजार १ सय, चिन्तनशील महिला समूहबाट ५ हजार १५, हरिप्रसाद पौडेलबाट १ हजार ५ सय १५, छवि सुवेदीबाट २ हजार ७, नेत्रनारायण सुवेदीबाट १ हजार ५, यज्ञप्रसाद बास्तोलाबाट ५ सय, सुवास अधिकारीबाट ५ सय, सावित्री नेपालीबाट ५ हजार १ सय ५०, लक्ष्मी पौडेलबाट १ हजार १०, कृष्णप्रसाद बराल ५ हजार ५, कमला गौतम ५ हजार ५, माधव पोखरेलबाट १ हजार १ सय ११, बाबुराम कोइरालाबाट १ हजार १ सय १, नेत्र ज्ञवालीबाट ११ हजार १ सय ११, विष्णुदेवि श्रेष्ठबाट २ हजार १०, टुकलाल नेपालीबाट १ हजार २०, लक्ष्मीप्रसाद अधिकारीबाट १ हजार, चन्द्रप्रकाश सुवेदीबाट १ हजार २०, नुनेन्द्र शाहबाट १३ हजार १ सय २५ समेत गरी हालसम्म १० लाख ३ हजार ८९ अर्थ संकलन भएको छ ।

Thursday, July 29, 2010

Crime News Report ,Pokhara


                                                       अपहरणमा परेका भन्ने व्यक्तिको उद्दार
 मिति २०६७//१५ गतेदेखि अपहरणमा परेका भन्ने लुम्बिनि अञ्चल, नवलपरासी जिल्ला, नारायणी गाविस, दाउनबारी बस्ने बर्ष २३ को ठाकुर भण्डारीलाई कास्की प्रहरीले उद्दार गरेको असार १५ गतेदेखि घरबाट बेपत्ता भएका भण्डारीले घरमा पटक पटक आफू अपहरणमा परेको अपहरणबाट मुक्त गर्न भनी क्ःक् पठाएका थिए निजले ९८४७०२४१८६ नम्बरको मोबाइलबाट आफ्नो दाजु सुन्दर भण्डारीको ९७४७००९१७३ नम्बरको मोबाइलमा त्यस्तो क्ःक् पठाएका थिए सो पश्चात आत्तिएका भण्डारीको परिवार निजको खोजीको क्रममा जिप्रका कास्कीमा आएपछि जिप्रका कास्कीका प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको नेतृत्वमा खटिएको टोलीले निजलाई आज अन्दाजी दिनको १३:३० बजे पोखरा ११, फूलबारीबाट उद्दार गरेको हो ठाकुर भण्डारीले क्ःक् पठाउन प्रयोग गरेको मोबाइल नम्बरको टावर परीक्षण गर्दा फूलबारी रानीपौवा एरिया देखिएपछि सोही एरियामा व्यापक रुपमा हामीहरु परिचालित भयौं निजलाई उद्दार गर्न सफल भयौंप्रहरी निरीक्षक गुरुङले भन्नुभयो निज भण्डारी असार १५ गते घरबाट बुटवल जान्छु भनि हिडेकोमा त्यता नगई सिधैं पोखरा आएको फूलबारीमा रहेको निजको साथीहरु विशाल ढकाल, योगेश मगर गणेश देवकोटाको कोठामा बसेको अवस्थामा पाइयो निजलाई प्रारम्भिक अनुसन्धान गर्दा उक्त क्ःक् आफैले पठाएको भन्ने खुल्न आएको, तर के कति कारणले आफैले आफु अपहरणमा परेको क्ःक् पठाएको हो सो सम्बन्धमा थप अनुसन्धान भइरहेको ”– प्रहरी निरीक्षक गुरुङले थप्नुभयो त्यस्तै निजका तीनजना साथीहरुलाई पनि सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको निज ठाकुर भण्डारी बुटवल स्थित लिटस् क्याम्पसमा ऋःब् मा अध्ययनरत छन्



Saturday, July 24, 2010

पाँच दिने उद्घोषण तथा बैठक सञ्चालन तालिम सम्पन्न



टोल विकास संस्था वडा समन्वय समिति पोखरा १० को आयोजनामा जनप्रिय समाज वातावरण सुधार समिति जनप्रियटोल पोखरा १० मा संस्थाका अध्यक्ष सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा पाँच दिने उद्घोषण तथा बैठक सञ्चालन तालिम सम्पन्न भयो वडा समन्वय समिति अन्तगत रहेका बीस वटा टोलमा रहेका आमासमुहका पदाधिकारीहरु ४८ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा बैठक कसरी
सञ्चालन, व्यवस्थापन गर्ने कार्यक्रम कसरी बनाउने भन्ने बारेमा रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्णथापा स्टेशन मेनेजर लक्ष्मीनारायण देवकोटा महिला सामाजिक कार्यकर्ता सामुदायीक सेवा केन्द्र जिल्ल समन्वय समितिका अध्यक्ष सिता गुरुङ्, गाउँनगर विकास साझेदारी कार्यक्रमका शाखा अधिकृत श्री दुर्गा न्यौपाने लगाएतले प्रशिक्षण दिनुभएको थियो तालिम समापन समारोहका प्रमुख अतिथि पोखरा पोउमनपाका सामाजिक विकास समितिका कार्यक्रम अधिकृत ओमराज पौडेलले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुहुर्दै महिलाहरु नेतृत्वमा आउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु हुदैँ कसैले आफूलाई बोक्सी मन्त्र सिकाए रु एक लाख पुरस्कार दिने बताउँदै समाजमा कोही महिला बोक्सी हुदैन भनि प्रष्ट पार्नुभयो उक्त कार्यक्रममा प्रशिक्षक सिता गुरुङ्, दुर्गा न्यौपाने, लक्ष्मीनारायण देवकोटा, जनप्रिय आमासमुहका भु.पु. अध्यक्ष पवित्रा गुरुङ लगाएत किरणप्रसाद भट्टचनले आफ्नो भनाई राख्दै सिकेका अनुभवहरु सिकीयो भन्दै बसेर मात्र त्यसबाट व्यक्तित्व विकास नहुने भएका कारण भए गरेका हुने जानकारी पाएका कार्यक्रमहरुमा आफ्नो उपस्थिीति देखाई अग्रसर हुन सकेको खण्डमा मात्र सिकाईको अर्थ रहने कुरा बताउँदै अगाडि बढ्न आग्रह गर्नुभयो संस्थाका उपाध्यक्ष किसोर घिमीरले स्वागत मन्तव्य राख्नुभएको थियो भने रेखीमाया गुरुङ उमा मुल्मीले आफूहरुले पाँच दिनमा सिकेका कुराहरुको अनुभव वताउदै यस्ता कार्यक्रमले महिलाहरुको व्यक्तित्व नेतृत्व विकास गर्न हौसाएको अनुभव सुनाउनु भयो कार्यक्रमको सञ्चालन नव उत्पादीत उद्घोषक आरती गुरुङ गोमा रायमाझीले गर्नुभएको कार्यक्रममा चन्दकिसोर गौतमलेपनि सञ्चालनमा सहयोग पु¥याउनु भएको थियो