Showing posts with label Local. Show all posts
Showing posts with label Local. Show all posts

Tuesday, May 15, 2018

तल्लो सिमलबोट टोलमा यात्रु प्रतिक्षालय निर्माण

पोखरा १ जेठ 

पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ अन्र्तगत तल्लो सिमलबोट टोलमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ ।

    उक्त टोल स्थित निराजन चोकमा निर्मित प्रतिक्षालयको हालै एक समारोहकाबीच उद्घाटन गरिएको ढुङ्गेसाँघु आमा समूहका अध्यक्ष भीमा केसीले जानकारी दिईन् । आमा समूहका निवर्तमान अध्यक्ष जानुका (पार्वती) कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले प्रतिक्षालयले यात्रुहरुलाई सावरीधानको प्रतिक्षा गर्न सहज हुने बताईन् । कार्यक्रममा विशेष अतिथि एवं सामुदायिक खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष ललित बहादुर भण्डारी, तल्लो सिमलबोट टोल विकास संस्थाका अध्यक्ष प्रेम बहादुर थापा, श्रृजना तमु समाजका अध्यक्ष हरिबहादुर गुरुङ, गलेश्वर यूवा क्लबका अध्यक्ष आशिष भण्डारी, टोल विकास संस्थाका उपाध्यक्ष गणेश भण्डारी लगायतले मन्तव्य राखेका थिए । 

सो अवसरमा प्रतिक्षालय निर्माणका लागि सहयोग गर्ने तल्लो सिमलबोट टोल विकास संस्थाका उपाध्यक्ष गणेश भण्डारी, स्थानीय भीम बहादुर थापा र केदार केसीलाई सम्मान समेत गरिएको थियो ।

समूहका अध्यक्ष भिमादेवि खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमा थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने सचिव सरु अधिकारीले गरेकी थिईन् ।

Thursday, May 3, 2018

भिमकाली कपमा दोस्रो चरणका खेलहरु, डिफेण्डिङ च्याम्पियन दिप युनाईटेडको सानदार जित


पोखरा २० बैशाख ।
पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा बिहिबार सम्पन्न पहिलो चरणको खेल अन्र्तगत बिष्णु पादुका क्लब, बि.वाई.सि बसपार्क, पसगाउँ फुटबल क्लब, मर्निङ गाईज र फेवा युवा क्लब बिजयी भएको छ भने दोस्रो चरण अन्तर्गतको खेलमा दिप युनाईटेड, एल जि एसोशियसन र तारा फुटबल क्लब टिम “ए” बिजयी भएको छ ।
पुरानो टुडिखेलमा सम्पन्न पहिलो खेलमा तारा फुटबल क्लब टिम “बि” लाई २–१ को गोल अन्तरले हराउदै बिष्णु पादुका क्लब अघिल्लो चरणमा प्रबेश गर्यो । 
दोस्रो खेलमा कालिका युनाईटेडलाई ४–२ को गोल अन्तरले पराजित गर्दै बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थान बनायो । 
प्रतियोगिताको तेस्रो खेलमा लामपाटन फुटबल क्लबलाई  ६–० गोलको  फराकिलो अन्तरले पराजित गर्दै फेवा युथ क्लब बिजयी भयो । फेवा युवा क्लबको जितमा प्रशित परियारले ह्याट्रिक गर्न सफर रहे ।
त्यसैगरी चौथो खेलमा काजीपोखरी युवा क्लबलाई २–१ को गोल अन्तरले  पसगाउँ फुटबल क्लबले पाखा लागायो ।
प्रतियोगिताको पाचौ खेलमा मर्निङ गाईज र ब्याट केभ बिच भएको खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै मर्निङ गाईजले दास्रो चरणको लागी स्थान बनायो ।
प्रतियोगिताको दोस्रो चरणको पहिलो र आजको छैटौ. खेलमा दिप युनाईटडले डाडाँ फुटबल क्लबलाई १३–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । दिप युनाईटडको जितमा स्तेफेनले सर्बाधिक ७, होलयाण्डले ४ र पेम्बा नर्बु लामा तथा बिबेक गुरुङले समान १/

१ गोल गरे ।
प्रतियोगिताको सातौ खेलमा एल जि एसोशियसनले गगन ट्याटुलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणमा स्थान बनायो ।
त्यसैगरी अन्तिम खेलमा स्यानी पाटन फुटबल क्लबलाई तारा फुटबल क्लब टिम “ए” ले ४–१ गोल अन्तरले हराउदै तेस्रो चरणको लागी छनौट भएको खेल संयोजक मनोज श्रेष्ठले बताए । 
श्रेष्ठका अनुसार दोस्रो चरण अन्तर्गत शुक्रबार ८ खेलहरु सञ्चालन हुनेछन ।
आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार                                                                                     प्रदान गरिने आयोजकले जनाएको छ ।

Friday, August 9, 2013

बेताल नेटद्वारा पोखरा बृद्धाश्रमलाई सहयोग

 
पोखरा २५, श्रावण ।
पोखरामा हालै स्थापना गरिएको बेताल नेटवर्क प्रालि ले शुक्रबार बाट आफ्नो औपचारिक सुरुवात गरेको छ । पोखरामा उच्च गतिको ईण्टरनेट सेवा दिने उद्धेस्यले स्थापित उक्त कम्पनीले पोखराको सीतापाईलास्थित बृद्धाश्रमका बृद्ध–बृद्धाहरुलाई फलफूल तथा खाद्यान्न सामाग्री वितरण गरेर आफ्नो औपचारिक सुरुवात गरेको हो । सो अवसरमा ५० हजार बराबरको दाउरा तथा खाद्यान्न सामाग्री बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीलाई हस्तान्तरण गरिएको कम्पनीका सञ्चालक अध्यक्ष रविन सुवेदीले जानकारी दिनुभयो । उक्त सामाग्री ग्रहण गर्दै बृद्धाश्रमका अध्यक्ष पराजुलीले विगतमा पानीको समस्या हुँदा दाताहरुले यसरी नै उपलब्ध गराएको सहयोगको स्मरण गर्दै यतिबेला भोजन तयार पार्नका लागि दाउराको अत्यन्तै खाँचो परेको अवस्थामा कम्पनीले प्रदान गरेको २० क्विण्टल दाउराले ठूलो सहयोग गरेको बताउनुभयो । सो अवसरमा बोल्दै कम्पनीका सञ्चालक सदस्य डम्बर थापाले आगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहने बताउनुभयो ।
    कम्पनीले शुक्रबार बाट नै पोखरा, विरगंज र महेन्द्रनगरमा एकैसाथ अत्याधुनिक प्रविधिद्वारा उच्च गतिको इण्टरनेट सेवा सुरु भएको जनाएको छ । पोखरामा अन्य इण्टरनेट प्रदायकको तुलनामा फाईबर र वायरलेस प्रविधिमा आधारित उत्कृष्ठ सेवा दिने कम्पनीको दावी छ । ‘‘फर रिलायबल एण्ड अफोर्टेवल ईण्टरनेट सर्भिस” नारा दिईएर सुरु भएको कम्पनीमा पोखराका जुझारु यूवाहरुको करिब १ करोड लगानी रहेको छ । कम्पनीको मुख्य  कार्यालय पोखराको सृजनाचोकमा रहेको छ । 

Monday, December 5, 2011

Bus accident near Bindhabasini Temple, Pokhara

This is an accident of bus at night. Click individual pictures to zoom in.

Date: December 3rd, 2011; Pokhara near Bindhabasini Temple

bus-accident-bindhabasini-pokhara (1)

Sunday, August 1, 2010

नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन

नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन कार्यक्रममा केन्द्रीत भएको छ । पार्टी विधानले व्यवस्था गरेको नयाँ प्रावधान अनुसार कास्कीबाट ४ जना राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य चयन हुँदैछन् । प्रत्येक निर्वाचन क्षेत्रबाट १/१ जनाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको प्रतिनिधित्व गर्नेछन् । नेकपा एमाले कास्की राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्वाचन कमिटीले निम्नानुसार निर्वाचन मिति र उमेदवारी दर्ताको कार्यक्रम अघि सारेको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ को निर्वाचन साउन २१ गते, निर्वाचन क्षेत्र नं. २ को निर्वाचन साउन १९ गते, निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन साउन १७ गते, निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन साउन २३ गते दिनको ११:०० बजेदेखि ३:०० बजेसम्म हुनेछ । उमेदवारी दर्ता प्रत्येक निर्वाचन क्षेत्रको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका उमेदवारले निर्वाचन हुने अघिल्लो दिनको ११:०० बजेदेखि १:०० बजेसम्ममा कमिटी समक्ष आवेदन दर्ता गरिसक्नु पर्नेछ । राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यका लागि नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. ३ अन्तरगतका नगरका वडा, गाउँ र बुद्धिजीवी, मजदुर विशेष इलाकाका सबै शाखाहरुको प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भएका छन् । त्यसैगरी क्षेत्र नं.१, २ र ४ का स्थानीय कमिटीबाट पनि निर्वाचनका लागि प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भैरहेका छ ।

सूर्यचन्द्र विकास समाजको चियापान तथा आर्थिक सहयोगदातालाई सम्मान

पोखरा–५, मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजले स्थापनाको १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा शनिवार एक चियापान समारोहको आयोजना ग¥यो । त्यसैगरी सूर्यचन्द्र विकास समाजद्वारा निर्माणाधीन शहीद स्मृति पुस्तकालय भवनका लागि आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुलाई दोसल्ला ओढाई सम्मान गरेको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ नेपाल संगीत नाट्य एकेडेमी एवं बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले सूर्यचन्द्र विकास समाजले समाज परिवर्तनमा पु¥याएको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै नमूना पुस्तका भवन निर्माणको विषयले सबै शिक्षा र सचेतनाप्रेमीहरुलाई उत्साही बनाएको बताउनुभयो । विशिष्ट अतिथि रेडियो अन्नपूर्णका स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले पुस्तकालय निर्माणमा स्थानीय समाजसेवी, उद्योगपति, व्यवसायी सबै क्षेत्रबाट स्वेच्छिक ज्ञान महायज्ञको रुपमा सहयोग जुट्नु उदाहरणीय भएको बताउँदै सबै क्षेत्र, तहबाट निर्माणलाई सहयोग हुने विचार राख्नुभयो । सम्मान कार्यक्रममा एनेकपा माओवादीका वडा इन्चार्ज माधव पोखरेल, नेपाली काँग्रेस वडा इकाई सभापति भरत पौडेल, नेकपा एमाले वडा कमिटी अध्यक्ष उज्वल खत्रीले पुस्तकालयको निर्माणलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पुस्तकालय नमूना पुस्तकालय बन्ने विचार राख्नुभयो । त्यसैगरी गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बराल, सूर्यचन्द्र विकास समाजका पूर्व अध्यक्ष सरोज कोइराला, सल्लाहकार धर्मराज अधिकारी, साहित्यकार छवि सुवेदी ‘विजयी’ लगायतका व्यक्तित्वहरुले पुस्तकालयको महत्व र स्रोतसाधन सम्पन्न पुस्तकालयको निर्माण समयको माग भएको बताउनुभएको थियो । जनस्तरबाट आर्थिक सहयोग पु¥याउनुहुने सहयोगदाताहरुलाई सूर्यचन्द्र विकास समाजका अध्यक्ष राजुप्रसाद सुवेदी, कार्यकारी निर्देशक धनबहादुर नेपाली, उपाध्यक्ष लक्ष्मण कोइरालाले बधाई व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव बसन्तराज भण्डारीले गर्नुभएको थियो । भवन निर्माणलाई सहयोग स्वरुप पुष्पज्योति ढुङ्गानाबाट २० हजार, केदारप्रसाद कोइरालाबाट २ हजार २ सय २२, दुर्गाबहादुर/कृष्णदेवि थापाबाट १० हजार १, सरोज कोइरालाबाट १५ हजार ५ सय ५५, सूर्यप्रसाद आचार्यबाट ५ हजार १, भोला ढकालबाट १० हजार १ सय, बसन्तराज कोइरालाबाट १० हजार ५ सय ५, क्या.लालकाजी गुरुङ्गबाट ५ हजार ५ सय पच्चीस, डिल्लीराम शर्माबाट ५ हजार १ सय ५५, इ.अरुण पौडेलबाट १ हजार, दीपक कोइरालाबाट १० हजार १ सय ११, हरिप्रसाद पराजुली (राम) बाट ११ हजार ३ सय ७७, शिवप्रसाद पराजुलीबाट १५ हजार ५ सय ५५, होमबहादुर रानाबाट २ हजार ५ सय ५०, विष्णुप्रसाद बरालबाट ११ हजार १ सय ११, विश्वनाथ पराजुलीबाट ५ हजार १ सय ५, भूमिन्द्र बरालबाट २ हजार १, उमानाथ बरालबाट ५ हजार ५०, प्रदीप गुरुङ्गबाट ३ हजार, चिरन्जीवीराज कोइरालाबाट ५ हजार ५ सय ५५, शिवप्रसाद अर्यालयबाट ५ हजार १ सय, चिन्तनशील महिला समूहबाट ५ हजार १५, हरिप्रसाद पौडेलबाट १ हजार ५ सय १५, छवि सुवेदीबाट २ हजार ७, नेत्रनारायण सुवेदीबाट १ हजार ५, यज्ञप्रसाद बास्तोलाबाट ५ सय, सुवास अधिकारीबाट ५ सय, सावित्री नेपालीबाट ५ हजार १ सय ५०, लक्ष्मी पौडेलबाट १ हजार १०, कृष्णप्रसाद बराल ५ हजार ५, कमला गौतम ५ हजार ५, माधव पोखरेलबाट १ हजार १ सय ११, बाबुराम कोइरालाबाट १ हजार १ सय १, नेत्र ज्ञवालीबाट ११ हजार १ सय ११, विष्णुदेवि श्रेष्ठबाट २ हजार १०, टुकलाल नेपालीबाट १ हजार २०, लक्ष्मीप्रसाद अधिकारीबाट १ हजार, चन्द्रप्रकाश सुवेदीबाट १ हजार २०, नुनेन्द्र शाहबाट १३ हजार १ सय २५ समेत गरी हालसम्म १० लाख ३ हजार ८९ अर्थ संकलन भएको छ ।