Showing posts with label Health for Nepal. Show all posts
Showing posts with label Health for Nepal. Show all posts

Sunday, June 28, 2020

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीद्वारा स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) सहयोग

नेपाल ट्रेड युनियन कांग्र्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आईतबार स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) हस्तान्तरण गरेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलका निर्देशक स.प्रा.डा. अर्जुन आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।  कार्यक्रममा बोल्दै आचार्यले नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको सहयोगबाट स्वास्थ्यकर्मी र कर्मचारीको मनोवललाई उच्च बनाएको जनाएका थिए। गण्डकी प्रदेशकै मुख्य कारोना अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितहरुको उपचारमा कुनै कसुर नराखी काम गर्ने समेत बताएका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले कोभिड–१९ का संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना गर्दै गण्डकी प्रदेशकै एकमात्र ठूलो अस्पताललाई कोरोना अस्पताल बनाइदा दैनिकी १ सय १० जना भन्दा बढी मृगौला पीडित रोगीहरु र सयौं संख्यामा प्रसुतिको सेवा लिने महिला, न्यून आय भएका गरिब परिवारहरुलाई उपचारको समस्या आएको जनाएका थिए।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले स्वास्थ्य क्षेत्रमा सहयोग गर्नु नै अहिलेको प्रमुख आवश्यक रहेको र अन्य सहयोगी मनहरुले समेत स्वास्थ्य क्षेत्रमा आफुले सक्दो सहयोग गर्नुहुन अनुरोध गरेका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समिति सदस्य जीतबहादुर गुरुङले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले आफ्नो उच्च मनोवलका साथ काम गर्न र कुनै समस्या आएमा हामी आफ्नो क्षेत्रबाट सहयोग गर्न तत्पर रहेको जनाएका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव रुद्र तिमिल्सिनाले सञ्चालन गरेका थिए भने विशेष अतिथि नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष नारायण बराल, अतिथि नेपाल स्वास्थ्य कर्मी संघ कास्कीका अध्यक्ष उदयकान्त तिवारी,नेपाल ट्रेड युनियन कांग्र्रेस कास्कीका उपाध्यक्ष पदम श्रेष्ठ, कोषाध्यक्ष शंकर बहादुर खत्री, नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ गण्डकी प्रदेशका अध्यक्ष निर्दोस डुम्रे लगायतको उपस्थिति रहेको थियो।
कोभिड–१९ (कोरोना) भाइरसले विश्वमा महामारीको रुपमा फैलिरहदाँ फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीलाई अत्याधिक जोखिम रहेको छ। कोभिड–१९ बाट गण्डकी प्रदेशमा मात्रै ८ सय ९६ जना संक्रमित भइसकेका छन्। प्रदेशमै स्वास्थ्यकर्मीलाई समेत कोभिड–१९ का विरामी देखिएका छन्।

Monday, February 4, 2019

जलजलामा १ हजार १ सय ३५ जनाको स्वास्थ्य परीक्षण-Mega Health Camp Kaski Nepal





पोखरा, २० माघ ।
 पर्वतको जलजला गाउँपालिकास्थित श्री ग्राम प्रकाश माविमा वृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा युनिटी चौतारीको आयोजनामा शनिबार क्याम्प भएको हो ।
शिविरमा १ हजार १ सय ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको क्लबका संस्थापक अध्यक्ष सरस्वती गिरीले जानकारी दिइन् । हिमालयन आँखा अस्पताल, मनिपाल शिक्षण अस्पताल र कान्तिपुर डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ३ सय ६९ जनाको आँखा परीक्षण गरिएको छ । उनीहरु मध्ये ९ जनाको मोतिया विन्दु देखिएको छ । मोतिया विन्दुको अप्रेसन समेत क्लबले निःशुल्न गर्ने गिरीले जानकारी दिइन् । ३ सय ४७ जनाको दन्त परीक्षण गरिएको छ भने ३ सय ९२ जना महिलाहरुको परीक्षण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले विकट क्षेत्रमा पुगेर लायन्सले स्वास्थ्य परीक्षण गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । 
क्लबका अध्यक्ष राजकुमारी थापाको सभापतित्वमा आयोजित कार्यक्रममा जोन चियरपर्सन सन्तोष घिमिरे, लायन्स लिडरहरु बालकृष्ण बराल, वसन्त गिरी, गोपाल थापा, कृष्ण कार्की, श्रीलाल चापागाईं, विद्यालयका प्राचार्य भवानीशंकर पौडेल, वडा अध्यक्ष तीलक बहादुर जिसी लगायतले बोलेका थिए । 
कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ बेनी मल्लाज, नेपाल रेडक्रस सोसाइटी शालिजा लेकफाँट उपशाखा पर्वत, जलजला गाउँपालिका वडा नं. ५ र ६, लेकफाँट प्रहरी चौकी, सालिजा स्वास्थ्य चौकी लगायतको सहयोग गरेको क्लबले जनाएको छ ।

Monday, January 21, 2019

मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण Pokhara News

पोखरा, ७ माघ ।
रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा–२० मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी मोडल भिलेज अभियान अन्तर्गत क्लबले सोमबार मौजाको हिमालय माविका छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरको हो ।
बाबा फाउन्डेसनसँगको सहकार्यमा क्लबले सेनिटरी प्याड, कापी, कलम लगायत सामग्री विद्यालयलाई हस्तान्तरण गरेको छ । प्रिमियर इन्स्योरेन्सको सहयोगमा क्लबले हाइजिन किट समेत सहयोग ग¥यो । रोटरी क्लबकै पहलमा उत्कृष्ट सय गन्तब्यभित्र परेको मौजालाई चार वर्षभित्र मोडल भिलेज बनाउने क्लबको योजना छ । क्लबले आधारभूत शिक्षा तथा साक्षरता, शुद्ध पिउने पानी तथा सरसफाइ, रोग निवारण, शान्ति तथा द्वन्द्व व्यवस्थापन, मातृ शिशु स्वास्थ्य र आर्थिक तथा सामुदायिक विकासको अवधारणा अघि सारेको छ । गत जेठदेखि क्लबले उक्त अवधारणामा विविध कार्यक्रम गर्दै आएको छ ।
क्लबका तर्फबाट मोडल भिलेज कार्यक्रमका संयोजक सुवास सिग्देलले नमूना गाउँ बन्न आवश्यक विद्यार्थीको स्वास्थ्य तथा सरसफाइलाई मध्यनजर गर्दै क्लबले उक्त सामग्री प्रदान गरेको बताए । ‘महिनावारी हुँदा कतिपय विद्यार्थी लाजले विद्यालय नै नआउने अवस्था छ,’ सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘यो लाजको विषय होइन भन्नका लागि विद्यालयबाटै सेनिटरी प्याड उपलब्ध होस् भनेर सहयोग गरेका हौं ।’ उनले पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याडले वातावरण समेत दुषित नबनाउने उल्लेख गरे ।
क्लबका अध्यक्ष पुष्पकमल पौडेलले चार वर्षभित्र मोडल भिलेज घोषणा गर्न विद्यार्थीको उल्लेख्य भूमिका हुने बताए । ‘गाउँमा युवा र विद्यार्थीको सक्रिएता भएमात्रै हाम्रो अभियानले सफलता पाउँछ,’ उनले भने, ‘विद्यार्थीको आवश्यकताअनुसार स्टेसनरी र पोशाक पनि उपलब्ध गराउँछौं ।’ उनले मोडल भिलेजका लागि आवश्यक अन्य पूर्वाधार चार वर्षभित्र पुरा गर्ने जनाए । 
विद्यालयका प्रधानाध्यापक मणिराज परियारले छात्रालाई अत्यावश्यक रहेको सेनिटरी प्याड सहयोग गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गरे । शैक्षिक सामग्रीको सहयोगले विद्यार्थीको सिर्जनशिलता बृद्धि हुने उनले अपेक्षा गरे । उक्त अवसरमा विद्यार्थीले मौजा होमस्टे सम्बन्धि गीत गाएर सुनाएका थिए । विद्यालयकी छात्रा एवं मोहरिया बाल क्लबकी अध्यक्ष प्रकृति परियारले सेनिटरी प्याड विद्यालयमा सहजै उपलब्ध हुँदा विद्यार्थीको उपस्थिति बढ्ने बताइन् । क्लबले बाबा फाउन्डेसनसँगको सहकार्यमा विभिन्न शिक्षा तथा वातावरणको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

Saturday, July 7, 2018

सरकारले गर्नुपर्नेकाम जनताले गरेको भन्दै स्वास्थ्य राज्यमन्त्री द्धारा प्रसंसा





स्याङजा २३ ,असार ।

   स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा एम्वुलेन्स सेवा शुरुभएकोछ । स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री पद्मा कुमारी अर्यालले एक कार्यक्रमका विच स्वरेक टापु बाट एम्वुलेन्स सेवा शुभारम्भ गर्नुभयो । नमुना स्वरेक सामाजिक कोष कतार र नमुना स्वरेक सहयोगी समाज स्याङजाले संयुक्त रुपमा संचालन गर्ने एम्वुलेन्सको साचो पत्रकार एवं नमुना स्वरेक सहयोगी समाजका अध्यक्ष घनश्याम पाण्डेय लाई मन्त्रीले हस्तान्तरण गर्नुभयो ।

 मन्त्री अर्यालले एम्वुलेन्स खरिद एकताले नै सम्भव भएको भन्दै स्वदेश विदेश बाट  अभियानमा लाग्नेहरु प्रति प्रसंसा गर्नुभयो ।अब  स्वरेकमा विकासको शुरुवात भएको भन्दै वालिङ मिर्दि देखि स्वरेक मैदान बाटो पिचको काम शुरु हुने बताउनु भयो । उहाँले भीरकोट सुन्दर बजार स्वरेक भञ्ज्याङ हुदै मैदान जोडने बाटो पनि पिच गर्न आफुले पहलगर्ने बताउनुभयो ।विकासको लागि सवै संग हातेमालो गर्ने भन्दै मन्त्री अर्यालले स्वरेक लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराएर छाड्ने बताउनु भयो । सिदार्थ राजमार्गको छेउमा हुदा पनि आज सम्म विकास नभएको भन्दै मन्त्री अर्यालले अब विकास गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।उहाँले स्वरेकमा स्थास्थ चौकी निर्माण छिटै हुने पनि बताउनुभयो ।

कार्यक्रममा नेकपाका स्थायि समिति सदस्य एवं साँसद मुकुन्द न्यौपानेले स्वरेकमा एम्वुलेन्स ल्याउनको लागि पहलगर्ने सवै प्रति आभार प्रकट गर्दे एम्बुलेन्स आपतकालिन अबस्थामा साथी भएको बताउनुभयो ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले एम्बुलेन्स सञ्चालन दिगो बनाउनु पर्नेमा जोड दिदै खनालले ठिक ढंगले विरामीको रेकर्ड राख्न आग्रह गर्नुभयो । कुल खर्चको ५० प्रतिशत खर्च भीरकोट नगरपालिका साझेदार गर्न तयार रहेको खनालले उदघोष गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता चक्र बहादुर पराजुलीले एम्बुलेन्स सेवा सञ्चालन आउनु स्वरेकीहरुको लागि खुशीको खबर भएको बताउनु भयो ।

वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले एम्वुलेन्स सञ्चालनमा वालिङ नगरपालिकाको पनि साथ रहने बताउनु भयो ।

पर्यटन मन्त्रालयका पुर्व सह सचिव उमाकान्त पराजुलीले आफ्नो जन्मभुमिमा एम्वुलेन्स संचालनमा आएको भन्दै सवै स्वरेकी हर्षित भएको बताउनुभयो ।

पराजुलीले दिगो रुपमा एम्वुलेन्स संचालनको लागि नगरपालिकाले अभिभावको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष घनश्याम पाण्डेयले एम्बुलेन्स अभियानमा  स्वतस्फुर्त रुपमा सहयोग आएको भन्दै सहयोगीहरु प्रति धन्बयाद ब्यक्त गर्दे मन भएकाहरुको सहयोगले आफुहरु सफल भएको बताउनु भयो । पाण्डेय १३ लाख संकलन भएकोमा एम्बुलेन्स सञ्चालन सम्म ल्याउदा कुल ११ लाख ५० हजार खर्च भएको बताउनु भयो । स्वरेकमा एम्बुलेन्स मात्रै देखिएको तर एम्बुलेन्स ल्याउन धेरैको धेरै ठाउँमा पसिना बगेको भन्दै विदेशी भुमिमा बगाएको पसिना बाट एम्वुलेन्स आएको भन्दै दिगो रुपमा सञ्चालन गर्न सवै स्वरेकीले साथ दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वालिङ ११ का वडा अध्यक्ष बसन्त मल्ल र र भीरकोट ५का वडा अध्यक्ष यम प्रसाद अधिकारी (लक्ष्मण)ले एम्वुलेन्स सञ्चालनको लागि आफुहरुको सधै साथ रहने बताउनु भयो ।

कार्यक्रममा एम्बुलेन्स अभियानमा सहयोग गर्नेहरु लाई स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल , भीरकोटका मेयर छायाराम खनाल, समाजका अध्यक्ष घनश्याम पाण्डेय लगायतले  सम्मान  गर्नुभएको थियो । कार्यक्रममा  एक घर एक आजिवन सदस्यता अभियान अन्तरगत हाल सम्म झण्डै २ सय जना आजिवन सदस्य भएकाहरु लाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । र्काक्रममा समाजका उपाध्यक्ष यमलाल शर्मा पंगेनी,सचिव इन्द्र प्रसाद पराजुली(नबराज)लगायले बोल्नुभएको थियो ।

नमुना स्वरेक सामाजिक कोष कतार अन्तरगत शुरुमा एम्बुलेन्स अभियानका अभियन्ताहरुमा संयोजक भेषराज पराजुली,सह संयोजक जीवन पौडेल रहुनभएको थियो । सदस्यहरुमा विष्णु पंगेनी,बालकृष्ण पराजुली , गोविन्द पराजुली र इश्वर पराजुली रहुनभएको थियो । नेपाल संयोजक एवं प्रचार प्रसार संयोजक घनश्याम पाण्डेय रहुनभएको थियो ।

Tuesday, May 22, 2018

सामाजिक कार्यमा फेसबुक ग्रुप,ब्लड क्यान्सर पीडितलाई पोखरामा सहयोग अभियान सुरु-News-Pokhara


७ जेठ,पोखरा
अनुप पौडेल,

पछिल्लो केही समयबाट सामाजिक कार्यमा क्रियाशिल फेसबुक ग्रुप वि आर फ्रेण्डस (We Are Friends)ले ब्लड क्यान्सरबाट पीडित भएका बालकका लागि आर्थिक सङकलन अभियान सुरु गरेको छ ।पर्वतको कुस्मा नगरपालिका(१४ आर्थरका १४ बर्शिय अर्जुन गौतमका लागि सोमबारबाट पोखरामा आर्थिक सङकलन अभियान सुरु गरिएको वि आर फ्रेण्डसका एडमिन अमुल्य अधिकारीले बताए ।
अर्जुन बचाउ अभियानको पहिलो दिन सोमबार पृथ्वीनारायण क्याम्पस हुँदै ट्याक्सी चोक वरिपरि गरेर ९,४५० रुपैया सङकलन भएको अधिकारिले बताए ।ब्लड क्यान्सरबाट पीडित १४ बर्शिय अर्जुन गौतम भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेका छ्न ।आउँदो एकहप्तासम्म उक्त अभियान पोखराका विभिन्न ठाउँमा संचालन गरिने छ ।सुकराज गौतम र खेमकुमारी गौतमका छोरा १४ बर्शिय अर्जुन गौतम बिश्वज्योति मा।वि को कक्षा ९ मा अध्यनरत छन ।

Wednesday, May 16, 2018

पर्यटकीय नगरी पोखरामा जनता टेलिभिजनको ब्यूरो कार्यालय स्थापना-Janata Television Pokhara-Nepal



 ओम हमाल

पोखरा २ जेठ २०७३ ।

पर्यटकीय नगरी पोखरामा जनता टेलिभिजनको प्रदेश नं. ४ स्तरको ब्यूरो कार्यालय शुभारम्भ भएको छ । ब्यूरो कार्यालयको आज एक समारोहका बीच प्रदेश नं. ४ का आर्थिक तथा योजना मन्त्री किरण गुरुङले गर्नुभयो ।

जनता टेलिभिजिनको ब्यूरो कार्यालयको शुभारम्भ गर्दै प्रदेश मन्त्री किरण गुरुङले प्रदेश नं ४ लाई समृद्ध प्रदेश बनाउनका लागि आवश्यक सुझाव, सल्लाह र सहयोग गर्न सबैसँग आव्हान गर्नुभयो ।

प्रदेश नं. ४ लाई समृद्ध बनाउन पर्यटनको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री गुरुङले त्यसको पूर्वाधारहरु निर्माण गर्न प्रदेश सरकार लागि परेको जानकारी दिनुभयो । नेपाल राज्यको बिस्तार प्रदेश नं. ४ बाट नै शुरु भएको दृष्टान्त अघि सार्दै वहाँले नेपालको सम्वृद्धि पनि प्रदेश नं. ४ बाट नै शुरु हुने जिकिर गर्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले अहिले स्थानीय तह र प्रदेशको विकासका लागि देखिएका चुनौती र सम्भावनालाई ध्यान दिएर नागरिक केन्द्रीत भई जनप्रतिनिधिले काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । मेयर जिसीले यदि अहिलेका जनप्रतिनिधिहरु असफल भ एभने नेपाल राज्य नै अुफल हुने हो कि भन्ने चिन्ता आफूलाई रहेको बताउनुभयो ।

जनता प्रकाशन तथा प्रशारण संस्थाका अध्यक्ष डा. बिजयकुमार पौडेलले जनता टेलिभिजिनले सबै वर्ग र क्षेत्रलाई समेटेर कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिरहेको जिकिर गर्नुभयो । वहाँले जनताद्वारा जनताका लागि समर्पित जनता टेलिभिजनलाई सबै प्रकारहको सहयोग र समर्थन गरिदिन आम व्यवसायी, उद्योगी, व्यापारी, विज्ञापनदाता, दर्शक र शुभेच्छुकहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा जनता प्रकाशन तथा प्रसारण संस्थाका कार्यकारी निर्देशक नारायण सुवेदी, विष्णु भट्टराई, जनता टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतले आ–आफ्ना भनाईहरु राख्नुभएको थियो ।

Thursday, August 17, 2017

अनेरास्ववियु को राहत संकलन अभियान सुरु-Support to Flood Victims in Tarai > HELP NEPAL

 पोखरा ३१, साउन
अनेरास्ववियु को राहत संकलन अभियान पोखरा क्षेत्रमा पनि सुरु भएको छ । अनेरास्ववियु को राहत संकलन अभियान अन्तर्गत आज (मंगलबार) अनेरास्ववियु  क्षेत्र नं ४ ले २४ हजार एक सय ४१ रुपैया राहत संकलन गरी जिल्ला अध्यक्ष शेखर गौतमलाई क्षेत्रिय अध्यक्ष वलराम गौतमले हस्तान्तरण गर्नु भयो । 
तराईमा डुवान र कास्की रिभानमा गएको वाढीले क्षती पुगेकाहरुको निम्ती राहत स्वरुप यो अभियान संकलन गरिएको क्षेत्रिय इन्चार्ज माधव गौतमले जानकारी दिनुभयो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य भरतमान कोने गुरुङले दान वक्स अध्यक्षलाई हस्तान्तरण गरी उक्त अभियानको सुरु गर्नु भएको हो । भिमसेनचोक, चिप्लेढुंगा लगायतको क्षेत्रबाट उक्त रहात संकलन भएको हो भने भोलि देखि पोखरा क्षेत्रका अन्य क्षेत्रमा रहात संकलन गरिने भएको अध्यक्ष गौतमले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ द्वारा रहत संकलन-Nepal Red Cross Society-Pokhara,Nepal



पोखरा, ३२ साउन ।
       नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको विपत व्यवस्थापन समितिको आह्वानमा नेपालको तराई क्षेत्रमा अविरल वर्षाका कारण पर्न गएको बाढीपहिरो धनजनको क्षति र घरबार विस्तापित रहेका व्यक्तिलाई केही मलमपट्टी लगाउने उद्देश्य राखी उपशाखा १०, ११ को नेतृत्वमा राहत संकलन कार्य सम्पन्न भयो ।
       उपशाखा कार्यालय परिसरबाट शुभारम्भ गरिएको राहत संकलन कार्यमा सम्मर बहादुर श्रेष्ठको नेतृत्वमा उपशाखा १०, ११ का पदाधिकारी, महिला उपसमिति, श्रमिक बालबालिका सम्पर्क केन्द्र वडा नं. १०, १५ र राममन्दिर माछापुच्छे« महिला समूहका पदाधिकारीहरु गंगा कुँवर, सूर्यबहादुर बानिया, सिता तिमिल्सिना, कलावती शर्मा, जीवन श्रेष्ठ, माया भुजेल, लेकमाया पुन, हरिमाया भुजेल, निर्मला श्रेष्ठ, लक्ष्मी राजभण्डारी, नन्दु देवकोटा, विष्णु आचार्य, बुद्ध क्षेत्री, रविन परियार, कृष्ण कुमारी क्षेत्री, यम कुमारी ढकाल, सुकमाया गुरुङ्ग र नलु गुरुङको सहभागिता रहेको उक्त राहत संकलन कार्यमा वडा कार्यालय वडा नं.१० अमरसिंहचोक, उत्तमचोक, रक्षामार्ग, बुद्धचोक, गौरीमार्ग, रामबजार हुँदै कालिका मन्दिरमा गई सम्पन्न गरिएको थियो ।
       राहत संकलन कार्यमा घरघरबाट सहयोग मिलेको र छिटोभन्दा छिटो राहत पु¥याउनुपर्ने सहयोगीदाताहरुको भनाई रहेको उक्त राहत संकलन कार्यमा ६० हजार संकलन भएको र उपशाखा १०, ११ बाट उक्त रकम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने समेत निर्णय गरिएको थियो । आजीवन सदस्यहरु र विदेशमा रहेका नेपालीहरुलाई समेत सहयोग गर्न आह्वान गरिएको उक्त कार्यमा बाढी र पहिरोमा परि दिवंगत भएका आत्माको चिर शान्तिको कामना गर्दै घाइते बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।

Monday, January 25, 2016

स्वास्थ्य सन्देशमुलक कार्यक्रम सम्पन्न-Health for Nepal


पृथ्वी नारायण क्याम्पस, शिक्षा शास्त्र स्नातकोत्तर तह प्रथम वर्ष स्वास्थ्य शिक्षा विषय अध्ययनरत विद्यार्थीले स्वास्थ्यमूलक कार्यक्रम शनिबार ढिकुरपोखरी गा.वि.स. समितिको सभाकक्षमा सम्पन्न भयो।
“स्वास्थ्य र सक्षम समुदाय निर्माणको लागि स्वास्थ्य शिक्षा र जनचेतना, गुणस्तरीय जीवनको परिकल्पना” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा अध्यापन अभ्यास विभागिय प्रमुख यादव राज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
स्वास्थ्य शिक्षा आजको आवश्यकता भएको हुँदा रोग लाग्नुभन्दा रोग लाग्न नदिन गरिने सुरक्षा उपाय नै स्वास्थ्य शिक्षाको मूल आधार भएको प्रमुख अतिथि अधिकारीले जानकारी गराएका थिए। भने कार्यक्रमका विशिष्ट अतिथि केशवराज वाग्लेले स्वाथ्य शिक्षा सैद्धान्तिक शिक्षा भन्दा व्यवहार परिवर्तनशिल शिक्षा हुनुपर्ने कुरामा जोड दिएका थिए।
त्यसैगरी लक्ष्मी शर्माले स्वागत मन्तव्य राखेकी थिइन् भने उमनाथ गौतमले कार्यक्रमको उद्देश्य, शान्ति पुनले शौचालय र गर्भवस्था स्वास्थ्य परिक्षण, शन्तुक कार्कीले उमेर अनुसारको जनसंख्या र पोषण, दिनीत गुरुङले फोहोर मैला व्यवस्थापन, गणेश सुनारले मुख स्वास्थ्य, चन्द्रा घलेले पानी शुद्धीकरण र सागसव्जी विवरण सम्वन्धी जानकारी गराएका थिए।
कास्की जिल्ला ठिकुर पोखरी गा.वि.स. वाड नं. ४ माझथोक टोलमा समुदाय स्वास्थ्य सर्वेक्षण विगत ७ महिना देखि गर्दै आएका थिए। उक्त समयमा परिवार नियोजन, सुरक्षित मातृत्व खोप सेवा, जनसांख्यीक वितरण, शैक्षिक विवरण, व्यक्तिगत स्वास्थ्य तथा सरसफाई, पोषण, मुख स्वास्थ्य, शौचालय, पानी शुद्धिकरण सम्बन्धि विषयमा अध्ययन गरी तथ्याङ्क संकलन गरिएको थियो।
गणेश सुनारद्वारा सञ्चालन गरेको उक्त कार्यक्रममा टोली नेता उमनाथ गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।