Showing posts with label Accident. Show all posts
Showing posts with label Accident. Show all posts

Friday, February 14, 2020

नवलपरासीमा सवारी दुर्घटना-Road Accident

पोखरा, १ फागुन  गते
 अन्दाजी १३:०० बजेको समयमा जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका-८ खर्खट्टा जङ्गल स्थित पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्रदेस नं ३ .३००१ प १५८९ नंम्बरको मोटरसाईकल र विपरित दिसाबाट जाँदै गरेको लु२ख ७८१ नंम्वरको बस एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला मकवानपुर वर्ष ३० को विकास थापा मगर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाईएको, अवस्था सिरियस, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तनहुँमा सवारी दुर्घटना -Road Accident

पोखरा, १ फागुन  गते 
अंन्दाजी ०९:४५ बजेको समयमा जिल्ला तनहुँ ब्यास नगरपालिका-१२ घाँसीकुवा स्थित पृथ्वि राजमार्गमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बा२१च  ५७८१ नंम्वरको बलेरो जिप र भित्री बाटो सेराबाट हाईवे तर्फ आउदै गरेको  ग८प  १६४१ नंम्वरको मोटरसाईकल एक-आपसममा ठक्कर खादाँ जिल्ला तनहुँ ब्यास नगरपालिका -१२ घाँसीकुवा बस्ने वर्ष २७ को  कुमार परियारर ऐ. बस्ने वर्ष २९ को राम शरण परियार घाईते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाएको,दुबै घाईतेको अवस्था मध्यम, घटनाको विषयमा खवर प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई गई थप अनुसन्धान भईरहेको छ ।

Tuesday, March 12, 2019

पर्वतमा सवारी दुर्घटना-Road Accident-Parbat-Nepal

पोखरा,फागुन-७ गते
 कुश्मा नगरपालिका-८ दोबिल्ला स्थित पोखरा - बाग्लुङ सडक खण्डमा डिमुवाबाट कुश्मा तर्फ आउँदै गरेको ध १ प ६८४ नं.को मोटरसाईकल अचानक सडकबाट अन्दाजी २०/२५ मिटर तल खसी मोटरसाईकल चालक मोदी गाउँपालिका-६ बस्ने २७ वर्ष को रबिन्द्र के.सी घाईते भएको अवस्थामा आज मिति २०७५/११/२८ गते स्थानियले देखी उपचारको लागि पर्वत हस्पिटल प्रा.लि कुश्मा पठाएकोमा थप उपचारको लागि पोखरा पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

Thursday, January 17, 2019

नवलपरासीमा सवारी दुर्घटनामा दुईजना घाईते


नवलपरासी,माघ-३  विनयी त्रिवेणी गाँउपालिका-२ ज्यामिरे स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४४ प २३१४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आँउदै गरेको लु२ख १७५८ नम्बरको टिप्पर एक आपसमा ठक्कर खाँदा दुईजना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक लमजुङको वेशिशहर गाँउपालिका-८ बस्ने वर्ष २७को सुनिल दराई र पछाडी सवार वर्ष ४२को सोम प्रसाद पाण्डे रहेका छन् । घाईतेहरुलाई उपचारको लागि भरतपुर पुरानो मेडीकल कलेज चितवनतर्फ पठाईएको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ । 

पर्वत सवारी दुर्घटनामा ७ जनाको मृत्यु ३० घाईते

पर्वत, ३ माघ गते बिहान अन्दाजी ०८:१५ बजेको समयमा पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा स्थित मालढुङ्गा बेनी सडक खण्डमा बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको बस अचानक सडकबाट ३००/४०० मिटर तल खस्न गई दुर्घटना हुदाँ उक्त बसमा सवार सात (७) जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाईते भएका छन् । 
मृत्यु हुनेमा म्याग्दी पाखापानी-२ बस्ने वर्ष २१को राजेश पुन, पर्वत जलजला गाँउपालिका-७बस्ने वर्ष ३१की विषमाया पुन, पर्वतको जलजला गाउँपालिका-८ बस्ने वर्ष ४०की सेती परियार, निजको श्रीमान वर्ष ५०को टिके परियार, बाग्लुङ नगरपालिका-४ कुँडुले बस्ने वर्ष ४८की शान्ति के.सी.र अर्का दुई जना हालसम्म नाम थर वतन नखुलेका पुरुष व्यक्ति रहेका छन् । तीनजनाको घटना स्थलमै र अन्य चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घाईतेहरुको उद्धार गरिएको थियो । घाईते मध्य नौं ( ९) जना काठमाडौं, २२ जना पोखरा र एक जनाको बाग्लुङमा उपचार भइरहेको छ ।

Friday, June 1, 2018

कास्कीमा मृत अवस्थामा फेला -Pokhara News

पोखरा जेष्ठ १८
 अंन्दाजी ११:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं.२३ पामे घर भई हाल रामघाट स्थित डेरा गरी बस्ने वर्ष २४ की सुनिता क्षेत्री डेरा कोठाको बरण्डामा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटिई गई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

Thursday, May 31, 2018

म्याग्दीमा सवारी दुर्घटना-Accident in Myagdi

मिति २०७५/०२/१७ गते अंन्दाजी ०९:०० बजेको समयमा जिल्ला म्याग्दी  मालिका गाउँपालिका वडा नं ५फेदी स्थित ताकमबाट दरबाङतर्फ आउदै गरेको ध १त-३४६ नं को खालि ट्याक्टर कच्ची सड्मा अनियन्त्रित भई सड्क देखी अंन्दाजी २५/२६मिटर तल खस्न जाँदा सोही ट्याक्टरको चालक वर्ष अन्दाजी २५को सुनिल चौधरी घाईते भई उपचारको लागी प्रथामिक स्वाथ्य केन्द्र दरबाङमा सामान्य उपचार पस्चात थप उपचारको लागी जिल्ला अस्पताल म्याग्दी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त स्थानमा प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्दान गरिरहेको छ ।

Man electrocuted in Nawalparasi

नवलपरासीमा करेण्ट लागी घाईते(बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका ११ धारापानि चोक स्थित रहेको बिजुलिको पोलमा बिजुलि मर्मत गर्न क्रममा अचानक करेण्ट लाग्दा देवचुलि नगरपालिका ६ बस्ने वर्ष ४८को बम बहादुर के।सि। उक्त पोलबाट खस्न गई घाईते भएकाले उपचारको लागी  पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ । घटनाका विषयमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीखटिगई  थप अनुसन्धान गरिरहेको छ ।

पर्वतमा आगलागी- Fire Home

मिति २०७५/०२।१६ गते राती अं. २१:०० बजेको समयमा जिल्ला पर्वत जलजला गाउँपालीका वडा नम्बर ७ लालुङ बस्ने तुल वहादुर बि.क.को ढुङगा माटोले बनेको खरले छाएको १तले कच्ची घरमा राती खाना बनाएर छोडेको आगो बाल-बच्चाले खेलाउने क्रममा अचानक घरमा सल्कीन गई आगोलागी हुँदा घर पुर्ण रुपमा जली नष्ट भएको छ । उक्त आगो रातीको १२  बजेको समयमा नियन्त्रणमा आएको छ । उक्त घटनाका विषयमा खबर प्राप्त हुनासाथ प्रहरी ली खटिगई बुझ्दा उक्त आगोलागीबाट घर तथा घरमा रहेको अन्नपात, लत्ताकपडा समेत जली अन्दाजी ७,००,०००(सात लाख)बराबरको क्षेती भएको छ ।

नवलपरासीमा सवारी दुर्घटना- Road accident in Nawalparasi Nepal

मिति २०७५।०२।१७ गते अ.११:३० बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुलि नगरपालिका १ केउरेनि स्थित पूर्व पश्चिम राजमार्गमा, नवरलपरासी डण्डावाट काठमाण्डौतर्फ जाँदै गरेको लु १७ प ७०६० नम्बरको मोटरसाईकल र नारायणघाटवाट नवलपरासी दलदले तर्फ आउदै गरेको बा १७ च ९७७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक नवलपरासी पूर्व कावासोति नगरपालिका १४ बस्ने वर्ष अन्दाजी २५को रमेश श्रेष्ठ र पछाडी सवार वर्ष ३६को किसान श्रेष्ठ घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ । कार, कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

Tuesday, May 29, 2018

तनहुँमा सवारी दुर्घटना ३ जना घाईते-Road Accident Nepal

पोखरा १५ गते
 अन्दाजी १०:५५ बजेको समयमा तनहुँको शुक्लागण्डकी नगरपालिका ९ भण्डारीकुना स्थित भित्री कच्ची सडक खण्डमा दुलेगौंडाबाट मान्द्रेतर्फ जाँदै गरेको ग १३ प ६२२५ नं.को मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको ना ५४ प ६८३३ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुवै चालक सहित १ जना पछाडी सवार गरी ३ जना घाईते भएका छन । घाईते मध्य ना ५४प ६८३३ नं.को मोटरसाईकलका चालक तनहुँको शुक्ला गण्डकी नगरपालिका १२ प्यूरी दोभान बस्ने वर्ष २१को राजेश गुरुङलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरा रिफर गरीएको छ । 

Thursday, February 25, 2016

सवारी दुर्घटना-Accident In Nepal



पोखरा फाल्गुण ११ गते ।
आज मिति-२०७२/११/११ गते, १३:५५बजेको समयमा जि.कास्की लेखनाथ नपा-१३ लामेआहालमा पोखराबाट दमौली तर्फ जादै गरेको ना..ख १०७३ नं.को बस र दमौलीबाट पोखरा तर्फ आउदै गरेको बा..क ९३१८ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा निम्न मानिसहरु घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल व.प्र.का. गगनगौडाबाट प्र.ना.नि. नरेन्द्रजंग कार्कीको कमाण्डमा प्रहरी टोली खटिई गई घाईतेलाई उपचारको लागि निम्न अस्पताल लगिएको, दुर्घटनामा संलग्न सवारी साधन घटनास्थल नजिक साईड लगाई आवागमन सुचारु गरिएको अन्य अनुसन्धान भईरहेको ।
            > मणिपाल शिक्षण अस्पतालमा उपचार भएका घाईतेहरु :
.     तनहु शुक्ला गण्डकी न.पा.वडा नं. ४ बस्ने बर्ष ३० की बिष्णुमाया सुनार मध्यम,
.     ऐ बस्ने निजको छोरा ९ महिनाको कृतन सुनार बेहोस,
.     ऐ ऐ बस्ने निजको छोरी बर्ष ५ की कृति सुनार- सामान्य
.     ना..ख १०७३ नं.बस चालक तनहु थप्रेक -५ बस्ने बर्ष २७ को नुन बहादुर गुरुङ- मध्यम,
.     तनहु जामुने-७ बस्ने बर्ष ४५ की नानी माया कुमाल- मध्यम,
.     ऐ मनपाङ-५ बस्ने बर्ष ४० की मिनु गुरुङ- मध्यम,
.     जि.कास्की ले..पा.-११ बस्ने बर्ष २१ की बर्षना मगर- सामान्य ।

           > पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएका घाईतेहरु :
.काठमाण्डौ जिल्ला चपली-३ बस्ने बा..क ९३१८ नं. ट्रकको सहचालक बर्ष ३१ को कृष्ण तामाङ- सामान्य,
. ऐ वडा नं. २ बस्ने बा..क ९३१८ ट्रकका चालक बर्ष ४८ को उद्वव थापा-सामान्य,
. जि.तनहुँ शुक्लागण्डकी न.पा.वडा नं. १५ बस्ने बर्ष ६० को गोपाल पौडेल-मध्यम
. ऐ ऐ बस्ने बर्ष ५३ की लक्ष्मी थापा-मध्यम,
. ऐ राम्जाकोट गा.वि.. वडा नं. १ बस्ने बर्ष २८ को दल बहादुर पाल- सामान्य,
.जि. स्याङजा पु...पा.-९ घर भई हाल तनहुँ खैरेनीटार बस्ने बर्ष २७ को तुल बहादुर गुरुङ-मध्यम


मिति: २०७२/११/११ गते।                             
 जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                                       

Sunday, November 8, 2015

प्याराग्लाईडिङ दुर्घटना-Paragliding Accident-Pokhara Nepal

पोखरा-कार्तिक २१ गते

मिति:२०७२/७/२१ गते २:०० बजेको समयमा जि.कास्की, पोखरा उप म.न.पा-२६ सराङकोटबाट प्याराग्लाईडिङ उडाउने क्रममा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.८  स्थाई घर भई हाल पोखरा उप म.न.पा.५ मालेपाटन बस्ने बर्ष-२६ को सुनिल भट्टराई पोखरा उप म.न.पा.-६ लेकसाईड स्थित वाटर फण्ट होटलको पछाडि फेवातालमा खस्न गई गम्भिर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ उद्दारको लागि प्रहरी टोली घटनास्थलमा खटिई गई निज घाईतेलाई उद्दार गरी तत्काल चरक मेमोरियल अस्पताल हुदै थप उपचारको लागी मणिपाल अस्पताल लगिएकोमा २:४५ बजे मृत्यु भएको ।

Friday, November 6, 2015

सराङकोटबाट पोखरा आउदै गरेको बस दुर्घटना, १७ घाइते-Bus Accident-Yamdi Pokhara-Nepal

 पोखरा-कार्तिक १९ गते,
जि.कास्की पोखरा १ याम्दी प्रहरी पोष्ट नजिकै हेम्जा तर्फ वाट पोखरा तर्फ आउदै गरेको ग १ ख २३२० नं को वस ५:३० बजेको समयमा विच वाटोमा पल्टिन गई दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर सहतिको प्रहरी टोली तत्काल उद्दारको लागि खटिई गई  घाइतेहरु उद्दार गरी उपचारको लागी बिभिन्न अस्पतालहरुमा लगि उपचार भईरहेको छ । ७:५० बजेको समयमा उक्त पल्टेको बस बाटोबाट हटाई प्रहरी नियन्त्रणमा लिई राखेको । अन्य अनुसन्धान भईरहेको छ ।
घाईतेहरू :
१.  जि.धादिङ रे गा.वि.स. वडा नं.९ घर भई पोखरा १ सिमपानी वस्ने वर्ष ३५ की लङसाय लामा टाउको ढाडमा लागेको गण्डकी अस्पतालमा उपचार हुदै

मणिपालमा उपचार हुदै विरामीहरू :
१. जि.कास्की पोखरा १ मिरूवा वस्ने वर्ष ४० की सौपरी माया तामाङ टाउको वाया हातमा चोट
२. ऐ   ऐ  वस्ने वर्ष ४५ की निलिमाया तामाङ दाहिने हातमा सामान्य चोट
३० जि.मकवानपुर हाडीखोला ९ घर भई पोखरा ९ नयावजार वस्ने वर्ष ५० को सालिकराम कडेल टाउको वाया कुममा चोट
४. जि.पर्वत ताङले घर भई हाल पोखरा १ मिरुवा वस्ने वर्ष ४० की रूपा परियार टाउकोमा चोट
५. जि.सिन्धुली रतनपुर २ घर भई हाल पोखरा १२ सितलादेवी वस्ने वर्ष २६ की अस्मिता राई ढाड दाहिने खुट्टामा चोट
६. जि.सुनसरी सिंगा ९ घर भई पोखरा २ अर्चलवोट वस्ने वर्ष ३८ को नारायण दाहाल टाउको वाया हातमा चोट 
७. जि.तनहुँ जामुनेभञ्जयाङ घर भै हाल पोखरा ११ पुरनचौर वस्ने वर्ष ५५ की सावित्री अधिकारी  टाउको वाया खुट्टामा चोट
 ८.जि.कास्की पोखरा २७ हेम्जा वस्ने वर्ष ४० को दिपक श्रेष्ठ टाउकोमा चोट ९ पैदल यात्री ० ९. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ५८ की लक्ष्मी परियार टाउको छातीमा चोट
१०. जि.कास्की पोखरा ११ फुलवारी वस्ने वर्ष १९ को इन्द्र वहादुर तामाङ वाया हातमा चोट
११. जि.कास्की लुम्ले २ पानचोक पात्लेखेत वस्ने वर्ष ५७ को दुर्गा वहादुर परियार टाउको छातीमा चोट
१२. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ३६ की सन्त कुमारी परियार दुवै खुट्टामा सामान्य चोट
१३. जि.कास्की पोखरा १ सिमपानी वस्ने वर्ष ४० की मनशोभा पौडेल टाउको वाया हातमा चोट
१४. जि.कास्की पोखरा २७ हेम्जा वस्ने वर्ष ४० की विन्दु तिमिल्सीना वाया हात दाहिने खुट्टामा चोट
१५.जि.कास्की पोखरा २ अर्चलवोट वस्ने वर्ष ५८ को आश वहादुर घले दाहिने खुट्टामा चोट
१६. जि.कास्की पोखरा ५ प्रस्याङ वस्ने वर्ष २४ को सन्तोष थापा छातीमा दुखेको सामान्य ।







Thursday, October 30, 2014

प्याराग्लाईडिङबाट खसी विदेशी घाईते - PARAGLIDING ACCIDENT-POKHARA-NEPAL


पोखरा, कार्तिक ११ गते
  पोखराको सुन्दर प्राकृतिक दृष्यावलोकनको लागि प्याराग्लाईडिङ गर्ने क्रममा अमेरिकी नागरिक बर्ष २९ की
LAURA OGTEN सराङकोटबाट प्याराग्लाईडिङ गर्दै सेतीबगरमा अवतरण गर्ने क्रममा अचानक लड्न गई घाईते भएकी छन्। गण्डकी मेडिकल कलेजमा उपचाररत रहेकी घाईते LAURA OGTEN ३:२० बजेको समयमा अवतरणको क्रममा लड्न गएकी र निजको दाहिने खुट्टा भाँचिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालयकास्की



 

Saturday, August 17, 2013

सवारी दुर्घट्ना-Car Accident

    मिति २०७०/५/१ गते ५:३० बजेको समयमा जि. कास्की हेम्जा ६ मझघर्ती स्थित पोखराबाट बाग्लुङ्ग तर्फ गईरहेको लु.अ.अ. ५३३१ नं.को कारले जि. म्याग्दी घर भई हाल हेम्जा ६ बस्ने वर्ष १० को अमृत श्रीपालीलाई ठक्कर दिंदा निजको बायाँ खुट्टामा चोट  लागेकोमा तत्काल उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा मणिपाल शिक्षण अस्पतालमा उपचार हुन नसकि थप उपचारको लागि काठमाण्डौ रिफर गरेको । चालक र कार प्रहरी नियन्त्रणमा रहेको । अनुसन्धान कारवाही भईरहेको छ ।

मिति २०७०/५/१ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
 District Police Office Kaski, Pokhara

सवारी दुर्घटनाबाटवर्ष ४ किबालिकाको मृत्यु-Bus Accident

    मिति २०७०/४/३२ गते अं. ६:२५ बजेको समयमा जिल्ला कास्की देउराली गा.वि.स. वडा नं. ५ खडा गाउँमा पोखरा पुल्मि सेल वोडिङ्ग स्कूल जनताको चौताराको ग.१.ख. २१२७ नं. को स्कूल बसले जनताको चौताराबाट शिसाघाट जाने सडकखण्डमा सोही स्थान बस्ने बाबुराम अधिकारीको छोरी वर्ष ४ कि स्वस्तिका अधिकारीलाई ठक्कर दिंदा घाईते भई तत्काल उपचारको लागि गण्डकी अस्पतालमा उपचारको लगि उपचार भईरहेको अवस्थामा 8: ०० बजेको समयमा मृत्यु भएको । उक्त गाडीका चालक जि. कास्की ले.न.पा. १४ बस्ने वर्ष ४० को रामचन्द्र बस्नेत यस कार्यालयको नियन्त्रणमा रहेको र गाडी प्रहरी चौकी शिसुवामा राखिएको छ । अन्य थप अनुसन्धान कारवाही भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara
मिति : २०७०।५।१गते ।

Friday, August 16, 2013

मोटरसाइकलले ठक्कर दिंदा उपचारको क्रममा मृत्यु

 मिति २०७०/४/३१ गते अं. ८:१५ बजेको समयमा पोखरा ५ मालेपाटन विश्वास पेट्रलपम्प नजिक ग.४.प. ६०९२ नं. को मोटरसाईकलले एै. बस्ने वर्ष ६०/६५ को पैदल यात्री गंगाराम अधिकारीलाई ठक्कर दिंदा घाईते भई मेट्रो सिटी हस्पिटलमा लगिएकोमा उपचार हुन नसकि मणिपाल शिक्षण अस्पताल पोखरामा लगि उपचार हुँदाहुँदै ९:५० बजेको समयमा मृत्यु भएको । दुर्घट्ना गराउने मोटरसाईकल र चालक जि. कास्की चापाकोट गा.वि.स. वडा नं. ७ बस्ने केशव घोताने यस कार्यालयको नियन्त्रणमा रहेको । अनुसन्धान तथा कारवाहीभईरहेको छ ।

जिल्लाप्रहरी कार्यालय कास्की

Sunday, May 26, 2013

सवारी दुर्घटना Bike Accident in Pokhara

   
मिति २०७०/२/१२ गते अं. ०८:०० बजेको समयमा जिल्ला कास्की पोखरा ८ सिमलचौरमा सृजनाचोकबाट राष्ट्रबैंकचोक तर्फ जाँदै गरेको ग.८.प. २४०३ नं. को मोटरसाईकल र विपरित दिशा बाट आउँदै गरेको ग.३.प. ७५३१ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला बारा बेल्दारी ६ घर भई हाल पोखरा ८ बगालेटोल बस्ने वर्ष २८ को गुल्तेन महतो नुनिया घाईते भई उपचारको लागि गण्डकी अस्पताल हुँदै मणिपाल शिक्षण अस्पतालमा पु¥याई उपचारको क्रममा एै. १०:०५ बजेको समयमा मृत्यु भएको, दुवै सवारी साधन र स्कूटर चालक पोखरा १ बगर बस्ने वर्ष ५६ को प्रेम पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कारवाही भईरहेको छ ।