Monday, February 4, 2019

कास्कीमा सवारी साधनमा आगो लगाई फरार व्यक्ति २ घन्टामा पक्राउ ।

पोखरा, २०  गते 
बिहान अं.०९:४० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.०७ जिरो कि.मी. देखि फिर्के चौतारा जोड्ने भित्रि सडक खण्ड मासवार स्थित श्रीकृष्ण मा।वि।मासवारको गेट अगाडी काम बिशेषले प्रयोगमा भएको पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडी लाई मो.सा. तथा स्कुटरमा आएका ४/५ जनाको अज्ञात समुहले बाटो छेकि  पेट्रोल छर्कि आगो लगाई फरार भएको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय कास्की पोखरा को कन्ट्रोलरुममा प्राप्त हुनासाथ तत्काल जि.प्र.का. कास्की बाट प्र.उ. ओम बहादुर राना र वडा प्रहरी कार्यालय बैदामबाट प्र.ना.उ.नविन कार्कीको कमाण्डमा टोली घटनास्थलमा खटी गई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय  र महानगरपालीकाको दमकल समेतको सहयोगमा १०:०० बजे आगो नियन्त्रणमा लिईएको । आगजनी गरिएको सवारी साधन ७० %  भन्दा बढि जलि क्षति पुगेको ।
थप अनुसन्धानको निमित्त उक्त गाडी व.प्र.का.बैदाम कास्की लगिएको र चालकले दिएको हुलिया तथा गोप्य सूचनाको आधारमा जि.प्र.का.कास्की र व.प्र.का. वैदामबाट खटिएको थप टोलीले अ. ११:३० बजेको समयमा लेकसाईड स्थित स्ट्रिट नं.९ मा रहेको होटेलमा लुकिछिपि बसेको अबस्थामा घटनामा संलग्न निम्न अभियुक्तहरु लाई नियन्त्रणमा लिईएको । साथै निजहरुले घटना घटाउन प्रयोग गरेका ग८प ५८२३ नं.को स्कुटर, ग१४प १७२९ नं.को स्कुटर र बा५६प ३४८६ नं.को एभेन्जर मो.सा समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।                                        
निम्न
१.जिल्ला कास्की पो.म.न.पा.वडा न.०६ लेकसाईड बस्ने बर्ष २३ को डिफान भुजेल ।
२.ऐ.वडा न.३२ बस्ने बर्ष ३३ को पर्शुराम बस्नेत ।
३.ऐ.वडा न.३० बस्ने बर्ष ३० को राजेन्द्र बराल ।
४.ऐ.ऐ. बस्ने वर्ष ३५ को लक्ष्मी प्रसाद पौडेल ।
५. ऐ.वडा न.३३ बस्ने बर्ष २२ को बिनय पौडेल ।

No comments:

Post a Comment

Please, comment about this article.