Monday, January 21, 2019

समुदाय-प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न -Pokhara News

पोखरा, ७ माघ
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यही माघ -७ गते जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा शान्तिपूर्ण एंव सुरक्षित समाज निर्माणका लागि सरोकारवाला निकायहरु संग आगामी रणनीति कार्ययोजनाका विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 उद्योग वाणिज्य संघ कास्कीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतीनिधीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै ४ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले समग्र ४ नं. प्रदेशमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सम्पन्न भईरहेका र आगामी दिनमा गरिने विभिन्न गतिविधिहरुको विषयमा प्रष्ट पार्दै यसबाट हमाज अब दिनानुदिन सचेतनाको मार्गमा लम्किरहेको समेत बताउनु भएको छ ।

कार्यक्रमका अन्य सहाभागिहरुले कसरी उक्त अवधारणा अन्तर्गत कास्की जिल्लामा सवै सरोकारवाला निकायहरुलाई साथमा लिई  थप प्रभावकारी ढङगले जनमुखि गतिविधिहरु गर्न सकिन्छ भन्ने विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
 कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम राना लगायत जिल्ला स्थित कार्यरत अन्य प्रहरी ईकाईका प्रमुख ,उधोग वाणिज्य संघ पोखराका प्रमुख दामु अधिकारी ,सामुदायिक प्रहही सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधि , नागरिक समाजका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.