Monday, September 24, 2018

पोखरा : जिल्ला प्रहरी प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न Nepal Police Program


४ नं. प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा यही असोज ७ गते प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरु संग जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान र प्रहरी गतिविधिको अवस्था साथै आशन्न चाडपर्वहरुलाई मध्यनजर गरी एक रणनीतिक कार्ययोजना तय गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
४ नं। प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराधको अवस्था, प्रहरी परिचालन लगायत प्रहरी सेवा प्रवाहका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
साथै सहभागी जिल्ला प्रहरी प्रमुखहरुले चाडपर्वहरुको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन जिल्लामा विशेषरुपले प्रहरी परिचालन गरिने कुरा प्रदेश प्रहरी प्रमुख समक्ष जानकारी गराउनुभएको थियो । 
सहभागि जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले चाडपर्वहरु नजिकिए सँगै कानून विपरितका विभिन्न क्रियाकलापहरु हुन सक्ने बताउदै प्रहरी रचनात्कम ढंगले परिचालन हुनुपर्ने बताउनुभयो ।
साथै आम नागरिकलाई प्रत्यक्ष रुपमा अनुभुति हुनेगरी प्रहरी सेवा प्रवाह गर्न र प्रहरी प्रतिको विश्वसनियता साथै अपनत्व बढ्ने गरी कार्य सम्पादन गर्न गराउन सहभागी जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 
उक्त कार्यक्रममा संघिय ईकाई प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गणका प्रमुख, प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुख लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.