Thursday, July 5, 2018

निरीक्षण तथा अवलोकन भ्रमण सम्पन्न News of Pokhara



पोखरा, २० असार 
४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले यही आषाढ २० गते पोखरा स्थित पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गणको निरीक्षण तथा अवलोकन गर्नु भई कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।
निरीक्षणका क्रममा क्षेत्रीय प्रहरी गण मुख्यालय पुग्नुभएका प्रहरी प्रमुख बोहरालाई प्रहरीको एक टुकुडीले सम्मान सलामी अर्पण गरेको थियो । निरीक्षणका क्रममा उहांले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुभई विभिन्न शाखा, प्रहरी कर्मचारीहरुको मेष, व्यारेक लगायत कार्यालयका भौतिक श्रोतसाधनहरुको समेत निरीक्षण गर्नु भएको छ ।
उक्त निरीक्षणकै क्रममा उहाँले क्षेत्रीय प्रहरी गणको परीसरमा मा रहेको क्षेत्रीय प्रहरी अस्पतालको समेत निरीक्षण एवम अवलोकन गर्नु भएको हो ।
निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले देश संघिय संरचनामा गई आम नागरीकले घर-घरमा सरकारको उपस्थिती महसुश गरिरहेको वर्तमान अवस्थामा आम नागरीकको प्रहरी प्रतीको अपेक्षामा समेत वृद्दी भएकाले प्रहरी सदैव नागरीकमैत्री सेवा प्रवाहमा कटिवद्ध रहनुको विकल्प नरहेको बताउनु भएको छ ।
साथै नेपाल प्रहरीको प्रयासले मात्रै समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम हुन नसक्ने भएकाले प्रहरीले आम नागरीकसंग मिलेर समाजका विकृती विसंगतीहरुको न्यूनिकरणमा जोड दिनुपर्ने बताउनु भएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.