Monday, July 2, 2018

इक्यान कास्की र ब्रिटिश काउन्सिलको आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ-IELTS Teacher Training Program-Pokhara Nepal



पोखरा, १८ असार 
 नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्की तथा ब्रिटिश काउन्सिलको संयुक्त आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ सम्पन्न भएको छ । पोखरामा ३ दिनसम्म सञ्चालित तालिममा इक्यान कास्कीका सदस्य संस्थामा आइएलटिएस अध्यापन गराइरहेका १६ जना प्रशिक्षकलाई ब्रिटिश काउन्सिलका तर्फबाट प्रेम थापाले तालिम प्रदान गरेका हुन् ।
समापन कार्यक्रममा सहभागी मध्यका एक टंक प्रसाद बरालले तालिमले आफूहरुको निम्ती एउटा कोशेढुंगा साबित भएको बताए । तालिमको समापन समारोहमा उपस्थित भएका ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर जिम ओ निलले सहभागीलाई प्रमाण पत्र हस्तान्तरण गर्दै ब्रिटिश काउन्सिलले इक्यान कास्कीसँग संधै हातेमालो गर्दै अगाडि बढ्ने बताए ।
इक्यान कास्की अध्यक्ष मीलन तिवारीले आफ्ना सदस्यहरुको क्षमता र दक्षता अभिवृद्धि गर्ने हेतुले यस्ता खाले तालिमहरु आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि थप तालिमहरुको आयोजना गर्दै लैजाने प्रतिबद्धता जाहेर गरे । तालिम इक्यान कास्कीका कोषाध्यक्ष एवं तालिम बिभाग संयोजक रुद्र अर्यालको संयोजकत्वमा भएको थियो । सचिव भुवन क्षेत्रीले तालिमको सञ्चालन तथा सहजीकरण गरेका थिए ।

No comments:

Post a Comment

Please, comment about this article.