Saturday, March 12, 2016

आमा समूहहलाई मेलामा प्रवेश निःशुल्क -News-Pokhara-Nepal

पोखरा, २८ फागनु 
 पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नयाँबजारमा जारी रािष्ट्रय औद्योगिक व्यापार मेलामा सहभागी हुन पोखरामा रहेका आमा समूहहरुलाई आग्रह गरेका छन् ।
 मेलामा राखिएका महिला उद्यमीले संचालन गरेका उद्यमहरु, प्राङ्गारिक खेती, विभिन्न व्यवसायको अध्ययन अवलोकनबाट महिलाले आत्मनिर्भरताको बाटो समात्ने सक्ने भएकोले महिलाहलाई सो आग्रह गरिएको उनले जनाए । ‘आफ्नो समूहको पोशाक लगाएर मेलामा सहभागी हुनुहोस् र उद्यमशीलता सिक्नुहोस्’, उनले भने,‘ हाम्रो उदेश्य मेलामार्फत उद्यमशीलता सिकाउनु पनि हो, त्यसैले महिलाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।’ उनले मेला मनोरञ्जनसँगै सिक्ने थलो पनि भएकोले यसको भरपुर उपयोग हुनुपर्नेमा जोड पनि दिए ।
संघकी कार्यसमिति सदस्य तथा सुरक्षा उपसमिति संयोजक सीता गुरुङका अनुसार आमा समूहहरुका सदस्यहरुको  प्रवेशको लागि डे«स भने अनिवार्य गरिएको छ । आफ्नो समूहको पोशाकमा आउँदा पहिचान गर्न सजिलो हुने भएकोले यो व्यवस्था गरिएको उनले जनाइन् । यसैगरी समूहमा आउने विद्यार्थीहरुलाई टिकटमा ४० प्रतिशत छुट समेत दिइएको छ । विद्यार्थीको हकमा टिकट दर ४० कायम गरिएको थियो । विद्यार्थी लिएर आउने शिक्षकलाई प्रवेश निशुल्क गरिएको छ ।
मेलामा शनिबार  लोकदोहोरीतर्फ बद्रि पंगेनी पुरुषोत्तम न्यौपाने,प्रजापति पराजुली, लक्ष्मी नेपाली, निशा पोखरेल, रमेश विसी, चोलेन्द्र पौडेल, जीवन दाहाल, घनश्याम रिजाल, शिवहरि ढुंगाना लगायतको प्रस्तुति रहनेछ भने हाँस्यव्यङ्ग्यतर्फ ः किरण केसी र शिवहरि पौडेलले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । पपतर्फ डि–मोर्चा र ःत डडद्धड व्याण्डको लाइभ प्रस्तुति साथमा रहेका अन्तर जिल्ला उद्योग वाणिज्य संघ लोकदोहोरी प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता एवं  आकर्षक नृत्यहरु पनि मेलाका आकर्षक हुनेछन् ।
यता संघका महासचिव तथा प्रचार प्रसार उपसमिति संयोजक रवीन्द्रबहादुर प्रजुका अनुसार मेलामा शुक्रबारसम्म १ लाख १५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ४ करोड २५ लाख भन्दा बढीको कारोवार भएको अनुमान गरिएको छ । मेला अन्तर्गत प्रवेश टिकटमा राखिएको कलर्स मोवाइल फागुन २५ गते ४० रुपैयाँ टिकट दरको १२१९ नम्बरलाई र फागुन २६ गते १२० रुपैयाँ टिकट दरको ००३१ नम्बरलाई प्राप्त भएको छ ।
यता गृहलक्ष्मी ग्याँस कम्पनीको प्रायोजनमा मेलामा उत्कृष्ट नृत्य गर्ने सहभागीलाई शुक्रबार एक थान भरिएको ग्याँस सिलिण्डर पनि बितरण गरियो । साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काका अनुसार शान्तिबन टोलमा बस्दै आएकी सविना घर्ती मगरलेले ग्याँस प्राप्त गरिन्  । यसैगरी पोखरा नुडल्सको तर्फबाट सरर ब्राण्डको चाउचाउ, चाचन समूहको हरपल ब्राण्डको ५ किलोग्राम र २० किलोग्रामको चामल र तेलहरु पनि मेलामा राम्रो नाच्नेहरुलाई उपहार स्वरुप प्रदान गरिँदै आएको छ । अब फागुन ३० गते आइतबार राम्रो नाच्नेलाई पनि एक थान ग्याँस उपहार पाउने अवसर रहेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.