Tuesday, March 1, 2016

न्याश्नल ईन्भेन्टिभमा विद्यार्थीको विदाई

पोखरा १७ फागुन ।
पोखराको बैदामस्थित न्याश्नल ईन्भेन्टिभ आवासीय उच्च माविबाट प्रवेशिका परिक्षा दिने कक्षा १० का विद्यार्थीहरुलाई सोमबार विदाई गरिएको छ ।
कक्षा ९ का विद्यार्थीहरुले आयोजना गरेको विदाई कार्यक्रममा शुभकामना दिनुहुँदै विद्यालयका प्राचार्य उमा लामिछानेले एस एल सी परिक्षा २०७२ मा सहभागि हुने सम्पूर्ण विद्यार्थीहरुलाई मेहनतका साथ पढ्न आग्रह गर्नुभयो । उहाँले परीक्षामा उत्कृष्ठ अंकका साथ उत्तिर्ण हुनका लागि लगनशील भएर अघि बढ्नुपर्ने आवस्यकता औँल्याउनुभयो । कक्षा ९ का छात्रा बिपना पहारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका सह प्राचार्य विक्रम पौडेल,  कक्षा १० का छात्र योगेन्द्र राना, कक्षा ९ का छात्र प्रशिद्ध दाहाल लगायतले पनि बोल्नुभएको थियो । सो अवसरमा कक्षा ९ र १० का विद्यार्थीहरुबीच मायाँको चिनो आदानप्रदान गरिएको थियो भने नृत्य तथा गीत समेत प्रस्तुत गरिएको थियो । कक्षा ९ का छात्रा लस्ता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन समेत कक्षा ९ का विद्यार्थीहरुले नै गरेको विद्यालयले जनाएको छ । उक्त विद्यालयबाट यस वर्ष ४८ जना विद्यार्थीहरु प्रवेशिका परीक्षामा सहभागि हुँदैछन् ।

No comments:

Post a Comment

Please, comment about this article.