Tuesday, December 1, 2015

पोखरामा बाह्र भैरव नृत्यको तयारी-Pokhara-News

कृष्ण रानाभाट÷पोखरा १५, मंसीर
प्रत्येक छ/छ वर्षको अन्तरालमा निकालिने पोखराको महत्वपुर्ण साँस्कृतिक धरोहर बाह्र भैरव नृत्य यस वर्ष पनि धुमधामका साथ देखाईने भएको छ।
नृत्य सुरु हुनु पहिला नृत्य समुह, वाद्य वादन समुह, रागी समुह र अन्य सदस्यहरुको ठुलो समुहले किसली चढाउने गरिन्छ। किसली भनेको एउटा दुनामा एकमुठी चामल, सानो सुपारी, सिक्का, धुप र फुलको थुप्रोलाई भनिन्छ। उक्त किसली चढाउने कार्यक्रम यहि मंसीर १७ गते विहान गरिने भएको समितिले जानकारी दिएको छ।
उक्त दिन भैरवाष्ठमीको दिन पनि भएकोले भैरबलाई मन पर्ने खानाको परिकार ‘रोट र सम्ह्यवजी द्व’ चढाउने गरिन्छ।
बाह्र भैरव नृत्य माघ महिनादेखी निकाली चैत्र÷वैशाख महिनासम्म पोखराका हरेक वस्तीहरुमा प्रदर्शन गरिन प्रचारप्रसार संयोजक अष्ठ्मान प्रधानाङ्गले वताएका छन् ।

No comments:

Post a Comment

Please, comment about this article.