Saturday, July 18, 2015

क्यानसर सम्बन्धि एक दिने जनचेतनामुलक कार्यक्रम:

पोखरा, ०२ साउन ।
कास्की सेवा हस्पिटल पोखराले क्यानसर सम्बन्धि एक दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार हस्पिटलको आफ्नै प्रागणमा आयोजीत कार्यक्रममा करिव एक सय जनाको सहभागीता रहेको थीयो । कार्यक्रममा लामो समय देखी अमेरिकामा  रहेर चिकित्सा सेवा प्रदान गरिरहनु भएका डा.प्रकाश थपलियाले क्यान्सर रोगबारे जान्नु पर्ने कुरा र रोग लाग्नुबाट जोगीने उपाय बारे जानकारी गराउनुभएको थीयो । क्यानसर मुख्य तया दुई प्रकारको हुने थपलीयाले बताउनुभयो । ब्लड क्यान्सर र ट्युमर क्यान्सर बाट संसारमा करोडौ मान्छे पिडित रहेको डा.थपलियाले जानकारी दिनुभयो । क्यान्सर रोग मध्य १० प्रतिशत वंशाणुगत र ९० प्रतिशत नसर्ने उहाँले बताउनुभयो । अनावश्यक अनियन्त्रीत कोश वृद्धी हुनाले क्यान्सर हुने गरेको र सुरुको अवस्थामा पहिचान गर्न सके क्यान्सर रोगबाट उन्मुक्ति पाईने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा कास्की सेवा हस्पिटलका प्रबन्ध निर्देशक डा.पदम खड्काले क्यानसर रोगबारे समाजमा रहेको भ्रम आतँक र यर्थाताको बारेमा प्रष्ट पर्नुभएको थीयो । कार्यक्रममा सचेतना संगै क्यान्सर सम्वधि निशुल्क स्वास्थ्य परिक्षण गरीएको थियो । नेपालमा रहेको बखत जनचेतना र निशुल्क स्वास्थ्य उपचारमा लागीरहने डा. थपलियाले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.