Tuesday, May 5, 2015

स्याङजा जिल्लाका भूकम्प पिडितलाई ५५ हजार सहयोग-Earthquake Syangja Nepal


स्याङजाली सम्पर्क सुमाज पोखराले स्याङजा जिल्लाका भूकम्प पिडितलाई ५५ हजार सहयोग
पोखरा, बैशाख २२ गते । स्याङजाली सम्पर्क सुमाज पोखराले स्याङजा जिल्लाका भूकम्प पिडितका लागि ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ । समाजका अध्यक्ष देवी अर्यालले सो रकम स्याङजाका प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई हस्तान्तरण गर्नु भएको थियो ।
जिल्ला दैभिक प्रकोर उद्धार समितिका संयोजक समेत रहनु भएकी प्रमुख जिल्ला अधिकारीलाइृ सो रकम हस्तान्तरण गरेको सो समाजका महेन्द्र प्रकाशले जानकारी दिनुभयो ।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु तथा सल्लाहाकारहरु राम प्रसाद श्रेष्ठ, दिल बहादुर क्षेत्री, पिताम्बर नेपाली, लक्ष्मी बराल, लालुमाया रेग्मी लगायतले सो रकम वास्तविक पिडित समक्ष पुग्नेमा विश्वास राख्नु भएको थियो । 

No comments:

Post a Comment

Please, comment about this article.