Friday, April 3, 2015

क्यानिडियन प्रशिक्षकद्धारा सामुदायिक विद्यालयका ३० जना शिक्षकलाई प्रशिक्षण-Pokhara news


पोखरा, चैत्र १९ गते । 
पोखरा मन्टेश्वरी किन्डर होमको आयोजना तथा क्यनडा फाउन्डेशन फर नेपालको सहयोगमा तीन दिने शिक्षण सिकाइ तालिम सुरु भएको छ । सो तालिममा कास्की जिल्लाका सामुदायिक विद्यालयमा अध्यापन गर्ने ३० जना महिला शिक्षकहरुको सहभागिता रहेको छ ।
सहभागी शिक्षकहरुलाई क्यानिडियन प्रशिक्षक टीनका केसीले प्रशिक्षण दिइरहनु भएको छ । सो प्रशिक्षणमा बच्चाको बाल मनोस्थिति, बाल मनवैज्ञानिकता र बच्चाको उमेर र चाहना लगायतका विषयमा कसरी पढाउने भन्ने बारेमा सिकाइ केन्द्र्रीत रहेको पोखरा मन्टेश्वरी किन्डर होमका प्रिन्सिपल एवम् क्यानिडियन फाउण्डेशनका सदस्य मिलन केसीले जानकारी दिनुभयो ।
विगत चार वर्षदेखि निशुल्क रुपमा प्रदान गर्दै आएको सो प्रशिक्षणले सामुदायिक विद्यालयमा पाउने शिक्षकशिक्षिकालाई थप सहयोग पुगेको महशुस गरिएको छ । प्रशिक्षणमा स्थानीय तहमा हुने शैक्षिक सामाग्रीको उचित व्यवस्थापन र प्रयोगदेखि लिएर शैक्षिक सामाग्रीको संकलनका बारेमा व्यवहारिक ज्ञान दिइएको छ ।
कार्यक्रममा प्रशिक्षक केसीले शिक्षकले सिकेको ज्ञानलाई विद्यार्थीहरुको कक्षाकोठामा पु¥याई सिकाई उपलब्धी हासिल गर्नुपर्नेमा जोड दिनुभयो । 

No comments:

Post a Comment

Please, comment about this article.