Tuesday, January 20, 2015

पर्यटक प्रहरीलाई भाषा प्रशिक्षण-Pokhara-News-Nepal-Tourism


पोखरा माघ ५ गते
    पर्यटक प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पर्यटक मैत्री बनाउदै लैजाने उद्देश्य अनुरुप बिभिन्न बिदेशी भाषाको प्रशिक्षण दिदै जाने योजना अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा,माउण्ट कैलाश रिसोर्ट,द यात्रा होटल,बुमराङ रेष्टुरेण्ट र रेवान पोखराको सहयोगमा पर्यटक प्रहरी उपशाखा पोखरामा कार्यरत ८ जना प्रहरी कर्मचारीहरुलाई बिभिन्न भाषा सिक्नको लागि पोखरा सिद्वार्थचोकमा रहेको के।एफ। एजुकेशन सेण्टरमा २०७१।१०।४ गते देखि साढे दुई महिना अवधीको भाषा प्रशिक्षण संचालन गरिएको छ । यसले भबिष्यमा  पोखरा भ्रमणमा आएका बिदेशी पर्यटकहरुमा पर्न सक्ने समस्याहरुको बारेमा बुझ्न र तिनीहरुमा परेका समस्या समाधानको लागि सहयोगी हुने बिश्वास लिईएको छ । यसरी संचालन गरिएका भाषाहरुमा अंग्रेजी,जापानिज र फ्रेन्च रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

No comments:

Post a Comment

Please, comment about this article.