Monday, September 15, 2014

पोखरामा बन्जी जम्पको सफल परिक्षण- Success with the trial jumps at the Bungee in Pokhara-Nepal

 
 सागर राज तिमिल्सिना
पोखरा, ३० भाद्र, साहासिक खेल बन्जी जम्पको कास्कीको हेम्जामा सफल परिक्षण भएको छ । हाईग्राउण्ड एडभेन्चर नेपाल प्रालिले पोखरामा शुरु गर्न लागेको बन्जी जम्पको सफल परिक्षण भएको हो । पहिले ७० केजिको सामानलाई फालेर परिक्षण गरीएको र पाचँ दिन देखि प्राविधिक र कमचारीहरुलेले बन्जी जम्प गरेको प्रालिका अप्रेसन म्यानेजर दिनेश मर्हजनले गन्थन डटकमलाई जानकारी दिए ।
पोखरामा बन्जी जम्पको सफल परिक्षण, एक सातामा शुरु हुने
जिप फ्लायरको सफलतासंगै पोखरामा अर्को साहासिक खेल बन्जी जम्प संचालनमा ल्याउन लागेको हो । बन्जी जम्प निमार्णको काम सकिएको बताउदै मर्हजनले एक सातामा अथार्त सेक्टेम्बर २१ तारिकबाट सन्चालनमा आउनले बताए । करीब ७० फिट उचाइको टावरबाट बन्जी जम्प गर्न सकिने भएको छ । ७० फिट उचाइको टावर बनाउन करिब २० फिटको टावर बनाएको छ भने करीब १८ फिट गहिरो पौडी पोखरी बन्दै गरेको उनको भनाई छ । पोखरी स्थानीय खोलाको पानीलाई प्रयोग गरिएको छ ।
बन्जी जम्प निमार्ण गर्न करीब ७ करोड लगानी भएको छ भने यस अगाडी जिप लाइनका लागी करिब १३ करोड खर्च भएको थियो । पर्यटकीय क्षेत्र सराङकोटको डाँडाबाट कास्कीको हेम्जा याम्दीसम्म १ किलोमिटर ८ सय मिटरसम्मको दुरीमा जिपफ्लायरको दुरी रहेको छ । सराङकोटको टावरबाट हेम्जाको याम्दीमा रहेको अर्को टावरसम्म २ वटा केवल तन्काईएको र त्यसैबाट झर्ने ब्यवस्था मिलाईएको हो । तस्विर: राजेश लम्साल
http://www.rajeshlamsal.com.np/
News by:http://ganthan.com

No comments:

Post a Comment

Please, comment about this article.