Saturday, March 15, 2014

जबरजस्ती रङ हान्दै हुनुहुन्छ ? होशियार प्रहरी कारवाहीमा पर्नुहोला - Pokhara-2014

 चैत्र १, पोखरा ।
फागूपूर्णिमा (होली) को अवसरमा कुनै अप्रिय घटना नघटोस र विकृति तथा विसंगति जन्य क्रियाकलापमा कोही संलग्न नहोस भनि कास्की प्रहरीले आम जनतालाई सुसूचित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालयहरु, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्की जिल्लामा क्रियाशिल सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी र लेखनाथ समेतले होली पर्वमा हुने विकृति विसंगति न्यून गर्न, जवरजस्ती रङ्ग तथा लोलाहरु नहान्न, पर्वको नाममा लागू पदार्थ तथा उत्तेजनात्मक पदार्थ सेवन नगर्न, घरको छत माथीबाट तथा सवारी साधनबाट रङ छयाप्ने काम नगर्न, ट्राफिक नियमको उल्लघंन नगर्न, छालामा हुने रोगहरु निम्ताउने केमिकलयुक्त रङ्ग प्रयोग नगर्न अनुरोध गरेका छन ।
 हजारौ थान यस्ता सचेतनामूलक पर्चाहरु छपाई कास्की जिल्लाका पोखरा, लेखनाथ नगरपालिका र आसपासका गाविसहरुमा वितरण गर्दै माईकिङ गरिएको छ ।
अवान्छिथ क्रियाकलापमा सहभागि नहुन र सहभागि भएको पाईएमा कडा कारवाही हुने व्यहोराको सूचना सहित माईकिङ गरिएको हो । जबरजस्ती रङ्ग तथा लोलाहरु हान्ने कामलाई दुरुत्साहन गर्न, पर्वको नाममा महिला, वालिका तथा पर्यटन माथि हुने अवान्छित क्रियाकलापहरु रोक्न यस खालका कार्यक्रम गरेको र सो को उल्लंघन गरेको पाईएमा कडा कारवाही गरिने सम्बन्धित श्रोतले बताएको छ ।
यस खालको सचेतनामूलक सूचना प्रवाहका कारण यस पालिको होलीमा कुनै अप्रिय घटना नघटने होली पर्वको समयमा कुनै दूर्घटना नहुने सम्बन्धीत श्रोतले जानकारी दिएको छ ।
        सचिव
चक्रपाणी सुवेदी

No comments:

Post a Comment

Please, comment about this article.