Saturday, March 15, 2014

होलीलाई सुरक्षित बनाउन कास्की प्रहरीको अभियान- Happy Holi 2014

 फाल्गुन ३०, पोखरा ।
आसन्न फागूपूर्णिमा (होली) २०७० को अवसरमा कुनै अप्रिय घटना नघटोस र विकृति तथा विसंगति जन्य क्रियाकलापमा कोही संलग्न नहोस भनि कास्की प्रहरीले विशेष अभियान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अभियान, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयोजन र कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी र लेखनाथ समेतको सहयोगमा कास्की जिल्लाका पोखरा, लेखनाथ नगरपालिका र आसपासका गाविसहरुमा होली पर्वमा हुने विकृति विसंगति न्यून गर्न, जवरजस्ती रङ्ग तथा लोलाहरु नहान्न, पर्वको नाममा लागू पदार्थ तथा उत्तेजनात्मक पदार्थ सेवन नगर्न, घरको छत माथीबाट तथा सवारी साधनबाट रङ छयाप्ने काम नगर्न, ट्राफिक नियमको उल्लघंन नगर्न, छालामा हुने रोगहरु निम्ताउने केमिकलयुक्त रङ्ग प्रयोग नगर्न अनुरोध गरीएका पर्चा वितरण सहित माईकिङ गरिएको छ । सो अभियानलाई चैत्र १ र २ गते समेत जारी राखिनेछ ।
त्यस्ता क्रियाकलापमा सहभागि नहुन र सहभागि भएको पाईएमा कडा कारवाही हुने व्यहोराको सूचना सहित माईकिङ गरिएको हो । जबरजस्ती रङ्ग तथा लोलाहरु हान्ने कामलाई दुरुत्साहन गर्न, पर्वको नाममा महिला तथा पर्यटन माथि हुने अवान्छित क्रियाकलापहरु रोक्न यस खालका कार्यक्रम गरेको सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेले बताए । वाल लालिकाले त्यस्ता क्रियाकलाप गरेको पाईएमा अभिभावकलाई समेत कारवाही हुने कुरा समेत सो पर्चामा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालयहरु बैदाम, बगर, रामबजार र शिसुवाबाट समेत सो कार्यमा विशेष समय दिई ४ वटा सवारी साधन प्रयोग गरी सूचना प्रवाह गरिएको छ जसको कारण यस पालिको होलीमा कुनै अप्रिय घटना नघटने होली पर्वको समयमा कुनै दूर्घटना नहुने सम्बन्धीत श्रोतले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.