Tuesday, October 1, 2013

सानो हतियार-१ र ठुलो हरियार १ सहित ३ जना पक्राउ

 
     जि.कास्की हेम्जा गा.बि.स.वडा नं.-१ स्थित बिक्रमसिंह तामाङले संचालन गरेको सुजन हाईवे रेष्टुरेण्टमा अबैद्य रुपमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्र.नि. रोशन खड्काको कमाण्डमा टोली खटिई गई चेकजांच गर्ने क्रममा निम्न मानिसहरुलाई मेडईन रसियन लेखिएको पेष्तोल थान-१, को गोली ३ राउण्ड र सर्टगन थान-१ ऐ. को गोली ८ राउण्ड, खोका ९ तथा छर्रा-३६ पिस र केही बारुद सहित बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
निम्न:
१    जि.नुवाकोट किमताङ गा.बि.स.वडा नं.-७ घर भई हाल जि।कास्की हेम्जा गा.बि.स.वडा नं.-१ बस्ने बर्ष(३६ को बिक्रमसिंह तामाङ ।
२    ऐ. ऐ. घर भई हाल जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-१ सिमपानी बस्ने बर्ष-४४ को रिल्तो तामाङ ।
३    जि.मोरङ मधुमल्ला वडा नं.-२ घर हुंने बर्ष-४१ को नगेन्द्र कुमार लामीछानेमगर ।
जिल्ला प्रहरी कार्यालय कास्की 
मिति : २०७०/६/१३ गते

No comments:

Post a Comment

Please, comment about this article.