Monday, September 2, 2013

चोरी गर्दा गदै पक्राउ Thieves Arrested


१)    मिति २०७०।०५।१३ गते जिल्ला कास्की पोखरा १५ गलेश्वरचोक स्थित सानो टेक     ब.भण्डारीको किराना पसलमा फोरी चोरी गर्दा गर्दै निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई     पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
पक्रामा परेका व्यक्तिहरु 
१)    जिल्ला कास्की पोखरा १५ बस्ने बर्ष १८ को सन्दिप परीयार
२)     ऐ.ऐ.बस्ने बर्ष ३० को सन्दिप परीयार
 
२)    मिति २०७०/०५/१४ गते दिनको २:०० बजेको समयमा  जिल्ला कास्की पोखरा ११ रानीपौवाबाट एक बृद्ध महिलाको लगाएको सुनको सिक्री चोरी गर्दै भागिरहेको अवस्थामा निम्न स्थान बस्ने निम्न व्यत्तिहरुलाई पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
 पक्राउमा परेका व्यक्तिहरु
१)    जिल्ला काभ्रे बनेपा ११ बस्ने बर्ष १८ को राजु थापा ।
२)     जिल्ला सिन्धुपाल्चोक ब्राहबिसे ७ बस्ने बर्ष १८ को डम्बर थापा

खुकुरी प्रहार गरी फरार हुने पक्राउ
    मिति २०७०/०४/३० गते रातको अ.८:०० बजेको समयमा जिल्ला कास्की पोखरा ११ फुलबारीमा ऐ.ऐ.बस्ने कमल ठकुरी र ऐ.ऐ.बस्ने धन ब.राईलाई खुकुरी प्रहार गरी फरार रहेकोमा उक्त घटनामा संलग्न जिल्ला कास्की पोखरा ११ बस्ने बर्ष १६ को सुभाष गुरुङ्ग र पोखरा १३ बस्ने बर्ष १६ को निश्चल श्रेष्ठ पक्राउ मिति २०७०/०५/१४ गते पक्राउ  गरी अनुसन्धान कारवाही भईरहेको छ ।

मिति २०७०।५।१७ गते ।

No comments:

Post a Comment

Please, comment about this article.