Thursday, September 26, 2013

लागू औषध सहित मानिस पक्राउ-Man Arrested with Drugs in Pokhara

    जिल्ला रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं. ३  हाटबजार बस्ने वर्ष १७ को विबास अग्रहरीले भारत सुनौलीबाट खरिद गरी पोखरा ल्याएको अवैध लागू औषध ब्राउन सुगर जिल्ला गोरखपुर सैजनवा भारत स्थायी घर भई पोखरा ८ आलुमाईलाचोक बस्ने वर्ष २२ को रवि अग्रहरी र पोखरा उप.म.न.पा. वडा नं. ३ नदीपुर बस्ने वर्ष २२ को रवि परियारले पोखरा नगर क्षेत्रका  विभिन्न स्थानहरुमा विक्री वितरण गर्दछन भन्ने प्राप्त सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले  आज मिति २०७०/६/१० गते पोखरा ८ आलुमाईचोकबाट रवि अग्रहरीले झोलामा सलाईको बट्टा भित्र लुकाई छिपाई ल्याएको ब्राउन सुगर १ ग्राम ५० ग्राम र रवि परियारले लुकाई छिपाई ल्याएको ब्राउन सुगर ६० मि.ग्रा. सहित निजहरुलाई पक्राउ गरी लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको छ ।

मिति २०७०/६/१० गते ।
जिल्ला प्रहरी कार्यालय कास्की
District Police Office Kaski.

No comments:

Post a Comment

Please, comment about this article.