Tuesday, September 17, 2013

विपद् कम गर्न जनचेतना बृद्धि गर्नुपर्ने सरोकारवालाहरुको जोड


पोखरा १ असोज,
    वेला वेलामा समुदायमा हुने विपद् कम गर्न जनचेतना बृद्धि गर्नुपर्ने पोखरामा सम्पम्पन्न एक कार्यक्रममा बोल्ने सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुले जोड दिएका छन् ।
कम्युनिटि सपोर्ट ग्रुपको आयोजनामा आज पोखरामा सम्पन्न विपद् जोखिम न्युनिकरण अभिमुखिकरण कार्यक्रममा बोल्दै सुरक्षा निकाय,शैक्षिक संस्था,नागरीक समाज र संचारकर्मीहरुले जनचेतनाको बृद्धि भएमा त्यस्ता घटना कम हुने र जन धनको सुरक्षा हुने वताएका हुन् ।
कार्यक्रममा बोल्दै शसस्त्र प्रहरी बल  मुक्तिनाथ वाहिनिका साहायक वाहिनिपति दुर्गाबहादुर कुँवरले सुरक्षीत संस्कारको विकास हुन नसक्दा नै नेपालीहरुले बर्षेनी ज्यान गुमाउनु परेको टिप्पणी गर्नुभयो । अकालमा ज्यान जाने घटना कम गर्न जनचेतना बृद्धि गर्नुपर्ने उहाँको जोड दिनुभयो ।
सोहि कार्यक्रममा बोल्दै सिदार्थ क्लब पोखराका अध्यक्ष दिपेन्द्र मर्सानीले दुई संस्था कम्युनिटि सपोर्ट ग्रुप र सिदार्थ क्लबले कास्की जिल्लाका विभिन्न विद्यालयहरुमा विपद् जोखिम सम्बन्धी गतिबिधिहरुलाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमा बोल्दै कम्युनिटि सपोर्ट ग्रुपका सचिव शिवजी कुँवरले तालिममा शिकेका कुराहरुलाई समुदायमा गएर लागू गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पोखरा उप–महानगरपालिका भित्र रहेका सरकारी मावि  र उच्च माविमा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो  ।
 कार्यक्रमका विडि आर सि परियोजना पोखराका प्रमुख वासना सापकोटाले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दे यस्ता कार्यक्रमहरुले निरन्तरता पाएमा समाजमा जोखिम कम हुने वताउनु भएको छ । कार्यक्रमा स्वागत मन्तव्य कम्युनिटि सपोर्ट ग्रुपका कार्यक्रम संयोजक सुमेरु त्रिपाठीले राख्नु भएको थियो ।


No comments:

Post a Comment

Please, comment about this article.