Wednesday, August 7, 2013

विभिन्नचोरीका घट्नामापक्राउ र कारवाही-Theft Incident Report

http://www.rajeshlamsal.com.np/
    यस कार्यालयले संचालन गरेको “चोरी नियन्त्रणविशेष योजना – २०७०”अन्र्तगतमिति २०७०/४/२२ र २३ गते भएको प्रगतिबिवरण:
१) जि. कास्कीलुम्ले तान्चोक स्थित रहेको नेपाल टेलिकमको रिपिटर टावरबाट विभिन्न मितिमा भोल्टेज रेगुलेटर, जेनेटर स्टार्ट गर्ने सेल्फ स्टार्ट १, तामाको ग्राउन्डीङ्ग रड २ थान, व्याट्रीचार्जर, ग्राउन्डीङ्गअर्थिङ्ग वायर, व्याट्री कनेक्सन वायर, टाईरोप जस्ता सामानहरु चोरी भएको घट्नामा संलग्न व्यक्तिहरुको खोज तलास गर्दै जाँदामिति २०७०/४/२२ गते जि. कंचनपुर वाणीगा.वि.स. २ बस्ने वर्ष १८ को जगदिश भण्डारी, एै. बस्ने वर्ष २२ को सुरेन्द्र चन्दलाई चोरी गरेको सामान सहित पोखरा १७ डेमसाईट बाट पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको छ ।
२)    मिति २०७०/४/२२ गते ले.न.पा. १ मा मोवाईल चोरी गर्ने जि. तनहुँ खैरेनीटार गा.वि.स. वडा नं. ३ बस्ने वर्ष २० को प्रेम परियारलाई शिसुवाबाट पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
३)    मिति २०७०/४/२३ गते ३:०० बजेको समयमा पोखरा १ बगर बाट जि. कास्की पोखरा १६ बाटुलेचौर बस्ने वर्ष २४ को शिव पौडेललाई चोरीको मोवाईल थान १ सहित पक्राउ गरि अनुसन्धान कारवाही भईरहेको छ ।

मिति: २०७०/४/२३गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।
District Police Office Kaski, Pokhara.

No comments:

Post a Comment

Please, comment about this article.