Friday, February 24, 2012

साइनिङ स्टारमा खुल्ला नृत्य प्रतियोगिता

Shining Star BS Pokhara
 बैदामस्थित साइनिङ स्टार आवासीय मा.वि.ले कला नै सिर्जना हो भन्ने उद्घोषका साथ खुल्ला नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । १२ वटा समूह सहभागी भएको उक्त नृत्य प्रतियोगितामा विद्यार्थीहरुले नेपाली संस्कृतिलाई अगाडि बढाउने उद्देश्यले तामाङसेलो, नेवारी, भोजपुरी लगायतका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । उक्त प्रतियोगितामा कक्षा आठको एन्जिला थापाको समूह प्रथम, कक्षा एकको केशर परियारको समूह द्वितीय, कक्षा ६ को विष्णु खत्रीको समूहले तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगिताको निर्णायकमा सिर्जना कला केन्द्रका नृत्य प्रशिक्षक राम लामा र श्यामकुमार सिंह रहनुभएको थियो ।
       कार्यक्रममा विद्यालयका प्रचार्य नारायणप्रसाद पाण्डेले विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई कदर गर्दै प्रतिभा प्रष्फुटनमा विद्यालय निरन्तर क्रियाशील हुने कुरा बताउनुभयो । उहाँले आजका बालबालिकाले नै भोतिका दिनहरुमा महान् कलाकार बनेर यस देशलाई विश्वसामु परिचित गराउन सक्दछन् भन्नुभयो ।
   विद्यालका अतिरिक्त क्रियाकलाप प्रमुख केवी रसाइलीले सञ्चालन गर्नुभएको उक्त नृत्य प्रतियोगितामा विद्यालयका सहप्राचार्य अर्जुनप्रसाद पाण्डे र प्रशासक तथा संस्थापक सदस्य रामराज पहारीले मन्तव्य राख्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.