Saturday, May 21, 2011

दोषी माओवादी लडाकूमाथि कारबाही गर्न इन्सेकको माग


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले केही समयदेखि माओवादी लडाकूले मुलुकका विभिन्न भागमा शिविरबाट बाहिर निस्केर सर्वसाधारणलाई मरणासन्न हुने गरी कुटपिट गर्ने, सम्पत्तिमा क्षति पुयाउने जस्ता काम गरिआएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
माओवादी लडाकूले इलामको चुलाचुली गाविस(१ कमलामा जेठ २ गते राति काँग्रेस कार्यकर्तासहित ६ जना स्थानीय बासिन्दालाई निर्घात कुटपिट गरी घाइते बनाउनाका साथै ६ वटा घर र दुईवटा मोटरसाइकलमा क्षति पुयाएको जनाउँदै केन्द्रले घटनाका दोषीलाई प्रचलित कानुनबमोजिम तथाशीघ्र कारबाही गर्न र पीडितको आवश्यक उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
यसैगरी, विधिको सम्मान गर्न र शान्तिसम्झौताको पालना गर्न पनि केन्द्रले एकीकृत (माओवादी) सँग आग्रह गरेको छ । मुलुकमा व्याप्त दण्डहीनता र यसअघि भएका आपराधिक घटनामा लडाकूलाई कानुनी दायरामा ल्याउन सरकार र एकीकृत नेकपा(माओवादी) अनिच्छुक रहेका कारण यस्ता घटना दोहोरिँदै गएको केन्द्रको निष्कर्ष छ ।

1 comment:

Please, comment about this article.