Monday, November 29, 2010

साना तथा मझौला ब्यबसायी महासंघ द्धारा बजेट बारे अन्र्तकृया


साना तथा मझौला ब्यबसायी महासंघ द्धारा बजेट बारे अन्र्तकृया ब्यबसायीको मिश्रित प्रतिकृया पोखरा नेपाल सरकारले हालै अध्यादेश मार्फत प्रस्तुत गरेको बजेटका बारेमा पोखराका ब्यबसायीहरुले मिश्रित प्रतिकृया दिएका छन साना तथा मझौला ब्यबसायी महासंघ कास्कीको आयोजनामा सम्पन्न कार्यक्रममा ब्याबसायीहरुले ठुलठुला उधोगको हितमा मात्र बजेट आए जस्तो देखिएको, साना तथा मझौला ब्यबसायीहरुका माग हरु नसमेटिएको जस्ता टिप्पणी गरेतापनि कतिपयले बजेट सकारात्मक रहेको समेत प्रतिकृया दिएका छन बजेट सम्बन्धी आयोजना गरिएको अन्र्तकृया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुंदै महासंघका केन्द्रिय उपाध्यक्ष यमनाथ सापकोटाले मुलुकका औलामा गन्न सक्ने ठुला उधोगीको इसारामा बर्तमान बजेट आएको टिप्पणी गर्नुृहुंदै तर साना तथा मझौला ब्यबसायी हरुका बारेमा खासै उपलब्धिमुलक नभएको बताउनुभयो वहांले तल्लो तहमा रहेर काम गरिरहेका ब्यबसायी का बारेमा राज्य उदासिन बन्दै गएको उल्लेख गर्नुहुंदै ९० प्तिशत मुलुकको अर्थतन्त्र धान्ने साना मझौला ब्यबसायीका बारेमा यसरी नै बेवास्ता गर्दै जाने हो भने आन्दोलन गर्नुको बिकल्प नभएको स्पष्ट पार्नुभयो महासंघ कास्कीका अध्यक्ष राज बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य गिरिराज गौतमले किसानहरुका लागी बिउ बिजन ,पशु पालन जस्ता क्षेत्रमा अनुदान दिने जस्ता कुराहरु लाई बजेटले सम्बोधन गरेको बताउनुभयो कार्यक्रममा अर्गानिक ब्यबसायीको तर्फबाट कमला गुरुङ्ग, बेकरी ब्यबसायी बाट माधब केसी, फोटो ग्राफरको तर्फबाट टुकलाल नेपाली, सरोज अधिकारी, महासंघ कास्कीका सचिब जगतमोहन गिरी, लगायतले साना तथा मझौला ब्याबसायीका बारेमा राज्यको ध्यान आकृष्ट गराउंदै मुलुकको अर्थतन्त्र सुधार गर्न सबै ब्यबसायी सकारात्मक ढंगले लाग्नुपर्ने आबश्यकता औल्याएका थिए

No comments:

Post a Comment

Please, comment about this article.