Tuesday, August 3, 2010

IMPORTANT CRIME NEWS KASKI

                                                       मुख्य मुख्य घट्ना बिवरण
– मिति २०६७।०३।०९ गते राती जि. कास्की पोखरा उ.म.न.पा.वडा नं.– ५ प्रस्याङ स्थित १५० पियरको टेलीफोन केवुल तार चोरी भएको वारदातमा समलग्न अभियुक्तहरुको खोजतलासको क्रममा मिति २०६७।०३।२० गते नेपाल टेलीकमको केवुल तार १०.२० मिटर र १.११ मिटर सहित कृष्ण खत्री र शुरज खड्का निजहरुले तार विक्री गरेका व्यक्ती अनन्त महत्तोलाई समेत पक्राउ गरी यस कार्यालयको सम्पुर्ण अनुशन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय कास्की मार्फत अभियोग पत्र सहित मिति २०६७।०४।१६ गते सम्मानित कास्की जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशानुसार निज प्रतिवादीहरु मध्य शुरज खड्कालाई रु १०,००,०००।– र कृष्ण क्षेत्रीलाई रु १०,०००।– धरौटी माग भएकोमा उक्त धरौटी राख्न नसकी कारागार कास्कीमा गएको र अनन्त महत्तोलाई रु २५,०००।– धरौटीमा छुटेको ।
– मिति २०६७।०३।१९ गते विहान ०८:३५ वजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.–१७ हिमालीटोलमा दिपेश गुरुङको ग ४ प ७०७३ नं. को मोटर साईकल अनुमती पत्र नभएका सुजन श्रेष्ठले चलाई हिंडेकोमा सो मोटरसाईलले वर्ष–६ की आशिका थापालाई ठक्कर दिई शख्त घाईते भएकोमा उपचारको क्रममा मृत्यु भएको सवारी ज्यान मुद्धामा अनुशन्धानको क्रममा यस कार्यालयको सम्पुर्ण अनुशन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय कास्की मार्फत मिति २०६७।०४।१४ गते सम्मानित कास्की जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशानुसार सवारी चालक अनुमती पत्र नभएका सुजन श्रेष्ठलाई पुपक्षेका निमित्त कारागार कार्यालय कास्कीमा थुनामा गएको ।

– मिति २०६७।०३।१९ गते दिन १०:५५ वजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.–७ राष्ट्रवैक अगाडी शृजनाचोकवाट गई रहेको ईन्द्र वहादुर गन्द्रामा मगरले चलाएको ग.१ ख. १८६० नं.को माईक्रोवसले राष्ट्रवैकचोवाट आफ्नै साईडमा आउदै गरेको शिशिर भन्ने विजय थापामगरले चलाएको ग ३ प ५१६४ नं.को मोटरसाईकललाई ठक्कर चालक शिशिर भन्ने विजय थापा र सो मोटरसाईकलमा सवार रहेकी रोजी गुरुङ गम्भीर घाईते भएकोमा उपचारको क्रममा धाईते विजय थापामगरको उपचारको क्रममा मृत्यु भएको र धाईते रोजी गुरुङको हाल काठमाण्डौ न्यूरो अस्पतालमा उपचार भै रहेको सवारी ज्यान मुद्धामा अनुशन्धानको क्रममा यस कार्यालयको सम्पुर्ण अनुशन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय कास्की मार्फत मिति २०६७।४।१४ गते सम्मानित कास्की जिल्ला अदालतमा पेश भएकोमा सम्मानित अदालतको आदेशानुसार निज प्रतिवादी ईन्द्र बहादुर गन्द्रमा मगर पूर्पक्षको लागि थुनामा गएको ।



No comments:

Post a Comment

Please, comment about this article.