Saturday, May 15, 2010

माओवादी नागरिक पार्टीमा रुपान्तरण नभएसम्म सहमती नुहने मन्त्री शरदसिंह भण्डारीको


पर्यटन तथा नागरिक उड्ययन मन्त्री शरतसिंह भण्डारीले एकिकृत माओबादी नागरिक पार्टीमा रुपान्तरण नभएसम्म सहमती नहुने बताउनु भएको छ । पोखरा विमानस्थलमा पत्रकारहरुसंग कुरा गदै मन्त्री भण्डारीले माओबादीले १२ र २५ बुदे सम्झौता कार्यान्वयन नगरेसम्म सहमतिको बातावरण निर्माण हुन नसक्ने वताउनुभयो । उहाँले माओबादीले वाइसिएलको अर्धसैनिक संरचना भंग, कब्जा गरिएका घरजग्गा फिर्ता, लडाकु समायोजन र पुर्नस्थापना नभएसम्म विश्वासको बातावरण नबन्ने बताउनु भयो । सरकारले राखेका ६ बुँदा पुरा गरे मात्रै राष्ट्रिय सरकार गठनका लागि सहमती बन्ने उहाँको भनाई थियो ।

No comments:

Post a Comment

Please, comment about this article.