Tuesday, January 26, 2010

आठौ संस्करणको आहा गोल्डकप आजदेखि, चौथो पटक उद्घाटन खेलमा सहारा र रुपन्देही भिडदै


विगतका वर्षजस्तै चौथो पटक आयोजक सहारा क्लव र रुपन्देही ११ आमन्ने सामन्ने हुने भएका छन ।
पाँचौ, छैठौ र सातौ संस्करणको आहा गोल्डकपमा आमन्ने सामन्ने भएका सहारा र रुपन्देही ११ आठौ सस्करणको आहा गोल्डकपको उद्घाटन खेलमा चौथो पटक आज भिडने भएका छन । तेस्रो र चौथो संस्करणको आहा गोल्डकपको तेस्रो चरणको खेलमा सहारा निलो र रुपन्देही ११ भिडेका थिए । भने सहारालाई रुपन्देहीले तेस्रो सस्करणमा २-१ र चौथोमा र्टाईबेकरमा ४-२ ले पराजित गरेको थियो । सहारा क्लवल पाचौ, छैठौ र सातौ संस्करणको उद्घाटन खेलमा सहाराले पराजित गरेको थियो । पाँचौमा २, छैठौमा २ र सातौ संस्करणमा ३ गोलको अन्तरले आयोजक सहारा क्लवले रुपन्देही ११ लाई पराजित गरेको थियो ।
चौथो चरणको उदेघाटन खेलको भेटमा रुपन्देहीले लगातर तिन उद्घाटन खेलको बदला लिने मौका मिलेको छ भने सहारालाई पुरानो इतिहास कायम राख्दै रुपन्देहीलाईको अगाडि बढने यात्रा रोक्ने चुनौति रहेको छ । एडिभिजनका खेलाडिले भरिपुर्ण सहारा क्लव रुपन्देही भन्दा बलियो प्रतिस्पधीका रुपमा देखा पर्ने देखिएको छ । सहारामा सवै एडिभिजन खेलेका खेलाडिले भरिएको छ भने विगतका खेलहरुलाई हेर्दा पनि रुपन्देही केही कमजोर मानिएको छ । यस पटक रुपन्देही पनि नयाँ रणनीतिका साथ खेल्ने सोचमा आएको बताएको छ । जे होस आहाको चौथो पटक उद्घाटन खेल खेल्ने असर पाएका यी तिममा कस्ले विजयी सुरुवात गर्ने हुन त्यो भने आज हुने खेलले निधारण गर्ने छन ।
एक वर्षछिको पखाई पछि पोखरेलीको फुटबलको प्यास आहा गोल्डकपले मेटाउने छ । केही महिना अधि जिल्लास्तरीय लिग हेरेका पोखरेलीले चाहे जस्तो फुटबल प्रतियोगिता हेर्न नपाउदाँ फुटबलको प्यास मेटाउने अवसर पाएका थिएनन तर आहा गोल्डकपले त्यो तिर्खा मेटाउने छ ।
खेलकुदको माध्यमबाट सामाजीक सेवामा समर्पित सहारा क्लवको आयोजनामा हुने आहा गोल्डकपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लव गरि १२ टिमले प्रतिस्पर्धा गर्ने छन ।
यसै विच आहा गोल्डकपको प्रचार प्रसार गर्ने उद्देश्यले सोमबार सहारा क्लवले पोखरामा मोटरसाइकल र्यालीको आयोजना गर्यो । पोखरा रंगशालाबाट सुरु भएको मोटरसाइकल र्याली पोखराका विभिन्न भागका परिक्रमा गरि पून रंगशालामै पुगेर टुङगिएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.