Monday, July 27, 2020

स्याङ्जामा पहिरोबाट क्षती-Gandaki News

पोखरा १२,श्रावण
विहान अन्दाजी ०७:३० बजेको समयमा जिल्ला स्याङ्जा आँधीखोला गाउँपालिका-२ सिरिनडाँडा बाँयखोरिया स्थित ऐ. बस्ने वर्ष ६३ को ढाकाराम पौडेलको ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले कच्ची गोठमा अविरल वर्षाको कारण अन्दाजी १०० मिटर माथिबाट पहिरो आई उक्त गोठलाई बगाएकोमा गोठमा रहेको ३ वटा गाई मरेको, गोठ पूर्ण रुपमा क्षती भएको, उक्त गोठ नजिकै रहेको परालको टौवा पनि बगाएको, मानविय क्षती नभएको, उक्त स्थानमा प्रहरी अधिकृत सहितको टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

तनहुँमा पुलबाट खसी वेपत्ता

पोखरा १२,श्रावण 
तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका-५ स्थित तनहुँ र चितवन जोड्ने सिमलटारको झोलुङगे पुलबाट ऐ.ऐ. बस्ने वर्ष अंन्दाजी ५८ को बल बहादुर आले  खस्न गई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गई खोजतलास कार्य सुरु भएको छ  ।

तनहूँमा शव फेला

पोखरा १२,श्रावण 
जिल्ला तनहूँ भिमाद गाउँपालिका-६ स्थित सेति नदीको किनारामा पहीचान नखुलेको वर्ष अंन्दाजी ३५\४० को पुरुष व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गएको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मुस्ताङमा घर भत्किदाँ १ जनाको मृत्यु १ घाइते


पोखरा १२,श्रावण 
आइतबार राती देखि परेको अविरल वर्षाको कारण मुस्ताङ जिल्ला  छासाङ गाउँपालिका-२ न्याउरीकोट बस्ने रण प्रसाद गौचनका १८ बर्नासिय नाति  निसान तुलाचनको घर भत्किन गई  घट्ना स्थलमानै मृत्यु भएको छ भने  रण प्रसाद गौचनको टाउको, हात र कानमा चोट लागि घाईते भई उपचारको लागि प्राथमिक स्थास्थ्य चौकि लेते मुस्ताङमा पुर्‍याई उपचार भैरहेको छ  

Sunday, June 28, 2020

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीद्वारा स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) सहयोग

नेपाल ट्रेड युनियन कांग्र्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आईतबार स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) हस्तान्तरण गरेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलका निर्देशक स.प्रा.डा. अर्जुन आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।  कार्यक्रममा बोल्दै आचार्यले नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको सहयोगबाट स्वास्थ्यकर्मी र कर्मचारीको मनोवललाई उच्च बनाएको जनाएका थिए। गण्डकी प्रदेशकै मुख्य कारोना अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितहरुको उपचारमा कुनै कसुर नराखी काम गर्ने समेत बताएका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले कोभिड–१९ का संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना गर्दै गण्डकी प्रदेशकै एकमात्र ठूलो अस्पताललाई कोरोना अस्पताल बनाइदा दैनिकी १ सय १० जना भन्दा बढी मृगौला पीडित रोगीहरु र सयौं संख्यामा प्रसुतिको सेवा लिने महिला, न्यून आय भएका गरिब परिवारहरुलाई उपचारको समस्या आएको जनाएका थिए।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले स्वास्थ्य क्षेत्रमा सहयोग गर्नु नै अहिलेको प्रमुख आवश्यक रहेको र अन्य सहयोगी मनहरुले समेत स्वास्थ्य क्षेत्रमा आफुले सक्दो सहयोग गर्नुहुन अनुरोध गरेका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समिति सदस्य जीतबहादुर गुरुङले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले आफ्नो उच्च मनोवलका साथ काम गर्न र कुनै समस्या आएमा हामी आफ्नो क्षेत्रबाट सहयोग गर्न तत्पर रहेको जनाएका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव रुद्र तिमिल्सिनाले सञ्चालन गरेका थिए भने विशेष अतिथि नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष नारायण बराल, अतिथि नेपाल स्वास्थ्य कर्मी संघ कास्कीका अध्यक्ष उदयकान्त तिवारी,नेपाल ट्रेड युनियन कांग्र्रेस कास्कीका उपाध्यक्ष पदम श्रेष्ठ, कोषाध्यक्ष शंकर बहादुर खत्री, नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ गण्डकी प्रदेशका अध्यक्ष निर्दोस डुम्रे लगायतको उपस्थिति रहेको थियो।
कोभिड–१९ (कोरोना) भाइरसले विश्वमा महामारीको रुपमा फैलिरहदाँ फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीलाई अत्याधिक जोखिम रहेको छ। कोभिड–१९ बाट गण्डकी प्रदेशमा मात्रै ८ सय ९६ जना संक्रमित भइसकेका छन्। प्रदेशमै स्वास्थ्यकर्मीलाई समेत कोभिड–१९ का विरामी देखिएका छन्।